Dictionary

All Word

39401 थाक्से ना. २. फोहरी।
39402 थाङ्क/थाङ्का ना. कागत, कपडा आदिमा अङ्कित बौद्ध धर्मसँग सम्बन्धित रङ्गिन चित्रविशेष; पौबा।
39403 थाङ्ग्रो ना. १. खोसेलासहितको मकैका घोगाहरूलाई सुरक्षित तवरले धेरै दिनसम्म राखिरहन जमिनबाट केही माथि उठाई बनाइएको काठ, बाँस आदिको माच; मकैको सुली।
39404 थाङ्ग्रो ना. २. थाँक्रो।
39405 थाङ्ना ना. थाङ्ने भएर वा थोत्रिएर रहेका कपडाका ससाना टुक्रा; धरा।
39406 थाङ्ना थरा ना. थोत्रामोत्रा कपडा आदि; झुत्रामुत्रा।
39407 थाङ्ना भोटा ना. थाङनाथरा; आहारजाहार।
39408 थाङनिनु अ.क्रि. १. थाइनोजस्तो हुनु; थाङने हुनु; थोत्रिनु; थङ्निनु।
39409 थाङनिनु अ.क्रि. २. अलमलिनु; ढिलाउनु।
39410 थाङनिनु अ.क्रि. ३. ज्वरो बिग्रनु।
39411 थाङनिनु अ.क्रि. ४. घाउ कचमचिनु।
39412 थाङ्ने वि. १. थोत्रिएको लुगा लगाउने; झुत्रे; थाङ्नामा सुत्ने।
39413 थाङ्ने वि. २. रद्दी; काम नलाग्ने।
39414 थाङ्ने जरो ना. धेरै दिनसम्म लगातार थानिएर आइरहने जरो; म्यादी जरो।
39415 थाङ्ने बेथा ना. पथपरहेज र औषधी आदिको सन्तुलन नभई कचपचिएर थनिएको बिमार; धेरै दिन टाँगिएको बिमार; थाङ्ने जरो।
39416 थाङ्नेमाङ्ने ना. झुत्रोझाम्रो लुगा लाएर मागेर खाई जीवन निर्वाह गर्ने व्यक्ति; भिखमङ्गा।
39417 थाङ्नो ना. थोत्रिएको लुगा कपडा; झुत्रो; चिल्थो; चित्थड; कन्था; चिथडो; च्याङलाबाती।
39418 थाज्या ना. कपडा वा अरू कुनै वस्तु बुन्ने काम।
39419 थाट ना. सङ्गीत विद्यामा रागादिलाई व्यक्त गर्ने स्वरहरूको योग वा मेल।
39420 थाडा/थाडो ना. १. घरको मुन्डा छानु; छत। ना. [सं *स्थात (=थान)]
39421 थाडा/थाडो ना. २. वासस्थान; थलो; ठाउँ।
39422 थाडा/थाडो ठहर/ठेगान ना. थातथलो।
39423 थाडा/थाडो थलो ना. पुखदिखि बसिआएको ठाउँ; जन्मथलो; घरद्वार।
39424 थाडा/थाडो वास ना. थातथलो; बसोबास।
39425 थाती ना. १. धरौट; धरौटी; धितो; जमानत।
39426 थाती ना. २. नासो।
39427 थाती थुनुवा ना. विवादग्रस्त जग्गाजमिन वा अन्य मामलामा सरकारद्वारा बाली वा अन्य कुराको रोक्का गर्ने काम; थारो गाड्ने काम।
39428 थान १ ना. १. देवस्थल, देवदेवीका मूर्ति रहेको ठाउँ; मन्दिर; देवल; देवीथान। २ ठाउँ; स्थान।
39429 थान १ ना. ३. बाँसको घारी।
39430 थान १ ना. ४. एक चौपाया (गाई, गोरु इ.) प्राणीले अर्को चौपाया प्राणीसँग जुध्न तयार भएको स्थिति।
39431 थान २ ना. १. कुनै निश्चित लमाइको कपडा पट्याउँदा वा बेर्दा हुने एकाइ; कपडाको सिङ्गो फर्दा।
39432 थान २ ना. २. वस्तुको सङ्ख्यात्मक एकाइ; गोटा; प्रति; वटा।
39433 थाना ना. प्रहरी चौकी; पुलिस अड्डा; ठाना।
39434 थानापति ना. कुनै ठाउँका प्रमुख देवता; क्षेत्रपाल।
39435 थानी ना. १. मुख्य देवता; स्थानीय देवता।
39436 थानी ना. २. गाउँको मूली; गाउँका भद्रभलादमी (थरि, थानी र रैथाने स्थानीयै छौं सबै जन - नरहरिनाथ।)।
39437 थानी पूजा ना. मुख्य वा स्थानीय देवताको प्रायः वर्षमा एकपल्ट हुने पूजा।
39438 थानेदार ना. प्रहरीचौकीको मुख्य अधिकारी; पुलिस अड्डाको प्रमुख; ठानेदार।
39439 थान्को ना. तहलाउने वा थन्क्याउने काम; टुङ्गो; ठेगान।
39440 थान्कोमान्को ना. थन्क्याउने वा सुरक्षासाथ राख्ने काम।
39441 थान्कोमुन्को ना. थान्कोमान्को।
39442 थाप्नु स.क्रि. १. कुनै ठाउँमा वा मूर्तिमा विधिवत् देवीदेवताको प्राणप्रतिष्ठा गर्नु; स्थापना गर्नु।
39443 थाप्नु स.क्रि. २. केही चिज हातमा माग्नु वा पोल्टो, थैलो, भाँडो आदि भर्नु।
39444 थाप्नु स.क्रि. ३. जुवा आदि खेलमा रुपियाँपैसा राख्नु; दाउ थाप्नु।
39445 थापना ना. थपना; स्थापना।
39446 थापा ना. १. पूर्वमध्यकालहुँदो पश्चिमी नेपालको सिन्जा साम्राज्यमा महासामन्तसम्मको एक पदवी; थपालोको स्वामी।
39447 थापा ना. २. नेपाली खस, मगरहरूका समुदायमा प्रचलित एक प्रसिद्ध थर।
39448 थापा चिनियाँ / चिनी ना. तीन महिनामै पाक्ने एक जातको धान वा त्यसैको चामल।
39449 थापाथाप ना. १. परस्पर समानान्तर रूपले थाप्ने काम।
39450 थापाथाप ना. २. थाप्ने प्रतिस्पर्धा।