Dictionary

All Word

37601 ताती / ताते ना. बिस्तारै हिँड्ने काम; हिँडाइ (बालबोलीमा)।
37602 तातो ना. हे. तातिल।
37603 तातो वि. १. आगो, घाम आदिको राप भएको; तातेको; गर्मी।
37604 तातो वि. २. शरीरमा हुने मधुरो उष्णताका किसिमको; न्यानो। ना.
37605 तातो वि. ३. पोल्ने वा डाम्ने आँच; उष्णता; गरम; ताप।
37606 तातो वि. ४. कामको उत्साह वा जाँगर।
37607 तातोछारो ना. तातो पनि छारो पनि; महत्त्वहीन स्थिति।
37608 तातो न छारो वि. केही न केही; सार नभएको।
37609 तातोन्यानो ना. १. तातो खानेकुरा र न्यानो वस्त्र।
37610 तातोन्यानो ना. २. तातो र न्यानो।
37611 तातो रगत ना. भर्खरै निस्केको वा आलो रगत; जोस र रिसमा उम्लने रगत।
37612 तातो रिस ना. झडङ्ग उठेको रिस।
37613 तात्नु अ.क्रि. १. आगो, घाम आदिले तातो हुनु; गर्माउनु।
37614 तात्नु अ.क्रि. २. कुनै कारणले कसैसँग रिसाउनु; झोकिनु।
37615 तात्नु अ.क्रि. ३. कुनै कामका निम्ति आँटेर तत्पर हुनु।
37616 तात्कालिक वि. त्यस समयको; त्यही बखतको।
37617 तात्तातै क्रि. वि. तुरुन्तातुरुन्ती; उत्निखेरै; तत्काल।
37618 तात्तातो वि. अलिअलि तातो; मनतातो।
37619 तात्पर्य ना. १. कुनै कामकुराको भित्री अभिप्राय; मतलब; आशय।
37620 तात्पर्य ना. २. गाँठी कुरो।
37621 तात्पर्यार्थ ना. वाच्यार्थभन्दा बेग्लैअर्थ; व्यङ्ग्यार्थ।
37622 तात्त्विक वि. १. तत्त्वज्ञानले युक्त; तत्त्वसम्बन्धी।
37623 तात्त्विक वि. २. वास्तविक; यथार्थ।
37624 तादात ना. परिमाण; सङ्ख्या; गन्ती। (उदा.- भाषण सुन्न ठुलो तादातमा मानिसहरूको भिड थियो।)
37625 तादात्म्य ना. एउटा वस्तु अर्को वस्तुसँग मिलेर एक हुने का वा अवस्था; अभेद मिश्रण वा सम्बन्ध।
37626 तादी क्रि. वि. १. धेरै पहिले; अघिअघि; उहिले। ना.
37627 तादी क्रि. वि. २. बितेको समय।
37628 तादृश वि. देखाए जस्तै; त्यो जस्तै; त्यस्तै; अनुरूप।
37629 तान्नु सं. क्रि. १. आफूपट्टि ल्याउनु; खिच्नु, घिच्च्याउनु।
37630 तान्नु सं. क्रि. २. आफ्नो मत वा पक्षमा ल्याउनु; आकर्षित गर्नु।
37631 तान्नु सं. क्रि. ३. तन्काउनु; थुत्नु।
37632 तान ना. १. कपडा बुन्ने घरेलु यन्त्रविशेष।
37633 तान ना. २. कपडा बुन्न फैलाइएको धागो।
37634 तान ना. ३. फैलावट, विस्तार।
37635 तान ना. ४. मनको एकसुर।
37636 तान ना. ५. सङ्गीतका केही स्वरलाई एकसाथ बजाउने वा गाउने काम; आलाप।
37637 तानतुन ना. १. तान्नेवर्ने काम।
37638 तानतुन ना. २. बलतल गरी वा जिनतिन पुऱ्याउने काम।
37639 तानतुन ना. ३. घरको मसिनु काम।
37640 तानपुरा ना. चारवटा तार लागेको, पर्दा नभएको, गाउँदा स्वर दिने सितारजस्तो वाद्यविशेष।
37641 तानसेन ना. १. नेपालको पश्चिमाञ्चल क्षेत्रमा लुम्बिनी अञ्चलभित्र पर्ने पाल्पा जिल्लाको सदरमुकाम।
37642 तानसेन ना. २. मुगल सम्राट् अकबरको दरबारका नवरत्नमध्येका एक तथा प्रसिद्ध गायक।
37643 ताना १ ना. १. लयको विस्तारका निम्ति लेघ्रो तान्ने चाल; आलाप।
37644 ताना १ ना. २. मनको लहड; बोली; धुन।
37645 ताना १ ना. ३. राल, सिँगानजस्ता चिप्ला वस्तुको मिहिन तन्तु; डोरी।
37646 ताना २ ना. छेडपेच हानिने बोलाइ; व्यङ्ग्य; छनक।
37647 ताना कस्नु टु. छेडपेच हान्न; आक्षेप गर्नु।
37648 तानातान ना. परस्परमा जसले सक्यो उसले काम; दुई थरीका बिचको तनाइ; खिचातानी।
37649 तानातानी ना. तानातान।
37650 तानाबाना ना. कपडाको तान र बुनोट; तनौटो र बुनौटो।