Dictionary

All Word

39451 थापाथाप ना. ३. परस्परको थपाइ।
39452 थापिनु क.क्रि. १. देवीदेवतालाई कुनै नियत स्थानमा थपना गरिनु; थापना गर्नु।
39453 थापिनु क.क्रि. २. केही चिज माग्न हात, पोल्टो आदि फैलाइनु।
39454 थापिनु क.क्रि. 3. जुवा आदिमा रुपियाँपैसा राखिनु।
39455 थाप्रो ना. पशुका विष्ठाको थुप्रो वा रास।
39456 थाप्ले वि. १. थाप्लामा लाउने वा बोक्ने।
39457 थाप्ले वि. २. निधार चौडा हुने; भाग्यशाली। ना.
39458 थाप्ले वि. ३. थाप्लानेरको फुलेको रौं; चाँदो।
39459 थाप्ले हुलाक ना. १. नेपालको एकीकरणताका नाम्ला र थाप्लाका भरमा रसदपानी बोक्ने व्यवस्था गरिएको हुलाक।
39460 थाप्ले हुलाक ना. २. पश्चिमी नेपालमा कतैकतै अझै अनौपचारिक रूपमा प्रचलित पारिश्रमिकविना भारी आदि बोकाउने प्रथा; हुलाकी प्रथा।
39461 थाप्लो ना. १. टाउको; शिर; कपाल; खप्पर।
39462 थाप्लो ना. २. पहाडपर्वतको माथिल्लो भाग; टुप्पो; चुचुरो।
39463 थाप्लो ना. ३. भाग्य; पुर्पुरो।
39464 थाम्नु स.क्रि. १. कायम राख्नु; नबदल्नु; नछोड्नु; रोकथाम गर्नु; रोक्नु; थमौती गर्नु।
39465 थाम्नु स.क्रि. २. अड्याउनु; टिकाउनु।
39466 थाम ना. १. ठुलो खाँबो; खम्बा।
39467 थाम ना. २. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थम्बा।
39468 थाम ना. ३. रोकथाम; प्रतिबन्ध (केवल समासमा, जस्तै रोकथाम, थामपुर इ.)।
39469 थामखुट्टे वि. १. रोगका कारणले खुट्टो सुनिएर थामजस्तो भएको; हात्तीपाइले। ना. २ गोडा सुनिने एक रोग; पादशोथ।
39470 थामथुम ना. १. कुनै जुक्ति लगाएर मनाउने वा चित्त बुझाउने काम; सम्झाइबुझाइ गर्ने काम।
39471 थामथुम ना. २. रोकथाम गर्ने काम; थामिराख्ने काम; थामपुर।
39472 थामपुर ना. १. कुनै तरिकाले थामेर वा अड्याएर राख्ने काम; भरथेग गर्ने काम।
39473 थामपुर ना. २. जसरी भए पनि चित्त बुझाएर काबुमा राख्ने काम।
39474 थामरथुमर वि. हे. थामथुम्म/थाम्मरथुम्मर।
39475 थामिनु अ.क्रि. १. कायम राखिनु; अडिनु। क.क्रि.
39476 थामिनु अ.क्रि. २. थाम्ने काम गरिनु।
39477 थामी ना. १. जनकपुर र सगरमाथा अञ्चलका पहाडी खण्डमा रहने एक अल्पसङ्ख्यक जाति र त्यस जातिको भाषा।
39478 थामी ना. २. सगरमाथा अञ्चलअन्तर्गत सोलुखुम्बु जिल्लाभित्र भोटेकोसीको किनारामा अन्दाजी ३,९०० मिटरको उचाइमा रहेको खुम्बुमा पर्ने एक ठाउँको नाम।
39479 थाम्मथुम्म/थाम्मरथुम्मर वि. थामजस्तो मोटोघाटो; थामरथुमर।
39480 थार ना. हे. थारल।
39481 थारकिर्नु ना. गाईबस्तुका आङमा टाँसिएर रगत चुस्ने, रातो कलेजी रङको थेप्चो शरीर भएको, पहिले तीन जोडा र पछि चार जोडा खुट्टा हुने, दुईतीन वर्षसम्म नखाई बाँच्न सक्ने, विभिन्न रोग सार्ने किरो; कीटवर्गको, अर्थोपडा ( जोडिएको खुट्टा हुने) समूहको एक जीव।
39482 थारखरी ना. ढड्डी झार।
39483 थारल ना. भैँसीजस्तो देखिने एक जङ्गली मृग; थार।
39484 थारी वि . बियाउने वा सन्तान नजन्माउने; बाँझी; बैला; बन्ध्या।
39485 थारु ना. नेपालको तराई र भित्री मदेसमा बसोबास गर्ने एक जाति वा त्यस जातिको भाषा।
39486 थारु नाच ना. १. थारू समुदायमा प्रचलित नाच।
39487 थारु नाच ना. २. लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीको जस्तो लहँगा पोसाक लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै नाचिने, थारूजातिमा चलेको प्रसिद्ध नाच; झुमर; झुमरा; पूर्वी झुमरा।
39488 थारो १ ना. १. विवादग्रस्त जमिनको बाली सरकारद्वारा रोक्का गरिएपछि त्यस जमिनमा गाडिएको खाँबो वा दाउरापात काट्न निषेध गरी रुखका हाँगामा झुन्डयाइएको ढुङ्गा।
39489 थारो १ ना. २. सरकारद्वारा लगाइएको रोक्काको चिह्न; थाती; थुनुवा।
39490 थारो २ वि. १. बच्चा जन्माउन असमर्थ ( भैँसी, गाई इ.)।
39491 थारो २ वि. २. केही नउब्जने (जमिन इ.)।
39492 थारो ३ ना. खेतबारी कुर्न बनाइएको खुट्टे कटेरो; टहरो।
39493 थाल्नु स.क्रि. प्रारम्भ गर्नु; सुरु गर्नु; उठान गर्नु; श्रीगणेश गर्नु।
39494 थाल ना. फराक भुइँ भई अलिकति बिट उठेको गोलाकार वा चारपाटे भाँडो; थलिया; थाली।
39495 थालनी ना. आरम्भ; सुरु; थाल्नी; श्रीगणेश; प्रारम्भ।
39496 थाला ना. रुखबिरुवाका फेदमा पानी जम्न दिन वरिपरि डिल हाली बनाइएको खाल्डो; थाँवल; आलवाल।
39497 थालिनु क.क्रि. सुरु गरिनु; लागिनु।
39498 थाली ना. विशेष गरेर पूजाआजामा चलाइने सानो थाल; सानो थाल।
39499 थाल्नी ना. हे. थालनी।
39500 थास ना. हे. थासो।