Dictionary

All Word

37301 तरास ना. २. झस्को; कहाली।
37302 तरिका ना. १. कुनै काम गर्ने विधि, उपाय वा जुक्ति।
37303 तरिका ना. २. कामको सिप वा ढङ्ग।
37304 तरिका ना. ३. व्यवहारको किसिम; चाल।
37305 तरितन्नम वि. धनसम्पत्ति केही नभएको; सिरीखुरी स्वाहा भएको; कङ्गाल। (उदा.- बाबु खसेको वर्ष दिन नपुग्दै लच्छु तरितन्नम भइसके। )
37306 तरियान ना. तरीको समूह।
37307 तरियानी ना. घाट तर्ने मानिसले डुङ्गा आदिद्वारा घाट पार गर्दा दिनुपर्ने दस्तुर; नदी तराइको भाडा।
37308 तरी ना. १. उखु; बाँस आदिका आँख्लाका बिचको भाग।
37309 तरी ना. २. औँलामा दुई आँख्लाले छुट्ट्याइएको अंश।
37310 तरी ना. 3. पाटा परेको भाग; खण्ड; तह।
37311 तरी ना. ४. औल, भित्री मदेस र तराईको जङ्गल।
37312 तरु ना. रुख; बोट।
37313 तरुकोटर ना. रुखको टोड्को।
37314 तरुखण्ड ना. रुखहरूको समूह।
37315 तरुण वि. १. यौवन भरिएको; युवक; तन्नेरी; तरुनो।
37316 तरुण वि. २. नयाँ; ताजा। ना.
37317 तरुण वि. ३. युवा पुरुष।
37318 तरुणिमा ना. तरुनोपन; जवानी।
37319 तरुणी वि. नवयुवती; तरुनी; पठ्ठी।
37320 तरुनो वि. तरुण; जवान; तन्नेरी। स्त्री. तरुनी।
37321 तरुल ना. १. पानका जस्ता पात हुने लहरामा गिठ्ठा फल्ने र जरामा विभिन्न रङका खान हुने कन्द लाग्ने एक लहरे वनस्पति।
37322 तरुल ना. २. त्यसैको गानु।
37323 तरुल ना. ३. विशेष गरी माघे सङ्क्रान्तिमा खाइने कन्दमूल।
37324 तरुल ना. ४. लोकजीवनमा तरुल र वनतरुलको रूपमा चिनिने लहरे कन्दमूल।
37325 तरेली ना. १. तरल वस्तु अड्ने सानो खण्ड; पत्र; तह। (उदा.- शीतको थोपा अलमलियो फूलको तरेलीमा, तिम्रो आँसु छिपेको छ मेरै परेलीमा। - माधव घिमिरे। ) २ सिलसिला; क्रम।
37326 तरो ना. मदानीको डोरी छिराउने प्वाल।
37327 तर्क ना. १. कुनै कुरा कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा।
37328 तर्क ना. २. अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य, प्रमाणसहितको बुँदा।
37329 तर्क ना. 3. अङ्कल; अनुमान; गौर।
37330 तर्क ना. ४. छलफल; बहस।
37331 तर्क ना. ५. वादविवाद; कल्पना; अन्दाज।
37332 तर्कनु १ अ.क्रि. १. कसैलाई देखेको नदेख्यै गरेर हिँड्नु; परपरै भएर वा छेउ लागेर हिँड्नु; पन्छनु।
37333 तर्कनु १ अ.क्रि. २. रिसाएर हिँड्नु; टेढिनु।
37334 तर्कनु १ अ.क्रि. ३. छाता, कर्कलाको पात, भाँडो आदिको पानी सरक्क गुडेर वा बगेर तल झर्नु।
37335 तर्कनु २ अ.क्रि. नसा आदि खिचिनु वा तानिनु।
37336 तर्कना ना. १. मनमा उठ्ने सोचविचार; तर्क।
37337 तर्कना ना. २. उपाय; युक्ति।
37338 तर्कारी ना. हे. तरकारी।
37339 तर्कवितर्क ना. १. परस्परमा गरिने छलफल; वादविवाद; बहस।
37340 तर्कवितर्क ना. २. मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम।
37341 तर्कविद्या ना. तर्कशास्त्र; न्यायशास्त्र।
37342 तर्कशास्त्र ना. तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र |
37343 तर्कसङ्गत वि. १. तर्कद्वारा सिद्ध गरिएको कुरा वा मत)।
37344 तर्कसङ्गत वि. २. युक्तियुक्त।
37345 तर्काइ ना. १. देखेको नदेख्यै गरी वा रिसाएर हिँड्ने काम।
37346 तर्काइ ना. २. तर्कने तथा तर्काउने क्रिया वा प्रक्रिया; पानी आदि तरल वस्तुको चुहाइ।
37347 तर्काइ ना. ३. खिँच्ने काम; तनाइ।
37348 तर्काइनु क.क्रि. १. देखेको नदेख्यै गरी हिँडाइनु।
37349 तर्काइनु क.क्रि. २. चुहाइनु; नियारिनु।
37350 तर्काइनु क.क्रि. ३. तर्कन लाइनु; तनाइनु।