Dictionary

All Word

37501 तहऱ्याइ ना. २. तहऱ्याउने क्रिया वा प्रक्रिया।
37502 तहऱ्याइनु क.क्रि. पानी निथारिनु; तर्काइनु।
37503 तहऱ्याउनु प्रे. क्रि. पानी निथार्नु, तर्काउनु।
37504 तहल्का ना. कुनै कार्यकारणबाट हुने चर्को खलबल; खैलाबैला; हल्लाखल्ला। (उदा.- अचेल जताततै महँगीको मारले तहल्का मच्चिएको छ। )
37505 तहसनहस ना. बिग्रेर, भत्केर, नासिएर आदि किसिमले स्वाहा हुने स्थिति; खत्तम।
37506 तहसिल ना. १. उठतीपुठती वा असुलउपर गर्ने काम।
37507 तहसिल ना. २. त्यस्तो काम गर्ने अड्डा।
37508 तहसिलदार ना. सरकारी रकमकलम, मालपोत आदि उठाउने वा असुलउपर गर्ने व्यक्ति; त्यस्तो काम गर्ने कर्मचारीको दर्जा।
37509 तहसिलदारी ना. तहसिलदारको काम वा दर्जा।
37510 तहालु वि. तहैतह परेको; पत्रे।
37511 तहिले क्रि. वि. त्यस बेला; त्यतिखेर।
37512 ता १ प्रत्य. नाम वा विशेषण शब्दका पछाडि गाँसिएर भाववाचक नाम बन्ने एक प्रत्यय ( जस्तो मानवता, नम्रता, कोमलता इ. ।)।
37513 ता २ निपा. कुनै शब्द वा वाक्यमा जोड दिनका लागि प्रयुक्त हुने शब्द; त। (उदा.- कुरो ता ठिकै हो, काम पनि हुनुपऱ्यो। मान्दैन ता सम्झाऊ, जान्दैन ता बुझाऊ।)
37514 ताँगा ना. टाँगा; टमटम।
37515 ताँत ना. पशुका नसा, आन्द्रा आदि बाटेर बनाइएको डोरी वा तार।
37516 ताँती ना. १. पङ्क्ति; लर्को; लहर ( जस्तो - जन्तीको ताँती, कमिलाको ताँती इ.)।
37517 ताँती ना. २. आरबाजो, सारङ्गी आदिमा हालिने बाख्राको आन्द्रो बाटेर बनाइएको तार।
37518 ताँदो ना. धनुका दुवै टुप्पामा बाँधेर तान्ने डोरी।
37519 ताँबो ना. तामा।
37520 ता: ना. चर्यागीत, नृत्य र भजनहरूमा बजाइने मुजुराभन्दा सानो बाजा; मञ्जरी बाजा।
37521 ताइँ ना. १. शक्ति वा फुर्ती; पाइँ, तागत।
37522 ताइँ ना. २. घमन्ड, सेखी।
37523 ताइँफाइँ ना. निकै फुर्ती देखाउने काम; फुर्तीफार्ती, चुरीफुरी। (उदा.- मान्छे सानो भए तापनि उनी निकै ताइँफाइँ गर्दा रहेछन्।)।
37524 ताइचिन ना. होचो बोट हुने प्रशस्त मात्रामा फल्ने, झन्डै तीन महिनामा पाक्ने सजिलैसँग नझर्ने एक प्रकारको धान।
37525 ताइताप्के ना. ताप्केजस्तो तर उत्तानो परेको र बिँड लामो हुने वा दुईतिर कडा भएको, ताप्केको कामसमेत दिने भाँडो; ताई।
37526 ताई ना. सेल, रोटी आदि पकाउन प्रयोग गरिने, पिँध सम्म भई सोझोसँग बिट उठेको र उत्तानो परेको बिँडवाल फलामे भाँडो
37527 ताईको फुरौलो वि. क्षणिक फुर्ती देखाएर मक्ख पर्ने (व्यक्ति) (उदा.- कस्ता-कस्ता कहाँ गए, यो ताईको फुरौलोले के गर्ला ?)।
37528 ताउ १ ना. कागतको नपट्याइएको सिङ्गो पत्र।
37529 ताउ २ ना. रोटी पकाइने, बाटुलो फलामे वा ढुङ्गे पातो; तावा।
37530 ताउ ३ ना. १. अरूमा प्रभाव पार्न वा रोब जमाउन फुर्तीसँग जुँगा मुसार्ने काम; सेखी गर्ने चाल; घमन्ड।
37531 ताउ ३ ना. २. तताएर लुगा सम्याउने एक किसिमको इस्त्रीजस्तो फलामे साधन।
37532 ताउ ३ ना. ३. आँच; ताप।
37533 ताउरमाउर ना. हिँडाइ, काम गराइ आदिको तालसुर; फुर्तीसाथको तरखर। (उदा.- शान्तिको बिहेको दिन उनकी दिदीको ताउरमाउर कसले हेरिदेओस् ! तपाईं त जात्रा हेर्न जाने ताउरमाउरमा पो लाग्नुभएछ। )।
37534 ताउली ना. सानो ताउलो।
37535 ताउलो ना. भात, खोले आदि पकाउने साधारण र मझौला खालको तामा, पित्तल आदिको भाँडो।
37536 ताक्नु स.क्रि. १. कुनै कुराको चाहना गर्नु; चिताउनु।
37537 ताक्नु स.क्रि. २. कुनै ठाउँ वा वस्तुलाई एकटक लाएर हेर्नु; नियाल्नु।
37538 ताक्नु स.क्रि. ३. हालेको ठाउँमा लाग्ने किसिमले सोझो पारेर हेर्नु; लक्ष्य गर्नु; निसाना सोझ्याउनु।
37539 ताक्नु स.क्रि. ४. मौका पर्खेर बसिरहनु।
37540 ताक ना. १. अवसर; मौका (उदा.- उनी छोराको बिहे गर्ने ताकमा छन्।)
37541 ताक ना. २. उद्देश्य; लक्ष्य (उदा.- ताक राम्रो भएपछि काम पनि सफल हुन्छ। )।
37542 ताक ना. ३. हेराइ; दृष्टि (उदा.- एकै ताकमा कान्छोसित पुतली मोहित भइछ। )। ना. यो.
37543 ताक ना. ४. तिर; छेक (उदा.- अब दसैँताक हाम्रो भेट हुन्छ। )।
37544 ताकछोपुवा वि. ताक छोप्ने; अवसरवादी।
37545 ताकतरह ना. कामको प्रारम्भ वा पूर्वरूप; सुरसार।
37546 ताका ना. यो. ताक; छेक।
37547 ताकाताक ना. १. परस्परमा ताक्ने काम; मौका छोप्ने काम। (उदा.- तिनीहरू झ्यालमा बसेर ताकाताक गरिरहेछन्।)
37548 ताकाताक ना. २. साह्रै हतार वा खाँचो। (उदा.- आफ्नो खेतीको कस्तो ताकाताक परेको बेला मदेस नझरी सुख पाइएन।
37549 ताकिता ना. गर्नुपर्ने वा सुरु भएको काम चाँडो सक्नलाई लगाइने आत्तुरी; काम छिटै टुङ्ग्याउनका निम्ति गरिने हतारो; तकाजा।
37550 ताकिती ना. ताकिता।