Dictionary

All Word

37101 तमकझमक ना. अभिमान वा आवेगमा रहनाको अवस्था; जोसिलो चाल; फुइँफाइँ ।
37102 तमतम क्रि. वि. १. खाद्यवस्तुको स्वाद बिग्रेर तमतमाइलोपन उत्पन्न गराउने गरी।
37103 तमतम क्रि. वि. २. शोक, लाज आदिले वा रिस, गर्मी आदिले मुख रातो भएर।
37104 तमतमाइ ना. १. उग्लेर स्वाद बिग्रने काम; उग्लाइ।
37105 तमतमाइ ना. २. रिस, गर्मी आदिले मुख रातो पार्ने काम; तिरमिराइ।
37106 तमतमाइनु अ.क्रि १. उग्लिनु।
37107 तमतमाइनु अ.क्रि २. रिस, गर्मी आदिले मुख रातो हुनु; तिरमिराइनु।
37108 तमतमाउँदो वि. तिहुन, तरकारीमा झोल धेरै भई स्वाद नभएको; उग्लिँदो स्वाद भएको; स्वाद बिग्रेको; तमतमिँदो।
37109 तमतमाउनु अ.क्रि १. तामाका वा पित्तलका भाँडाबर्तनमा तिहुन, तरकारी पकाएर राख्ता उग्लेर नमिठो स्वादको हुनु; तमतमिँदो बन्नु।
37110 तमतमाउनु अ.क्रि २. ज्वरो आदिका कारणले खाने रुचि हराई मुख नमिठो हुनु; पचपचाउँदो हुनु।
37111 तमतमाउनु अ.क्रि ३. रिस; गर्मी आदिले मुख रातो हुनु; तिरमिराउनु।
37112 तमतमाहट ना. १. उग्लेर स्वाद बिग्रने किसिम।
37113 तमतमाहट ना. २. रिस, गर्मी आदिले मुख रातो हुने ढाँचा; तिरमिराहट।
37114 तमतमिँदो वि. उगाल आउनाले स्वाद बिग्रेको; उग्लेको; तमतमाउँदो।
37115 तमतमिलो ना. १. अमिलो, टर्रो नछुट्टिने किसिमको स्वाद। वि.
37116 तमतमिलो ना. २. त्यस्तो स्वाद भएको।
37117 तमन ना. तामाबाट बनेका भाँडा, बर्तन।
37118 तमन्चा ना. सानो बन्दुक; रिवल्भर; पिस्तौल।
37119 तमस ना. १. अन्धकार; अँध्यारो; अज्ञान।
37120 तमस ना. २. पाप।
37121 तमस ना. ३. तमोगुण।
37122 तमसुक ना. ऋणीले साहुलाई आफूले ऋण लिएको प्रमाणस्वरूप लेखिदिने कागत; असामी र साहुका बिचको लेनदेनसम्बन्धी प्रमाणको लिखत।
37123 तमसुक फट्टा ना. तमसुकमा लेखिएबमोजिमको साँवाब्याज चुक्ता भएपछि असुली जनाई शिर च्यातेर असामीलाई नै फिर्ता दिइने तमसुक।
37124 तमाखु ना. १. मसिनु पारी सुर्ती काटेर खुदोमा पकाई बनाइएको वस्तु वा डाँठसहित कुटेर धुलो बनाइएको कक्कड।
37125 तमाखु ना. २. तमाखुको बोट वा पात; काँचोपात।
37126 तमाखे वि. धेरै तमाखु खाने; तमाखुको अम्मली।
37127 तमादी वि. हदम्याद सकिएको वा गुज्रिएको।
37128 तमाम वि. १. भएजति सबै; सम्पूर्ण।
37129 तमाम वि. २. कामकुरा टुङ्गिएको; समाप्त; खतम।
37130 तमामी ना. समाप्त हुने वा टुङ्गिने स्थिति; समाप्ति।
37131 तमाल ना. १. रातो फूल फुल्ने, झुप्पादार फल फल्ने र ठुलठुला पात हुने सदाबहार अग्लो एक रुख।
37132 तमाल ना. २. सतिसाल।
37133 तमाल ना. ३. तेजपात।
37134 तमाल ना. ४. काँचोपात; सुर्ती।
37135 तमाली ना. सिप्लीकान; ताम्रवल्ली।
37136 तमास ना. अनौठो किसिम वा ढाँचा; उदेक।
37137 तमासा ना. १. मन बहलाउने दृश्य; चटक; रमिता; जात्रा आदि।
37138 तमासा ना. २. अनौठो खेल; रमाइलो घटना वा कुरा।
37139 तमासा ना. ३. तमास।
37140 तमासे वि. १. तमासा भएको ठाउँमा गएर हेर्ने; रमिते; जात्रे।
37141 तमासे वि. २. कुनै घटनामा आफू संलग्न नहुने र सो घटना हटाउने उपायमा पनि नलागी रमाइलो मात्र हेरेर बस्ने।
37142 तमासे वि. ३. तमासा देखाउने।
37143 तमिस्र ना. १. अन्धकार; अँध्यारो; तम।
37144 तमिस्र ना. २. अज्ञान।
37145 तमिस्र ना. ३. क्रोध; रिस।
37146 तमिस्र पक्ष ना. कृष्णपक्ष।
37147 तमिस्रा ना. कृष्णपक्षको रात; अँधेरी रात।
37148 तमु सर्व. १. तिमी।
37149 तमु सर्व. २. तम्मु।
37150 तमेरो ना. तामाका भाँडाकुँडा बनाउने व्यक्ति वा जाति; तमौटे।