Dictionary

All Word

39551 थिचाहा वि. १. १ थिच्ने; यिचुवा।
39552 थिचाहा वि. २. थिचोमिचो गर्ने; शोषक; दमनकारी।
39553 थिचिनु क.क्रि. थिच्ने काम गरिनु; यिचाइमा पर्नु।
39554 थिचीमिची ना. थिच्ने वा किच्ने काम; किचकाच; किचीमिची।
39555 थिचुवा वि. १. थिचाहा। ना.
39556 थिचुवा वि. २. कोलमा तेल पेल्दा छाप्रीलाई थिच्ने काठको एक उपकरण।
39557 थिचो ना. १. दबाब; ऐँठ; थिचान।
39558 थिचो ना. २. शोषण।
39559 थिचो ना. ३. अत्याचार; मिचो। ना ४ अरूमाथि जबरजस्ती गरिने नैतिक, आर्थिक आदि दबाउ; शोषण; अन्याय; दमनकारी कार्य।
39560 थिति ना. १. अघिदेखि चलिआएको चलन; परम्परा; व्यवस्था; रीति।
39561 थिति ना. २. चाँजो; प्रबन्ध।
39562 थितिबिती ना. थितिरीति।
39563 थितिरीति ना. चाँजोपाँजो; चालचलन; रीतिथिति।
39564 थित्री ना. बाँसका कप्टेरा मिलाई डोरीले कसेर बुनेको, माछा थाप्ने सोलीजस्तो खोर।
39565 थिर वि. १. एकै ठाउँ, रूप वा अवस्थामा रहने; नहल्लने; परिवर्तन नहुने; नडगमगाउने; डेग बसेको; टुङ्गो लागेको; नचल्ने; स्थिर।
39566 थिर वि. २. हल न चल; टस न मस।
39567 थिरिनु अ.क्रि. १. अडिग हुनु; टिक्न; अड्नु; उभिनु।
39568 थिरिनु अ.क्रि. २. थिहिरिनु।
39569 थिरी १ १. उभिने क्रिया (बालबोलीमा)। वि.
39570 थिरी १ २. थिर (आइमाई )।
39571 थिरी २ ना. १. भर्खर उभिन जानेको बालकले उभिने किसिम। वि.बो.
39572 थिरी २ ना. २. बालकलाई उभिन लगाउन उच्चारण गरिने उत्साहवर्धक शब्द।
39573 थिऱ्याइ ना. थिरिने काम वा काइदा; थिहिऱ्याइ।
39574 थिऱ्याइनु क.क्रि. थेगाइनु; अडाइनु; उभ्याइनु।
39575 थिऱ्याइलो वि. थिर; दह्रो; ठिङ्ग।
39576 थिऱ्याउनु स.क्रि. / प्रे.क्रि. उभाउनु; थिरिन लाउनु।
39577 थिऱ्याहट ना. थिऱ्याइ।
39578 थिलथिल ना. १. किचिएर वा मिचिएर थलथल हुने अवस्था। वि.
39579 थिलथिल ना. २. थिलथिलो।
39580 थिलथिलिनु अ. क्रि. थिलथिलो हुनु; शिथिल हुनु।
39581 थिलथिलो वि. १. अति परिश्रम गर्नाको कारणले वा कुटपिटबाट शिथिल भएको; लस्त; थङ्थिलो ; थिलथिलो (व्यक्ति)।
39582 थिलथिलो वि. २. किचेर वा कुटेर पूरै रूप बिगारिएको (मासुदार वा गुदीदार वस्तु)।
39583 थिलथिल्याइ ना. थिलथिल्याउने वा थिलथिलिने काम वा किसिम।
39584 थिलथिल्याइनु क.क्रि. थिलथिलो पारिनु।
39585 थिलथिल्याउनु स.क्रि. थिलथिलो पार्नु वा पार्न लाउनु।
39586 थिलीपितिली/थिलीबिली क्रि.वि. आघातबाट जीव, फल, मिठाई आदि कुनै वस्तु वा प्राणीको रूपमा पूर्ण विकृति आएर। वि. थिलथिलो; थङ्थिलो।
39587 थिहिरिनु अ.क्रि. थिग्रिनु; थिर गराइनु; उभ्याइनु।
39588 थिहिरी ना. १. बालकलाई थिहिऱ्याउने कार्य।
39589 थिहिरी ना. २. उभिएर हिँड्ने कार्य (बालबोलीमा)।
39590 थिहिऱ्याइ ना. थिहिऱ्याउने भाव, क्रिया वा प्रक्रिया।
39591 थिहिऱ्याइनु क.क्रि. थिर तुल्याइनु; उभ्याइनु।
39592 थिहिऱ्याउनु स.क्रि./ प्रे. क्रि. थिर पार्नु वा उभ्याउन लगाउनु।
39593 थुँग्नु स.क्रि. १. मासु आदिलाई थुङ्नीमा राखेर टुक्य्राउनु; मसिनो पार्नु; चोक्ट्याउनु; थुङ्थुङ्याउनु; थुङ्नु।
39594 थुँग्नु स.क्रि. २. लगातार धम्काउनु; टोकस्नु; गाली गर्नु; थुर्नु।
39595 थुँग्नु स.क्रि. ३. थिलथिलो पार्नु।
39596 थुँगनी ना. मासु आदि थुँग्ने काठको साधन; अचानु; थुङनी।
39597 थुँगाइ ना. थुँग्ने काम; थुङाइ।
39598 थुँगाइनु क.क्रि. थुँगेर टुक्य्राइनु।
39599 थुँगाउनु प्रे. क्रि. १. थुँग्न लाउनु; थुङाउनु। अ.क्रि.
39600 थुँगाउनु प्रे. क्रि. २. फूलको थुँगो लाग्नु; फक्रिनु।