Dictionary

All Word

37201 तरकिप/तरकिब ना. १. कुनै विशेष चिज बनाउने काइदा; ढङ्ग; सिप।
37202 तरकिप/तरकिब ना. २. काम गर्ने उपाय; जुक्ति।
37203 तरक्क क्रि. वि. १. आँसु, पसिना आदि चुहुने वा तहरिने भएर। (उदा. काढी तरक्क पसिना दिन रात डोको, बोके पनी उदरगर्त रहन्छ भोको - लेखनाथ। )
37204 तरक्क क्रि. वि. २. कर्के आँखाले हेर्ने किसिमले; आँखा तर्ने चालमा। (उदा.- बिनसित्ति अर्कालाई किन आँखा तरक्क तर्नुपऱ्यो ?)
37205 तरक्की ना. पद, मान आदिमा बढिबढाउ हुने काम; उन्नति; वृद्धि।
37206 तरखर ना. १. कुनै कामको थालनी; कार्यारम्भ।
37207 तरखर ना. २. काम गर्ने चेष्टा; तत्परता।
37208 तरखराइ ना. तरखर गर्ने काम वा किसिम।
37209 तरखराइनु अ.क्रि. तरखराउने होइनु।
37210 तरखराहट ना. तरखराउने किसिम वा अवस्था।
37211 तरखरिनु अ.क्रि. तत्पर हुनु तम्सिनु; तरखराउनु।
37212 तरखऱ्याइ ना. तरखरिने भाव, क्रिया वा प्रक्रिया।
37213 तरङ्ग ना. १. हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल। नदीको मुखमा ज्वारको वेगले गर्दा उठेको पानीको खम्बा।
37214 तरङ्ग ना. ३. भूकम्पको लहर।
37215 तरङ्ग ना. ४. उत्साह, उमङ्ग, चञ्चलता आदिका अवस्थामा मनमा उठ्ने तर्कवितर्क।
37216 तरङ्ग ना. ५. सङ्गीतमा स्वरको उतारचढाव हुँदा हुने कम्पन; स्वरलहरी।
37217 तरङ्ग ना. ६. बौलट्टी चाल; छाँटा।
37218 तरङ्ग ना. ७. ध्वनि, प्रकाश र अरू पनि प्रसारणयोग्य वस्तुको प्रसारमा हुने विस्तृत रूप।
37219 तरङ्गमाली ना. छालैछालले भरिएको पानीको ठुलो भण्डार; समुद्र।
37220 तरङ्ग सञ्चारण ना. ध्वनि, ताप, विद्युत् आदिका लहरको गति।
37221 तरङ्गायित वि. तरङ्गयुक्त।
37222 तरङ्गिणी ना. नदी; खोलो।
37223 तरङ्गित वि. तरङ्ग चलेको; लहर उठेको।
37224 तरङ्गी वि. तरङ्ग झिक्ने; छँटाहा।
37225 तरङ्ग्याहा वि. तरङ्गी; सन्की।
37226 तरङ्ग दैर्ध्य ना. आकाशमा प्रसारित भिन्न भिन्न तरङ्गको लम्बाइ (रेडियो केन्द्रहरूले बेग्लाबेग्लै तरङ्गदैर्घ्यमा कार्यक्रम प्रसारित गर्ने हुनाले रेडियोमा कार्यक्रम समाउन र सुन्न अप्ठ्यारो पर्दैन।)
37227 तरज ना. १. गानाको लय वा शैली।
37228 तरज ना. २. पद्धति; ढङ्ग।
37229 तरण ना. १. नदी तर्ने काम; तराइ।
37230 तरण ना. २. नदी तर्न उपयोग गरिने डुङ्गा, नाउ आदि साधन।
37231 तरण ना. ३. स्वर्ग।
37232 तरण ना. ४. उद्धार।
37233 तरणी ना. १. डुङ्गा वा नाउ।
37234 तरणी ना. २. घिउकुमारी।
37235 तरणी ना. ३. स्थलकमल।
37236 तरतमसुक ना. लेनदेनसम्बन्धी तमसुक आदि कागज।
37237 तरताकिता ना. कुनै कामकुरो छिटो पूरा गर्न गरिने ताकिता आदि काम; हुटहुटी; प्रेरणा।
37238 तरतिब ना. १. सरसामानहरू क्रमपूर्वक ठिक ठाउँमा राख्ने, मिलाउने काम; इन्तजाम।
37239 तरतिब ना. २. कम गर्ने उपाय; जुक्ति।
37240 तरन ना. १. पार लाउने काम; तरण।
37241 तरन ना. २. पितृउद्धार।
37242 तरनतारन ना. धार्मिक विश्वासअनुसार पितृका नाउँमा गरिने तर्पण, पिण्ड, दानपुण्य आदि काम; पितृहरूको उद्धार कार्य।
37243 तरनपेट ना. कबाज, मार्च आदिमा सलामी दिँदा बजाइने बाजा; बिगुल।
37244 तरपु ना. एक जातको घिरौँला।
37245 तरफ ना. यो. कतैपट्टि; कुनैतिर; तर्फ।
37246 तरफवार वि. पक्ष लिने; आड लिने; मदतगार।
37247 तरफदारी ना. कसैको पक्ष लिने काम; तरफ लिने काम; हिमायत।
37248 तरबर ना. तुलबुलेपन; चञ्चलता; सगबग। (उदा.- तिम्रो तरबर देखेर सबै छक्क पर्छन्।)
37249 तरबराइ ना. तरबराउने क्रिया वा प्रक्रिया।
37250 तरबराइनु अ.क्रि तरबर गरिनु।