Dictionary

All Word

36951 तन्को ना. तन्केको स्थिति वा तन्कने काम।
36952 तन्क्याइ ना. तन्किने काम वा किसिम।
36953 तन्क्याहट ना. तन्कने भाव, ढाँचा वा क्रिया; तन्क्याइ।
36954 तन्जेब ना. एक जातको मसिनु सुती कपडा; उम्दा जातको मलमल।
36955 तण्डवितण्ड ना. वादविवाद; टकराव।
36956 तन्तरमन्तर ना. झारफुक गर्ने काम; तन्त्रमन्त्र।
36957 तन्तु ना. १. कपास आदि बटारेर कातिएको मसिनु डोरो; धागो।
36958 तन्तु ना. २. रेसा।
36959 तन्तु ना. ३. ताँती; पङ्क्ति। ४ माकुराको जालो।
36960 तन्तु ना. ५. सन्तान।
36961 तन्तु ना. ६. मड्याएको नेपाली कागतमा मसीविना उठाएर वा खाल्डो पारेर बनाइएको डोब।
36962 तन्तुकार ना. १. लुगा बुन्ने व्यक्ति; जुलाहा।
36963 तन्तुकार ना. २. माकुरो।
36964 तन्तुकोष ना. शारीरिक तन्तु बन्नका लागि तल्लीन रहने जीवकोष ।
36965 तन्तुविज्ञान ना. शारीरिक तन्तुको सूक्ष्म संरचना तथा क्रियाको ज्ञान गर्ने गराउने शास्त्र।
36966 तन्तुविशेषज्ञ वि. शारीरिक तन्तुका विषयमा विशेष ज्ञान वा दखल भएको।
36967 तन्त्र ना. १. शाक्त वा शैव मतका अनुसार देवदेवीहरूको उपासना गर्ने रहस्यमूलक शास्त्र।
36968 तन्त्र ना. २. झारफुक गर्ने मन्त्र वा विद्या।
36969 तन्त्र ना. ३. कुनै शासनव्यवस्था वा पद्धति (जस्तै- राजतन्त्र, प्रजातन्त्र, गणतन्त्र इ.)।
36970 तन्त्र ना. ४. धागो; डोरो; सूत्र।
36971 तन्त्रमन्त्र ना. तन्त्र प्रयोग गर्ने विद्या; जादुटुना वा झारफुक।
36972 तन्त्री ना. १. रेटेर बजाइने तथा मसिनु झन्कार निस्कने सितार, वीणा आदि वाद्य।
36973 तन्त्री ना. २. वीणाको तार।
36974 तन्त्री ना. ३. शरीरको नसा।
36975 तन्दुर ना. पाउरोटी, बिस्कुट आदिको झैँ रोटी पकाउन बनाइएको माटाको ठुलो चुलो।
36976 तन्दुरी ना. तन्दुरमा पकाइएको बाक्लो रोटी।
36977 तन्दुरुस्त वि. १. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभएको; निरोगी; स्वस्थ।
36978 तन्दुरुस्त वि. २. काममा लाग्न वा जुट्न सक्ने; तम्तयार; ठिकठाक।
36979 तन्दुरुस्ती ना. शरीरमा कुनै किसिमको रोग वा कमजोरी नभई रातोपिरो हुने स्थिति; निरोगीपन; आरोग्य।
36980 तन्देरी वि. तरुनो; तन्नेरी।
36981 तन्देह वि. मेहनतसाथ काम गर्ने।
36982 तन्देही ना. १. मेहनत; परिश्रम।
36983 तन्देही ना. २. कोसिस; प्रयत्न।
36984 तन्द्रा ना. १. निद्रा लाग्नुअघिको आँखाको लठ्ठ्याइ; निद्राको पहिलो अवस्था; झप्काइ; उँघ।
36985 तन्द्रा ना. २. रोग, शोक, चिन्ता आदिबाट हुने हल्का बेहोसीजस्तो स्थिति।
36986 तन्द्रालु वि. १. तन्द्रामा परेको; उँघ लागेको।
36987 तन्द्रालु वि. २. थाकेको; क्लान्त।
36988 तन्द्रिल वि. तन्द्रायुक्त; उँघ लागेको।
36989 तन्द्रुक ना. विशेष किसिमले पकाइएको मासु आदिको परिकार।
36990 तन्न क्रि. वि. बेसरी तान्ने वा तानिने गरी; तनक्क।
36991 तन्नम वि. आफ्नो भन्नु केही नभएको; हरिकङ्गाल; अति गरिब; तनहा।
36992 तन्नमभगत / भवति ना. भएभरको श्रीसम्पत्ति सबै सकिएको; तनहा; कङ्गाल।
36993 तन्ना ना. पलङ, खाट आदिमा बिछ्याउनामाथि कसेर हालिने एकसरो कपडा।
36994 तन्नेरी / तन्नेरो वि. १. बैँस चढेको; तरुनो; युवक; जवान। ना.
36995 तन्नेरी / तन्नेरो वि. २. तरुण युवक; तरुनो ठिटो।
36996 तन्मनस्क वि. तल्लीन; तन्मय।
36997 तन्मनस्कता ना. तन्मनस्क हुनाको भाव वा अवस्था।
36998 तन्मय वि. तनमन लगाएको; त्यसैमा मिलेको; दत्तचित्त; तल्लीन।
36999 तन्मयता ना. तन्मय हुनाको भाव वा अवस्था; दिलोज्यानले; लाग्नेपन; तल्लीनता।
37000 तन्वी वि. १. दुब्लीपातली।