Dictionary

All Word

35451 ठ्वास्स क्रि.वि. १. घोच्ने किसिमले ओठे जवाफ दिने गरी।
35452 ठ्वास्स क्रि.वि. २. कुनै वस्तु मन नपर्ने चालले राखेर।
35453 ठ्वास्स क्रि.वि. ३. ठिकबेठिक विचारै नगरी।
35454 ठ्वास्स क्रि.वि. ४. दुर्गन्धित हुने गरी।
35455 देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेह्रौँ वर्ण, स्पर्शी, मूर्धन्य, सघोष, अल्पप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाङडुङे ड।
35456 डँकाइ ना. डाँक्ने भाव, क्रिया वा प्रक्रिया।
35457 डँकाइनु क.क्रि. डाँक्न लाइनु।
35458 डँकाउनु प्रे.क्रि. डाँक्न लाउनु।
35459 डँकाहा वि. उफ्रेर नाघ्ने; फड्कने।
35460 डँटाइ ना. १. डाँट्ने भाव, क्रिया वा प्रक्रिया।
35461 डँटाइ ना. २. छँसाइ; हप्काइ।
35462 डँडाइ ना. डाँड्ने भाव, क्रिया वा प्रक्रिया।
35463 डँडाइनु क.क्रि. डाँड्न लाइनु।
35464 डँडाउनु प्रे.क्रि. डाँड्न लाउनु; जरिवाना तिराउनु।
35465 डँडाक वि. बढेर वा सप्रेर ठुलो देखिएको; ढड्डु; घ्वाँक।
35466 डँडाली / डँडाल्नी ना. झ्यालको कोटालमास्तिर हालिने काठ वा फलामको तेर्सो डन्डी।
35467 डँडाल्नु ना. ढुटो चालेर बाँकी रहेको खस्रो भुस।
35468 डँडाल्नु / डँडाल्नो ना. काँधदेखि मुनि कम्मरसम्मको शरीरको पछिल्लो भाग; पिठिउँ; ढाड।
35469 डँडेल ना. १. डोली, तामदान, पाल्की आदि बोक्ने व्यक्ति; डोले।
35470 डँडेल ना. २. डँडाल्नु।
35471 डँडेलधुरा ना. १. डोली, पालकी आदिमा रहने तेर्सो काठ;डाँडी।
35472 डँडेलधुरा ना. २. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने महाकाली अञ्चलको पहाडी र केही भित्री मदेसको भाग पनि रहेको एक जिल्ला।
35473 डँडेलो ना. १. खर वा परालले छाइएका घरका छानामा रहने मुसी; डाँडा; डढेलो।
35474 डँडेलो ना. २. चालेर बचेको खस्रो भुस; डँडाल्नु।
35475 डँड्याइ ना. डँड्याउने भाव, क्रिया वा प्रक्रिया।
35476 डँड्याइनु क.क्रि. छानामा डाँडा हालिनु।
35477 डँड्याउनु स.क्रि. खर वा परालले घर छाइने छानामा डाँडा हाल्नु; छानाका डाँडाहरू बाँध्नु।
35478 डँसाइ ना. डाँस्ने काम वा किसिम।
35479 डँसाइनु क.क्रि. डाँस्न लाइनु।
35480 डँसाउनु प्रे.क्रि. डाँस्न लाउनु; डसाउनु; धुताउनु।
35481 डक्नु स.क्रि. कसैलाई उमेर, बल, खवाइ आदिले दमन गर्नु वा थिच्नु; नियन्त्रण गर्नु; ऐँचनु। (उदा.- दाजुले डकेर हो कि कान्छो सप्रनै सकेन।
35482 डकर्मी ना. घर बनाउँदा माटो, वज्र, सिमेन्ट आदिले जोडी ढुङ्गा, इँट आदिको गारो लगाउने मानिस; घर बनाउने काममा ढुङ्गा, इँट , माटो आदिको काम पूरा गर्ने कालिगड।
35483 डकाइ ना. १. डक्ने भाव, क्रिया वा प्रक्रिया।
35484 डकाइ ना. २. डाक्ने भाव, क्रिया वा प्रक्रिया।
35485 डकाइनु क.क्रि. डक्न लाइनु; दमन गर्न लाइनु।
35486 डकाउनु प्रे. क्रि. दमन गराउनु; दबाउनु।
35487 डकार्नु स.क्रि. १. पेटको वायु शब्दसहित घाँटीबाट बाहिर निकाल्नु; डकार झिक्नु।
35488 डकार्नु स.क्रि. २. अघाउन्जेल खानु; पेट टन्न भरिने गरी खानु।
35489 डकार ना. ड' अक्षर; टवर्गमा पर्ने तेस्रो अक्षर।
35490 डकार ना. पेटको वायु घाँटीबाट निकालिने शारीरिक क्रिया वा सो वायु निक्लँदा आउने आवाज; ऊर्ध्ववायु।
35491 डकाराइ ना. डकार्ने भाव, क्रिया वा प्रक्रिया।
35492 डकारिनु अ.क्रि. डकार निकालिनु।
35493 डकिनु क.क्रि. डक्ने काम गरिनु; दमन गरिनु।
35494 डकुमेन्ट्री ना. ऐतिहासिक, सांस्कृतिक, धार्मिक आदि महत्त्वका विषयवस्तुमा आधारित लघु चलचित्र; वृत्तचित्र।
35495 डकुल्ल्याइ ना. डकुल्ल्याउने भाव, क्रिया वा प्रक्रिया।
35496 डकुल्ल्याइनु क.क्रि. अरूको धनमाल पचाइनु; थुप्रै खाइनु।
35497 डकुल्ल्याउनु स.क्रि. १. अरूको धनमाल सोहोर्नु वा पचाउनु।
35498 डकुल्ल्याउनु स.क्रि. २. थुप्रै खानु; अघाउन्जेल खानु।
35499 डकैत ना. जबरजस्ती लुटपिट गरी चोरी गर्ने वा अवैध र अनुचित तरिकाले अरूको धनमाल हत्त्याउने डाँका।
35500 डकैती ना. डाँका मार्ने काम; डाँकाको काम।