Dictionary

All Word

39251 थपाथप ना. १. क्रमशः वा धमाधम थप्दै जाने काम; परस्परमा थप्ने काम। क्रि. वि.
39252 थपाथप ना. २. धमाधम; थपथपी; थपथपती।
39253 थपिनु क.क्रि. थप गरिनु; बढाइनु; जोडिनु।
39254 थपुवा वि. थपेको वा थपिएको; थप भएको, थपिने; थप्ने।
39255 थप्का ना. चौँरी गाईको पुच्छर; चमर।
39256 थप्प क्रि. वि. थपक्क; थुपुक्क।
39257 थप्पड ना. हातको पन्जाले कसैको गाला आदिमा गरिने प्रहार; चड्कन; झापड; लपेटा।
39258 थप्पड्याइ ना. थप्पड हान्ने काम।
39259 थप्पा/थप्पु ना. हे. थप्पड।
39260 थप्प्याइ ना. थप्पडले हान्ने कार्य वा काइदा।
39261 थप्प्याइनु क.क्रि. थप्पडले हिर्काइनु; पिटिनु।
39262 थप्प्याउनु प्रे. क्रि. / स.क्रि. थप्पडले हिर्काउनु; थप्पु दिनु।
39263 थप्रिङ ना. पहाडतिरका घरमा माथिल्लो तलामा झिकिएको दलान; खुला मटान।
39264 थम्नु अ.क्रि. १. अडिनु; रोकिनु; थामिनु।
39265 थम्नु अ.क्रि. २. टिक्नु; खप्नु।
39266 थमाइ ना. थाम्ने काम वा काइदा।
39267 थमाइनु क.क्रि. थाम्ने वा थामिने तुल्याइनु।
39268 थमाउनु प्रे. क्रि. थाम्न लगाउनु; थाम्ने तुल्याउनु।
39269 थमेली ना. थाम; खम्बा; खामो।
39270 थमौती ना. सरकारी वा गैरसरकारी कुनै पनि सेवामा रहेको व्यक्तिलाई सोही पद र ठाउँमा रही काम गर्न वा साबिकबमोजिम काम गर्न म्याद थप गर्ने काम; खोसुवा वा पजनी नगरी सोही कार्यालय वा संस्थामा रहन कार्यवाही हुने क्रिया; थामिने काम।
39271 थम्बा ना. १. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थाम।
39272 थम्बा ना. २. खाँबो; खम्बा।
39273 थर ना. १. मूल कुलपरम्पराबाट सन्तानदरसन्तान हुँदै आएको उपनाम; वंशानुगत उपपद।
39274 थर ना. २. प्रकार; किसिम।
39275 थर ना. ३. कुनै थरीका मातहतको आबादी ( जग्गाजमिन आदि)।
39276 थरक ना. १. थकाइ मार्ने, सुस्ताउने वा बिसाउने काम।
39277 थरक ना. २. ओथाउने वा सेलाउने काम।
39278 थरघर ना. १. मध्यकालमा गोरखाली दरबारमा र शाहकालमा राजाहरूको नियमानुसार राजसभा र युद्ध आदिमा भाग लिन पाण्डे, अर्ज्याल, पन्थ, राना, खनाल र बोहरा - यी छ थरका एकएक व्यक्तिलाई राखेर बनाइने एक सङ्गठन; छथर।
39279 थरघर ना. २. जग्गा नापी गर्ने कारिन्दा।
39280 थरघर ना. ३. पुर्खाहरूको निवासस्थान; कुलघर; मूल थलो।
39281 थरघर ना. ४. परम्परादेखिकै कुलीन मानिने परिवार, कुलघरान।
39282 थरघर ना. ५. नेवारजातिका डङ्गोलको घरको मूली; नाइके।
39283 थरथर ना. १. त्रास, क्रोध, आशङ्काजस्ता मानसिक संवेग अथवा जाडो, रोग वा कमजोरीका कारणले शरीरमा उत्पन्न हुने कम्प; थुरथुर; लगलग; थर्थर। क्रि. वि.
39284 थरथर ना. २. थरथर गरेर; थुरथुरी; लगलगी; थरथरी; थुरथुरती; थर्थर।
39285 थरथरती क्रि. वि. लगलगी।
39286 थरथराइ ना. थरथराउने क्रिया वा प्रक्रिया; थुरथुराइ।
39287 थरथराइनु अ.क्रि. थरथर काँपिनु; थर्किनु; डराइनु।
39288 थरथराउनु अ.क्रि मानसिक संवेग ( त्रास, क्रोध इ.), जाडो, रोग वा शारीरिक कमजोरीका कारणले थरथर हुनु, कम्प छुट्नु; काँप्नु; हल्लनु; थर्कनु; थुरथुराउनु।
39289 थरथराहट ना. थरथराउने क्रिया वा प्रक्रिया; थरथराइ।
39290 थरथरी क्रि. वि. थरथरती।
39291 थरथरे ना. १. थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग। वि.
39292 थरथरे ना. २. थरथर काम्ने; हल्लने।
39293 थरथरे ना. ३. डरछेरुवा।
39294 थरहरी ना. १. कुनै आपत्ति आइलाग्ने आशङ्काबाट उत्पन्न हुने डर; त्रास। वि.
39295 थरहरी ना. २. थर्कमान; डरले काँपेको; त्रस्त; भयभीत।
39296 थरी ना. १. किसिम; प्रकार।
39297 थरी ना. २. गाउँका मुखियामुनिको कर्मचारीको एक पुरानो पद। वि.
39298 थरी ना. ३. थरको; थर भएको।
39299 थरी पण्डित ना. पढेर नभई थरले मात्र पण्डित।
39300 थरी मुखिया ना. गाउँको मुख्य मान्छे; मुखिया र थरीहरू।