Dictionary

All Word

39951 दक्षिण ना. ५. पराश्रित। ६ अनेक नायिकामा समान रूपले प्रेम राख्ने नायक; सरल नायक; धीरोदात्त,धीरोद्धत, धीरप्रशान्त र धीरललित चार प्रकारका नायकको शृङ्गारी अवस्थामा हुने चार किसिममध्ये एक।
39952 दक्षिण एसिया ना. एसियाको दक्षिण भागमा रहेका नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, बर्मा, श्रीलङ्का, अफगानिस्तान आदि देशहरूको भूभाग।
39953 दक्षिणकाली ना. १. काठमाडौँ सहरदेखि १८ कि.मि. दक्षिणमा अवस्थित एक प्रसिद्ध देवी।
39954 दक्षिणकाली ना. २. शिवजीका छातीमा दाहिने पाउले टेक्ने देवी।
39955 दक्षिणकाली ना. ३. तान्त्रिकहरूद्वारा उपासना गरिने एक देवी।
39956 दक्षिणतर्फका कामान्डिङ जनरल ना. राणाकालमा राज्यका दक्षिण भागको प्रशासनिक रेखदेख गर्ने अधिकारवाला व्यक्ति; पूर्वतर्फपछिको रोलवाला।
39957 दक्षिणपन्थ ना. घोर उग्रवादी वा क्रान्तिकारी विचारधाराका विरुद्ध क्रमिक, वैधानिक र शान्तिपूर्ण तरिकाले विकास गर्नुपर्छ भन्ने एक राजनीतिक सिद्धान्त; दक्षिणमार्ग।
39958 दक्षिणपन्थी वि. दक्षिणपन्थको; दक्षिणमार्गको समर्थक वा अनुयायी; दक्षिणमार्गी।
39959 दक्षिणमार्ग ना. १. दक्षिणपन्थ।
39960 दक्षिणमार्ग ना. २. वेदविहित धर्मलाई मान्ने एक सम्प्रदाय।
39961 दक्षिणमार्गी वि. दक्षिणपन्थी।
39962 दक्षिणा ना. १. यज्ञ, पूजाआजा, श्राद्ध आदि देव - पितृकार्यमा कार्य पूरा भएपछि ब्राह्मणहरूलाई दिइने द्रव्य; चाडपर्व आदिका अवसरमा छोरीचेली, ज्वाइँ आदिलाई दिइने धन; दच्छिना।
39963 दक्षिणा ना. २. दक्षिण दिशा।
39964 दक्षिणा ना. ३. दुधालु गाई।
39965 दक्षिणा ना. ४. अरू स्त्रीसँग सम्बन्ध राख्ने नायकलाई पनि प्रेम गर्ने चतुर नायिका।
39966 दक्षिणा ना. ५. यज्ञकी पत्नी।
39967 दक्षिणाग्नि ना. गार्हपत्य नामको अग्निदेखि दक्षिणतर्फ स्थापित गरिने अग्नि; तीन प्रकारका अग्निमध्ये एक।
39968 दक्षिणाचार ना. १. वैदिक पद्धतिअनुसार पञ्चामृतद्वारा देवी वा शक्तिको पूजा गर्ने एक सम्प्रदाय। वि.
39969 दक्षिणाचार ना. २. पावन अनुष्ठान अनुसार शक्तिका उपासक।
39970 दक्षिणाचार ना. ३. आचरणशील।
39971 दक्षिणाचारी वि. दक्षिणाचार सम्प्रदायका अनुयायी।
39972 दक्षिणाभिमुख वि. दक्षिणतर्फ मुख फर्केको; दक्षिणपन्थी राजनीति, मान्यता आदितर्फ आन्तरिक झुकाउ रहेको;दक्षिणोन्मुख।
39973 दक्षिणायन ना. १. भूमध्येरेखादेखि उत्तरतिर रहेको कर्करेखादेखि दक्षिण मकररेखासम्म हुने सूर्यको गति।
39974 दक्षिणायन ना. २. सूर्य कर्करेखाबाट ओरालो (दक्षिणतिर लाग्ने छ महिनाको समय; साउने सङ्क्रान्तिदेखि पौष मसान्तसम्मको समय; उत्तरायणको उल्टो समय।
39975 दक्षिणावर्त वि. १. दाहिनेतिर फर्केको वा मोडिएको;दाहिनेतिर घुमेको।
39976 दक्षिणावर्त वि. २. दक्षिण दिशातर्फ फर्केको वा मोडिएको। ना.
39977 दक्षिणावर्त वि. ३. दाहिने शङ्ख।
39978 दक्षिणी वि. दक्षिणपट्टि रहेको; दक्षिणको; दक्खिनी।
39979 दक्षिणी नरवानर ना. नृततत्त्वशास्त्रका अनुसार दक्षिणी अफ्रिकामा पाइने मानिसजस्तो वानर।
39980 दखल ना. १. ; अधिकार; विजय; सर; दक्खल।
39981 दखल ना. २. निपुणता; कौशल।
39982 दगलफसल ना. झगडा; बाझाबाझ; कलह; भनावैरी; दङ्गाफसाद।
39983 दगल्चिनु अ.क्रि. १. कुनै काम दगल्चो अर्थात् अधुरो हुनु; पूरा नहुनु; अधकल्चो हुनु।
39984 दगल्चिनु अ.क्रि. २. आधा दलिनु; मैदा नहुनु; राम्ररी नपाक्नु।
39985 दगल्चिनु अ.क्रि. ३. दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारेर दलिनु।
39986 दगल्चो वि. १. अधकल्चो;अधुरो।
39987 दगल्चो वि. २. अलिअलि मात्र पाकेको वा दलेको; दगल्चिएको।
39988 दगल्च्याइ ना. दगल्च्याउने काम वा काइदा।
39989 दगल्च्याइनु क.क्रि. दगल्चो पारिनु; अधकल्चो तुल्याइनु।
39990 दगल्च्याउनु स.क्रि. १. दगल्चो पार्नु।
39991 दगल्च्याउनु स.क्रि. २. अलिअलि पकाउनु वा दल्नु।
39992 दगा ना. १. छल; कपट।
39993 दगा ना. २. इबी; रिस; दागा (उदा.- रावण् माथि दगा धरेर सहजै लक्ष्मण् उठ्याथ्या जसै - भानुभक्त, 'रामायण'। )।
39994 दगाइ ना. दाग्ने क्रिया वा प्रक्रिया।
39995 दगाइनु क.क्रि. दाग्न लगाइनु।
39996 दगाउनु प्रे. क्रि. बन्दुक, तोप आदि पड्काउनु; दाग्ने पार्नु।
39997 दगाबाज वि. दगा गर्ने; धोकेबाज; कपटी।
39998 दगाबाजी ना. दगा गर्ने काम; धोकेबाजी;कपट।
39999 दगुर्नु अ.क्रि. १. दौडनु; कुद्नु।
40000 दगुर्नु अ.क्रि. २. भाग्नु; सुइँकुच्चा ठोक्नु।