Dictionary

All Word

37701 तामसिक वि. तमोगुणसम्बन्धी; तमोगुण भएको।
37702 तामसी वि. तमोगुणी; अभिमानी।
37703 तामा १ ना. १. तरकारी खाइने अमिलो स्वाद भएको एक थरी बाँसको कलिलो टुसाको चकना।
37704 तामा १ ना. २. हाँगा र पात नआउन्जेलका अवस्थाको बाँसको टुसो वा मुनु।
37705 तामा २ ना. थोरै रातोरातो रङको हुने एक प्रसिद्ध खनिज धातु; ताम्र; ताँबा।
37706 तामाकोसी ना. भोटमा मूल भएको, नेपालको पूर्वी पहाडी क्षेत्रमा बग्ने सप्तकोसीमध्येको एक नदी।
37707 तामाङ ना. प्रायः नेपालको उत्तर पूर्वी पहाडी भागमा बस्ने एक जाति।
37708 तामाङ सेलो ना. तामाङ जातिले गाउने, चरणमा सात वा आठ अक्षर भएको लोकगीतको एक लय।
37709 तामाबाँस ना. तामाका चकना बनाइने कलिलो बाँस; एक प्रकारको बाँस।
37710 तामिल / तामिली ना. हे. तामेल।
37711 तामे वि. १. तामा धातुको वा तामाजस्तो; ताम्रसम्बन्धी।
37712 तामे वि. २. तामाको जस्तो रङ भएको।
37713 तामे ढुकुर ना. प्वाँखमा राताराता छिर्का हुने ठुलो जातको ढुकुर।
37714 तामेल ना. १. कामको समाप्ति; तयारी; तामिल / तामिली।
37715 तामेल ना. २. आज्ञापालन।
37716 तामेली ना. तामेल गर्ने काम वा अवस्था; काम पूरा भएको स्थिति; तामिली।
37717 तामेस ना. मुजुरका पुच्छर झैँ उठेको, गजाले रेटेर बजाइने पन्ध्रवटा तार लागेको, इसराजजस्तो एक तारबाजा।
37718 तामो ना. ताम्र; ताँबो।
37719 तामोतुलसी ना. धर्म सम्झिँदा वा भाक्दा हातमा लिइने तामाको द्रव्य र तुलसीको पत्र।
37720 ताम्बा काइतेन ना. बिहे, भोजभतेर आदिमा गाइने धार्मिक विषयवस्तु भएको तामाङ जातिमा प्रचलित एक लोकगीत।
37721 ताम्बुल ना. १. खयर, चुना, सुपारी, मसला आदि हालेर बनाइने पानको बिडा।
37722 ताम्बुल ना. २. पानको पात वा लहरो।
37723 ताम्बुल वल्ली ना. पानको लहरो।
37724 ताम्बुल वीटिका ना. पानको बिडा।
37725 ताम्बूलिक वि. पान बेच्ने (व्यक्ति); बरही।
37726 ताम्र ना. १. एक किसिमको थोरै रातो खनिज धातु।
37727 ताम्र ना. २. एक किसिमको कुष्ठरोग। वि.
37728 ताम्र ना. ३. तामाले बनेको; तामाका रङको।
37729 ताम्रक ना. ताम्र; तामा।
37730 ताम्रकार ना. तामा, पित्तल आदिका भाँडाकुँडा बनाएर जीविका गर्ने जाति वा व्यक्ति; तमौटे।
37731 ताम्रपट्ट पत्र ना. दानपत्र आदि लेखेर दिइने अक्षर कुँदिएको तामाको पातो।
37732 ताम्र पत्र ना. तामाको पातामा लेखिएको अभिलेख; तामापत्र।
37733 ताम्रपल्लव ना. अशोक वृक्ष।
37734 ताम्रयुग ना. मानिसले तामाका भाँडाकुँडा, हतियार आदि उपयोगमा ल्याउन थालेको, ढुङ्गे युगपछिको प्राचीन समय।
37735 ताम्रवर्ण वि. तामाका रङको, रक्तवर्णको।
37736 ताम्रवल्ली ना. रत्नाउलो झारविशेष।
37737 ताम्रिङ ना. मुजुरा लागेको, खैँजडीका ढाँचाको ठोकेर बजाइने एक प्रकारको बाजा।
37738 ताम्लो ना. गुरुङ जातिका स्त्रीहरूले कम्मरमुनि गुन्यूँमाथि लाउने, कालो मखमलको तीनकुने वस्त्र; कर्मु।
37739 तायजात / तायदात ना. १. फौज्दारीसम्बन्धी गहन अपराधका अभियुक्तको अपराध सिद्ध भएमा वा कसैले सरकारी धनमाल मासेर खाएमा सरकारद्वारा निजहरूको सम्पत्ति जफत गर्ने काम; जायजेथा; सर्वस्व।
37740 तायजात / तायदात ना. २. सङ्ख्या; गन्ती।
37741 तायदाती वि. तायदातसम्बन्धी; तायदातको।
37742 तायदाती फाराम ना. तायदात गर्दा राखिने सम्पत्ति वा धनमालको विवरण; मुद्दासम्बन्धी प्रयोजनीय कागतपत्रको पञ्जिका।
37743 तायो ना. घाँटीमा लगाइने एक प्रकारको गहना।
37744 तार्नु स.क्रि. १. नदीनालाहरूमा कुनै वस्तु; मानिस आदि वारिपारि पुऱ्याउनु; पार लगाउनु।
37745 तार्नु स.क्रि. २. दुःखसङ्कटबाट उद्धार गर्नु; उतार्नु।
37746 तार्नु स.क्रि. ३. पितृहरूलाई मुक्त पार्नु।
37747 तार्नु स.क्रि. ४. पानी नहालीकनै घिउ, तेल आदिमा तरकारी आदि भुट्नु वा पकाउनु।
37748 तार १ ना. १. धातुको मसिनु डोरो।
37749 तार १ ना. २. दूरसञ्चारका माध्यमले आउने खबर।
37750 तार १ ना. ३. त्यस्तो सञ्चारका निम्ति प्रयोग गरिने सङ्क्षिप्त नाम।