Dictionary

All Word

35001 ठानिनु क.क्रि. १. अडकल गरिनु; चिताइनु। स.क्रि.
35002 ठानिनु क.क्रि. २. निश्चय गर्नु; ठहराउनु।
35003 ठानेदार ना. थानाको हाकिम; प्रहरी चौकीको मुख्य अधिकारी।
35004 ठाम ना. ठाउँ; थात।
35005 ठालु वि. १. गाउँघर वा बस्तीमा आफ्नो हैकम भएको; आफ्नै प्रभाव वा प्रभुत्व जमाएर बसेको; प्रतिष्ठित (व्यक्ति)।
35006 ठालु वि. २. प्रधान; मुख्य।
35007 ठालु वि. ३. महाजन; सेठ; धनी। ना. ४ धनीमानी तथा हैकम भएको व्यक्ति।
35008 ठालु वि. ५. मेहनत नगरी ऐसआराममा जीवन बिताउन चाहने मानिस।
35009 ठास्नु स.क्रि. १. खाँदीखाँदी वा अटाईन अटाई हाल्नु; कोच्नु।
35010 ठास्नु स.क्रि. २. मैथुन गर्नु।
35011 ठासठुस क्रि.वि. पेट नमिली बाहिर मात्रै अलिअलि बोल्ने वा काम गर्ने गरी; ठस्याकठुसुक।
35012 ठासिनु क.क्रि. ठास्ने काम गरिनु।
35013 ठाहिँली वि. १. जन्मका रोलले जेठीदेखि गन्दै जाँदा पाँचौँ, काहिँलीभन्दा पछिकी (छोरी, बहिनी इ.); ठाइँली। ना.
35014 ठाहिँली वि. २. जन्मका रोलमा पाँचौँ परेकी स्त्री सन्तान।
35015 ठाहिँली वि. ३. ठाहिँलाकी जोई।
35016 ठाहिँलो वि. १. जन्मका रोलले जेठोदेखि गन्दा पाँचौँ; काहिँलोपछिको (भाइ, छोरो इ.); ठाइँलो। ना.
35017 ठाहिँलो वि. २. जन्मका रोलमा पाँचौँ परेको पुरुष सन्तान।
35018 ठिँगुराइ ना. ठिँगुरिने वा ठिँगुराउने क्रिया- प्रक्रिया; ठिँडुराइ।
35019 ठिँगुराइनु अ.क्रि. ठिँगुरिन लाइनु।
35020 ठिँगुराउनु अ.क्रि. बालीबिरुवा सुक्तै जानु वा सप्लाउन नसक्नु; कठ्याङ्ग्रिनु; ठिँगुरिन्।
35021 ठिँगुरिनु अ.क्रि. १. पानी नपाएर वा शीतले खाएर बोटबिरुवाहरू टुप्पादेखि नै सुक्तै जानु; बाली नसप्लाउनु वा खिइनु; ठिङुरिनु।
35022 ठिँगुरिनु अ.क्रि. २. जाडाले कक्रिनु; कठ्याङ्ग्रिनु।
35023 ठिँगुरी ना. १. कठमहालको रकम।
35024 ठिँगुरी ना. २. काठका टुक्राटाक्री वा मसिना ठेउका; ठिङुरी।
35025 ठिँगुरी महाल / माल ना. १. तीन फुटभन्दा कम मोटाइ भएका काठको कित्ता वा तह।
35026 ठिँगुरी महाल / माल ना. २. त्यस्ता काठको वा त्यसै सम्बन्धी काम गर्ने अड्डा।
35027 ठिँगुरो १ वि. १. एक्लो; ठिङ्गो; ठिडुरो।
35028 ठिँगुरो १ वि. २. ठाडो; ठिङ्ग परेको। ना.
35029 ठिँगुरो १ वि. ३. ठाडो वा ठिङ्ग परेको लिङ्गुरो।
35030 ठिँगुरो २ ना. अपराधीलाई थुनामा राख्दा भाग्नउम्कन नपाउने गर्नका निम्ति उसका दुवै गोडा छिराएर कैद गर्ने काठका दुई फलेक जोरी ताल्चा मार्ने साधन; तुरुङ।
35031 ठिँगुऱ्याइ ना. १. ठिँगुरिने क्रिया वा प्रक्रिया। [[ठिँगुऱ्याउ + याइ]
35032 ठिँगुऱ्याइ ना. २. ठिँगुऱ्याउने क्रिया वा प्रक्रिया।
35033 ठिँगुऱ्याइनु क.क्रि. १. ठिँगुरिने पारिनु; सप्लाउन नसक्ने गराइनु।
35034 ठिँगुऱ्याइनु क.क्रि. २. ठिँगुरामा हालिनु।
35035 ठिँगुऱ्याउनु स.क्रि. १. अपराधीलाई ठिँगुरामा हाल्नु; तुरुङमा हाल्नु। प्रे. क्रि.
35036 ठिँगुऱ्याउनु स.क्रि. २. ठिँगुरिने पार्नु; सप्लाउन नसक्ने पार्नु।
35037 ठिँडुल्को ना. सानो काठको गिँड।
35038 ठिँड्के वि. ठिँड्को भएको; ठिँड्कोजस्तो।
35039 ठिँड्के ढुङ्गो ना. आगो पार्ने एक प्रकारको खस्रो ढुङ्गो।
35040 ठिँड्को ना. १. काठ वा दाउराको गोलो टुक्रो।
35041 ठिँड्को ना. २. चकमक।
35042 ठिउँरो ना. १. सिन्धु र बेलुचिस्तानका माझको हिङ्गलाज प्रदेशमा पाइने, मल्लिँडोको जस्तो तर ठुलो हुने काँडावाल जङ्गली वृक्षको फल वा त्यसैको साह्रो बियाँ
35043 ठिउँरो ना. २. केटाकेटीको रक्षार्थ बुटीका रूपमा घाँटीमा, हातमा वा खुट्टामा बाँधिने सोही फलका दाना।
35044 ठिक वि. १. जस्तो हुनुपर्ने हो त्यस्तै; भनेजस्तो; ठिक्क।
35045 ठिक वि. २. सुहाउँदो; मिल्दो; दुरुस्त; मनासिब; उचित।
35046 ठिक वि. ३. तिवा थान्को लागेको; तह लागेको।
35047 ठिक वि. ४. योग्य; शुद्ध।
35048 ठिक वि. ५. निश्चित; पक्का।
35049 ठिकठाक ना. १. कुनै कामकुराको उचित बरबन्दोबस्त; पक्कापक्की। वि.
35050 ठिकठाक ना. २. तन्दुरुस्त; तम्तयार।