Dictionary

All Word

39301 थरुनी ना. १. स्त्री थारू।
39302 थरुनी ना. २. थारूकी पत्नी।
39303 थरुवा ना. १. थारू।
39304 थरुवा ना. २. थारूसमाजमा पतिका लागि प्रचलित शब्द।
39305 थरुवानी ना. थारूभाषा।
39306 थर्कनु अ.क्रि. १. डर, त्रास आदिले थरथराउनु; थर्र हुनु; काँप्नु।
39307 थर्कनु अ.क्रि. २. डराउनु।
39308 थर्कमान वि. थरहरी; डराएको; भयभीत।
39309 थर्कमान हुनु टु. डरले साह्रै आत्तिनु; थरहरी हुनु।
39310 थर्काइ ना. थर्कने काम।
39311 थर्काइनु क.क्रि. कँपाइनु; हल्लाइनु; तर्साइनु; डर देखाइनु।
39312 थर्काउनु स.क्रि. कँपाउनु; हल्लाउनु; डर देखाउनु; तर्साउनु; थर्र गराउनु।
39313 थर्किनु क.क्रि. काँपिनु; डराउने पारिनु।
39314 थर्की ना. १. कपडालाई चारकुने खण्ड बनाई त्यसमा भएका घरमा गोटी चलाई खेलिने एक पुरानो खेल।
39315 थर्की ना. २. पासा, पच्चिस आदि। खेलमा गोटी चाल्न ओछ्‌याइने र खेल समाप्त भएपछि गोटी आदि समेत राख्न मिल्ने कपडा।
39316 थर्को ना. कम्पन; कम्प; थरथराहट।
39317 थर्थर ना. / क्रि.वि. हे. थरथर।
39318 थर्पु ना. १. बाटाघाटामा बनाइने अस्थायी हिउँदे छाप्रो।
39319 थर्पु ना. २. छाउनी; क्याम्प; पाल।
39320 थर्पु ना. ३. भेक; क्षेत्र।
39321 थर्मलविद्युत् ना. कोइलाबाट उत्पादित बिजुली।
39322 थर्मस ना. पानी, दुध, चिया आदि कुनै पनि तरल पदार्थलाई धेरै समयसम्म पहिलेकै तापक्रममा राखिरहन प्रयोग गरिने एक प्रकारको बन्द भाँडो।
39323 थर्मामिटर ना. १. सिसीको नलीभित्र पारो हाली बाहिर विभिन्न अङ्क रेखासहित जनाएर ताप नाप्नका निमित्त प्रयोग गरिने एक यन्त्र; तापमापक यन्त्र।
39324 थर्मामिटर ना. २. ज्वर वा प्राणीका शरीरको ताप नाप्ने यन्त्र।
39325 थर्मोग्राफ ना. तापमानमा हुने घटबढलाई निर्देश गर्ने तापमापक यन्त्रको तथ्याङ्कको लेखोट।
39326 थर्र क्रि. वि. १. थर्कने चालले; काम्ने किसिमले। वि.
39327 थर्र क्रि. वि. २. थर्कमान; थरहरी; त्रस्त।
39328 थल ना. पानीबाहेक पृथ्वीको कुनै ठाउँ; जमिन; भुईं।
39329 थल कमल ना. कमल झैँ सेता ठुलाठुला बास्नादार फूल फुल्ने बोट वा त्यसैको फूल।
39330 थलथल ना. १. ज्यादै फिँजिएको गजगजी हिलो; दलदल; धाप; भास। क्रि. वि.
39331 थलथल ना. २. शरीरमा मासु ज्यादा लागेर हिँड्दावर्दा हल्लने चालले।
39332 थलथले वि. १. शरीरको मासु थलथल गर्ने। ना.
39333 थलथले वि. २. खसी, राँगो आदिको टाउको वा खुट्टा बेसरी पकाएर रस हाली दही झैँ जमाइएको मासुको एक परिकार।
39334 थलथले वि. ३. दलदल; भास; धाप।
39335 थलबम ना. जमिनमा हिर्काएर पड्काइने एक विस्फोटक वस्तु; पड्का।
39336 थलहरा ना. हाल बझाङ जिल्लामा पर्ने उहिलेको प्रसिद्ध एक राज्य।
39337 थला ना. १. रोगशय्या; बिरामीको ओछ्‌यान; पथारा।
39338 थला ना. २. जग्गा; स्थान; ठाउँ; थात; थलो।
39339 थलाइ ना. थाल्ने काम; थाल्नी।
39340 थलाइनु क.क्रि. थाल्न लगाइनु।
39341 थलाउनु प्रे.क्रि. थाल्न लाउनु।
39342 थलामारी क्रि. वि. १. ढसमस्स परेको वा टसको मस नभई एकै ठाउँमा बस्ने किसिमले।
39343 थलामारी क्रि. वि. २. थलैबाट उठ्ने वा उफ्रिने किसिमले। ना.
39344 थलामारी क्रि. वि. ३. त्यसरी खेलिने एक खेल।
39345 थलिनु अ.क्रि. १. निकै बिरामी हुनु; थला पर्नु; ओछ्यान पर्नु; रोगाउनु।
39346 थलिनु अ.क्रि. २. सुत्केरी हुनु।
39347 थलिनु अ.क्रि. ३. काम रोकिनु।
39348 थलिया ना. सानो थाल; थाली।
39349 थली ना. अग्लो ठाउँको सम्म परेको जमिन; बस्ती बसाल्न योग्य भूखण्ड; टार।
39350 थलो ना. १. ठाउँ; थात; जग्गा।