Dictionary

All Word

40101 दण्डमत्स्य ना. लामो र झिनो खालको एक जातको माछो।
40102 दण्डवत् ना. भुईंमा लेटेर गरिने एक प्रकारको प्रणाम वा नमस्कार; साष्टाङ्ग प्रणाम।
40103 दण्डविधान / विधि ना. दण्डशास्त्र; दण्डसंहिता।
40104 दण्डशास्त्र ना. दण्डको निर्णयसम्बन्धी शास्त्र; दण्डविधान;दण्डविधि।
40105 दण्डसजाय ना. दण्ड र सजाय; दण्ड।
40106 दण्डसम्बन्धी वि. दण्डसँग सम्बन्धित विषय वा काम कुरो।
40107 दण्डसहाय ना. नाटकका नायकको सहायता गर्ने मित्र, राजकुमार, सामन्त, सैनिक र सिकारी आदि पात्र; नाटकका नायकको एक प्रकारको सहाय।
40108 दण्डात्मक वि. दण्ड दिनुपर्ने भएको।
40109 दण्डादण्डी ना. हे. दन्डादन्डी।
40110 दण्डादेश ना. अपराधीलाई दण्डित गर्न न्यायाधीशद्वारा दिइने आदेश;दण्डाज्ञा।
40111 दण्डालय ना. न्यायालय।
40112 दण्डित वि . दण्ड गरिएको; सजाय दिइएको; दण्ड पाएको।
40113 दण्डी वि. १. हातमा दण्ड वा लट्ठी लिने; दण्डधर; दण्डधारी। ना.
40114 दण्डी वि. २. धातु, काठ आदिको लट्ठी; छड।
40115 दण्डी वि. ३. हातमा बाँसको लट्ठी लिएर हिँड्ने सन्न्यासीको एक सम्प्रदाय।
40116 दण्डोपबन्ध ना. कानुन, सन्धि, सम्झौता आदिको सर्त उल्लङ्घन गर्ने व्यक्ति वा पक्षलाई दण्ड दिन व्यवस्था गरिएको उपबन्ध।
40117 दण्ड्य वि. दण्ड दिनुपर्ने; डाँड्न लायक; दण्डनीय।
40118 दतार ना. हे. दँतार।
40119 दतिउन / दतिवन ना. दाँत सफा र बलियो पार्नका लागि प्रयोग गरिने निम, सिमाली, कदम आदिका काठको टुक्रो; अपामार्ग; दन्तकाष्ठ।
40120 दत्त वि. १. दिइएको; प्रदत्त; समर्पित; सुम्पिएको; दान गरिएको। ना.
40121 दत्त वि. २. सङ्कल्प गरेर दान दिइएको वा अर्पण गरिएको वस्तु।
40122 दत्तक ना. कानुनी प्रक्रिया तथा शास्त्रअनुसार सन्तान नभएका व्यक्तिले आफ्नै परिवारको एक पुत्र वा पुत्रीको रूपमा मान्यता दिएको अरू कुनै व्यक्ति; दत्तकपुत्र; धर्मपुत्र वा धर्मपुत्री।
40123 दत्तकग्रहण ना. त्यस्तो धर्मपुत्र वा धर्मपुत्री पाल्ने काम।
40124 दत्तकग्राही वि. दत्तक पाल्ने; धर्मपुत्र ग्रहण गर्ने।
40125 दत्तकपुत्र ना. छोरा नहुनेले शास्त्रीय विधानअनुसार ग्रहण गरेको छोरो; धर्मपुत्र; पालित पुत्र।
40126 दत्तचित्त वि. मन वा चित्तलाई कुनै एउटै कामकुरामा केन्द्रित गरेको; एकचित्त; एकाग्र।
40127 दत्तात्रेय ना. ब्रह्मा, विष्णु र महेशको अवतार मानिने, अत्रि र अनुसूयाका पुत्र, एक प्रसिद्ध ऋषि।
40128 ददा ना. बालबच्चाहरूको हेरविचार गर्ने व्यक्ति; धरालो;रुँगालो।
40129 दद्रु ना. ज्यादै चिलाउने र क्रमशः फैलँदै जाने एक चर्मरोग;दाद।
40130 दद्ऱ्यान ना. १. ससाना ढुङ्गा प्रशस्त भएको जमिन।
40131 दद्ऱ्यान ना. २. पानीले घिसिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो।
40132 दधि ना. दुधलाई जमाएपछि बन्ने र नौनी, घिउ आदि बनाइने बाक्लो पदार्थ; दही।
40133 दधिपुष्प ना. पानको आकारका ठुलठुला पात हुने, निलो र सेतो पत्रवाल फूल फुल्ने, झुप्पामा कोसाका रूपमा फल लाग्ने सिमीको लहरा; त्यसैको कोसा वा दाना; काउछेसिमी।
40134 दधिसार ना. मक्खन; नौनी; घिउ।
40135 दधीच/दधीचि ना. देवताहरूलाई आफ्नो शरीरको हड्डी दिएर प्राण अर्पित गर्ने; पुराणप्रसिद्ध एक ऋषि।
40136 दनक ना. लट्ठी, मुक्का आदिको कडा प्रहार; चोट; हनाइ; खप्की; मार।
40137 दनदन क्रि.वि. १. दन्केर आगो बल्ने गरी,खुबसित दन्किएर।
40138 दनदन क्रि.वि. २. तोप, बन्दुक आदि पड्काउँदा धमाधम गोली छुट्ने गरी।
40139 दनदनती क्रि.वि. चर्को रूपमा दन्किएर; दनदनी।
40140 दनदनाइ ना. दनदनाउने भाव, क्रिया वा प्रक्रिया।
40141 दनदनाइनु अ.क्रि. दनदन भएर आगो बलिनु।
40142 दनदनाउनु अ.क्रि. १. दन्केर आगो बल्नु, दन्कनु।
40143 दनदनाउनु अ.क्रि. २. खुबै राम्रो र तेजस्वी हुनु।
40144 दनदनाउनु अ.क्रि. ३. बढिबढाउ हुनु; बनेको र सप्रेको हुनु।
40145 दनदनाहट ना. दनदनाउने भाव, अवस्था वा क्रियाप्रक्रिया;दनदनाइ।
40146 दनदनी क्रि.वि. दनदनती।
40147 दनादन क्रि.वि. १. क्रमिक रूपले; एकपछि अर्को गर्दै; धमाधम; लगालग।
40148 दनादन क्रि.वि. २. कुनै कामकुरो फुर्तीसाथ गर्ने गरी।
40149 दनादन क्रि.वि. ३. लगालग पिटेर।
40150 दनादन क्रि.वि. ४. एकनासले तोप, बन्दुक आदिका गोलागोली छोड्दै।