Dictionary

All Word

34451 टुर्र ना. १. तमाखु खाँदा हुक्काभित्रको पानीबाट आवाज निस्कने गरी; ट्वार; टिर्र।
34452 टुर्र ना. २. त्यस्तै समान परिस्थितिमा ध्वनि वा आवाज निकाल्दै।
34453 टुर्र ना. ३. बाँध्दा कसिलो हुने गरी।
34454 टुर्रिनु अ.क्रि. १. कसेर बाँधिनु; कसिनु।
34455 टुर्रिनु अ.क्रि. २. पखाला चल्नु।
34456 टुर्रिनु अ.क्रि. ३. तुर्किनु।
34457 टुर्रे वि. १. पानीजस्तो झोल भएको; पन्यालो।
34458 टुर्रे वि. २. टुर्र आवाज गर्ने (नरिवलको सानो हुक्का)।
34459 टुर्रो ना. १. तरकारी दाल आदिको पातलो झोल; बेस्वादको पानीजस्तो रस।
34460 टुर्रो ना. २. सानो हुक्का; टुर्रे हुक्का।
34461 टुर्र्‍याइ ना. १. टुर्र हुक्का तान्ने क्रिया।
34462 टुर्र्‍याइ ना. २. तुर्क्याइ।
34463 टुर्र्‍याइनु क. क्रि. १. टुर्र तुल्याइनु; कसिलोसँग बाँधिनु।
34464 टुर्र्‍याउनु स.क्रि. टुर्र आवाज निस्कने गरी हुक्का गुडगुडाउनु; तमाखु खानु।
34465 टुर्र्‍याहट ना. टुऱ्याउने क्रिया वा अवस्था।
34466 टुलटुल क्रि.वि. एकटक लाएर हेर्ने किसिमले; एकोहोरो कसैको मुख हेरिरहेर।
34467 टुलटुली/टुलटुलती क्रि.वि. १. अझै टुलटुल हुने गरी; एकटक लाएर हेरिरहने किसिमले; क्वारक्वारती।
34468 टुलटुली/टुलटुलती क्रि.वि. २. आशा वा दयनीय भावनाले एकोहोरो हेरिरहेर; पुलुपुलु।
34469 टुलबक्स ना. मोटर गाडी आदिका औजार वा ज्याबल राख्ने सानो बाकस।
34470 टुलुक्क क्रि.वि. एकै दृष्टिमा हेर्ने गरी; एकपल्ट मात्र हेर्ने किसिमले; पुलुक्क।
34471 टुल्के वि. १. टुलुटुलु हेरिरहने; एकटक लाएर हेर्ने।
34472 टुल्के वि. २. आसे।
34473 टुल्ल क्रि.वि. १. टोलाएर वा एकनाससित हेर्ने गरी; ट्वाल्ल। वि.
34474 टुल्ल क्रि.वि. २. हेरेको हेऱ्यै भएको; जिल्ल; वाल्ल।
34475 टुसा ना. हे. टुसो।
34476 टुसाइ ना. टुसाउने क्रिया वा प्रक्रिया।
34477 टुसाइनु अ.क्रि. टुसो निस्किनु; टुसा हालिनु।
34478 टुसाउनु अ.क्रि. १. कुनै बोटबिरुवाले टुसो हाल्नु; अङ्कुराउनु।
34479 टुसाल ना. १. उखु पेल्ने मेसिन वा यन्त्र।
34480 टुसाल ना. २. सो मिसिन भएको ठाउँ; रसेटो।
34481 टुसुक्क क्रि.वि. १. दुई गोडा र चाकको भरले बिस्तारै भुइँमा बस्ने गरी।
34482 टुसुक्क क्रि.वि. २. टुसा वा अङ्कुर फुट्ने वा पलाउने गरी।
34483 टुसो ना. १. बोटबिरुवा, अन्न आदिको भर्खरै उम्रेको कलिलो मुनु; अङ्कुर; पिपिरो।
34484 टुसो ना. २. निगालो, बाँस आदिको भर्खरै उम्रेको, तरकारी खाइने मुनु।
34485 टुस्स क्रि.वि. हे. टुसुक्क।
34486 टुहुरिनु अ.क्रि १. टुहुरो हुनु; अनाथ बन्नु।
34487 टुहुरो वि. १. आमाबाबु मरेको; कुनै संरक्षक नभएको; टोके।
34488 टुहुरो वि. २. कुनै सहाय नभएको; अनाथ; बिचरो। स्त्री. टुहुरी।
34489 टुहुरो टिङ्गरो वि. आमाबाबु नहुनाले अरूको शरण पर्न विवश भएको। स्त्री. टुहुरीटिङ्गरी।
34490 टूट वि. हे. टुट।
34491 टूटफूट वि. हे. टुटफुट।
34492 टेक्नु स.क्रि. १. कुनै आधारमाथि गोडा अड्याउनु; कुल्चनु; खुट्टा हाल्नु; पाउ राख्नु।
34493 टेक्नु स.क्रि. २. कुनै आधार वा प्रमाणलाई समात्नु।
34494 टेक्नु स.क्रि. ३. कसैको आधार लिनु; आडभरोसा लिनु।
34495 टेक ना. १. कुनै कुरामा गरिने जिद्दी ; हठ; ढिपी; आग्रह।
34496 टेक ना. २. गर्व; अभिमान।
34497 टेक ना. 3. गीतका टुक्राहरूपछि दोहोऱ्याइने आरम्भिक चरण वा पङ्क्ति; गीतको स्थायी बोल।
34498 टेकन ना. १. अड्ने आधार; टेको; आड; टेवा।
34499 टेकन ना. २. बिसौना।
34500 टेकाइ ना. टेक्ने क्रिया वा प्रक्रिया।