Dictionary

All Word

39351 थलो ना. २. गाईभैँसी बाँधिने वा बस्ने ठाउँ।
39352 थलो ना. ३. किरियापुत्रीले पकाएर खान र पिण्ड दिन जलाशयको नजिक बनाइएको ठाउँ; ढिकुरो।
39353 थलो ना. ४. कुनै घटना आदि घटेको ठाउँ; घटनास्थल।
39354 थलो ना. ५. पृथ्वी; भूमि।
39355 थलोकिलो ना. १. गाईभैँसी बाँध्ने ठाउँ र किलो।
39356 थलोकिलो ना. २. पशुपालन व्यवसाय।
39357 थलोकिलो ना. ३. मरेको ठाउँ र बाँधेको किलो।
39358 थलोकिलो ना. ४. स्त्रीपुरुषले अवैध यौनसम्बन्ध राखेको ठाउँ।
39359 थलोकिलो ना. ५. दुर्घटनाका लक्षणसहितको दुर्घटनास्थल।
39360 थल्याइ ना. थला पर्ने क्रिया वा प्रकिया।
39361 थल्याइनु अ.क्रि. १. थला परिनु; रोगाइनु; ओछ्‌यान परिनु। क.क्रि.
39362 थल्याइनु अ.क्रि. २. थला पारिनु।
39363 थल्याउनु प्रे.क्रि. १. थला पार्नु; रोगग्रस्त तुल्याउनु।
39364 थल्याउनु प्रे.क्रि. २. काममा बाधा पार्नु।
39365 थसुल्ली वि. ठुलो जिउडाल भएकी (आइमाई; ज्यादै मोटी (आइमाई)।
39366 थसुल्लो वि. १. ठुलाठुला चाक भएको; चाके; पुट्ठे।
39367 थसुल्लो वि. २. मोटो, थासे। ना.
39368 थसुल्लो वि. ३. नितम्ब; चाक; फिलो।
39369 थस्सिनु अ.क्रि. १. खाने चिजबिज आदि आवश्यकताभन्दा बढी थुप्रिनु।
39370 थस्सिनु अ.क्रि. २. दिसा गर्न बस्नु।
39371 थस्सिनु अ.क्रि. ३. थास लाग्नु।
39372 थस्सिनु अ.क्रि. ४. मोटो हुनु।
39373 थस्स्याइ ना. १. थस्स्याउने काम वा काइदा।
39374 थस्स्याइ ना. २. थासे अवस्था; मोटाइ।
39375 थस्स्याइ ना. ३. दिसागराइ।
39376 थस्स्याइनु क.क्रि. थस्सिने पारिन।
39377 थस्स्याउनु स.क्रि. १. खाने चिजबिज आदि आवश्यकभन्दा बढी थुपार्नु।
39378 थस्स्याउनु स.क्रि. २. दिसा गर्नु (तुच्छ अर्थमा)।
39379 थाँक्रे वि. थाँक्रोमा फल्ने (काँक्रो, फर्सी, तोरियाँ, सिमी, बोडी आदि तर्कारी ); थाँक्रोसित सम्बन्ध भएको।
39380 थाँक्रेघाँस ना. पातको नसाबाट थाँक्रो (केश कोर्ने साधन) बनाइने एक घाँस।
39381 थाँक्रेबेत ना. एक प्रकारको बेत।
39382 थाँक्रेसल्लो ना. एक प्रकारको सल्लो।
39383 थाँक्रो ना. १. वर्षायाममा फल्ने काँक्रो, घिरौंला, सिमी, इस्कुस आदि लहरालाई प्रशस्त झ्याँगिन दिन आडस्वरूप भुईंमा गाडिने काठ, रुखको हाँगो आदि; थाङ्ग्रो।
39384 थाँक्रो ना. २. थक्रेर लट्टा फुटाउने एक प्रकारको मोटो काँगियो; थाक्रो।
39385 थाँक्रो ना. ३. तानमा कपडा बुन्दा धागो सम्म्याइने काँगियोजस्तो एक उपकरण।
39386 थाँवल ना. बोटबिरुवामा हालिएको पानीलाई यताउति बग्न नदिई त्यहीँ नै जम्ने बनाउन चारैतिर वरिपरि उठाइने माटाको डिल; तरवारो; थाला; आलवाल।
39387 थाइसिस ना. क्षयरोग; राजयक्ष्मा; सुकेनास; टिबी।
39388 थाउलो ना. १. सानो ठाउँ; जमिनको सानो टुक्रो।
39389 थाउलो ना. २. खनजोत गर्दा वा लिपपोत गर्दा खाली रहेको अर्थात् नजोतिएको वा लिपपोत नगरिएको भागको जमिन; राँटो।
39390 थाक्नु अ.क्रि. १. श्रम वा कामले शरीर गल्नु; थकाइ लाग्नु; थकित हुनु; लस्त हुनु।
39391 थाक्नु अ.क्रि. २. गाईभैँसी आदिले गर्भाधानका कारणले दुध छाड्नु।
39392 थाक्रो ना. हे. थाँक्रो।
39393 थाक ना. १. तहतह पारी मिलाएर राखिएको कुनै वस्तुको समूह; खप्ट्याएर राखिएका वस्तुहरूको समष्टि; चाङ।
39394 थाक ना. २. पश्चिमी नेपालको एक खोलाको नाम वा त्यसका वरपरको प्रदेश।
39395 थाकल ना. खजुर वा खजुरको बोट।
39396 थाकिल ना. मलिँलडाको झाम्टो।
39397 थाक्या ना. ऊनबाट तयार पारिएको एक प्रकारको बलियो डोरी।
39398 थाक्ले वि. थाकलसँग सम्बन्धित; थाकलजस्तो; थाकलको।
39399 थाक्ले रायो ना. थाकलका जस्तै छिरछर परेका र पिंकजिएका पात हुने अररो किसिमको रायो; साग खान हुने बिरुवाको एक जात।
39400 थाक्से ना. १. थाक खोलाका थकालीबाहेकका शेष तम्बा जाति; हिमाली भोटे। वि.