Dictionary

All Word

40251 दफा ना. ३. पटक; खेप; चोटि; बाजि; पल्ट।
40252 दफ्तर ना. कुनै सरकारी वा गैरसरकारी कार्यालय; सङ्घसंस्थासम्बन्धी लेखापढी र कामव्यवहार गर्ने अड्डा; अफिस; कार्यालय।
40253 दफ्तरखाना ना. दफ्तरसम्बन्धी कार्य सञ्चालन गर्ने अड्डा; कागजपत्रको लेखापढी;जाँचबुझ आदि गर्ने कोठा।
40254 दफ्तरी ना. १. किताब, कापी, बही आदिमा गाता वा जिल्दा हाल्ने व्यक्ति; जिल्दकार; जिल्दसाज; बुकबाइन्डर।
40255 दफ्तरी ना. २. दफ्तरका कागजपत्रमा रुल तान्ने वा यस्तै अन्य काम गर्ने निम्न तहको कर्मचारी वा कारिन्दा।
40256 दब्नु अ.क्रि. १. कुनै कारणले एकका अपेक्षा अर्को लत्रनु; निहुरनु; झुक्नु।
40257 दब्नु अ.क्रि. २. कुनै वस्तु लुक्नु वा छिप्नु।
40258 दब्नु अ.क्रि. ३. थिचिनु; किचिनु।
40259 दब्नु अ.क्रि. ४. मान, मर्यादा आदिमा तल पर्नु; घटी हुनु।
40260 दब्नु अ.क्रि. ५. चुर्लुप्प हुनु; डुब्नु।
40261 दबदब१ क्रि.वि. धेरै गिलो, लेस्याइलो वा हिलो भएर हल्लिने गरी; दलदल; थलथल।
40262 दबदब२ ना. डमरु जस्तै हल्लाएर बजाइने तर डमरुभन्दा अलिक सानो एक बाजा; डिबडिबे।
40263 दबदबा ना. १. धन, अधिकार आदिका बलले बढेको चकचकी;बढिबढाउ।
40264 दबदबा ना. २. रोबरवाफ; सान।
40265 दबदबा ना. ३. धाकधम्की; हैकम।
40266 दबदबाइ ना. दबदब हुने वा दबदबाउने क्रियाप्रक्रिया।
40267 दबदबाउँदो वि. कुनै तरल वस्तुमा झोल चोक्टा नछुट्टिने भएको; लेदो परेको; दबदब परेको।
40268 दबदबाउ ना. दबदबाउने काम; दबदबा।
40269 दबदबाउनु अ.क्रि. हिलो, गिलो आदि वस्तु लदबदे अवस्थाको हुनु; दबदब हिलो हुनु; थलथल बन्नु।
40270 दबदबिनु अ.क्रि. दबदब हिलो होइनु; थलथलिनु।
40271 दबदबे वि. दबदब गर्ने बेलाको; दबदबाउँदो; थलथले (लेदो वा हिलो।
40272 दबाइ ना. १. दब्ने क्रिया वा प्रक्रिया। [दबाउ + आइ]
40273 दबाइ ना. २. दबाउने क्रिया वा प्रक्रिया। [ दाब् + आइ] ३ दाब्ने क्रिया वा प्रक्रिया।
40274 दबाइ ना. ४. ओखती; औषधी।
40275 दबाइनु क.क्रि. १. थिचाइनु; मिचाइनु।
40276 दबाइनु क.क्रि. २. दाब्न लगाइनु।
40277 दबाइनु क.क्रि. ३. छिपाइने काम गरिनु; लुकाइनु।
40278 दबाउ ना. हे. दबाब।
40279 दबाउनु स.क्रि. लुकाउनु; छिपाउनु।
40280 दबाउनु स.क्रि. १. शक्ति, साधन, धम्की आदिले दमन गर्नु, वशमा राख्नु, गर्न नदिनु।
40281 दबाउनु स.क्रि. २. थिचोमिचो गर्नु, बलले किच्नु; थिच्नु। प्रे. क्रि.
40282 दबाउनु स.क्रि. ३. मिच्न लाउनु; थिच्न लाउनु।
40283 दबाब ना. १. बल, प्रभाव, शक्ति आदिले अर्कालाई वशमा राख्ने काम उन्नति र भलो हुन नदिने काम; दबाउ।
40284 दबाब ना. २. थिच्ने काम; थिचाइ।
40285 दबाब ना. ३. च्याप्ने वा निचर्ने काम; चेप।
40286 दबासबिन्दु ना. बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुईवटा बिन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग (कः, खः, ग: आदि)।
40287 दबिनु क.क्रि. छिपिनु; लुकिनु।
40288 दम ना. १. कमजोरी, रोग, श्रम आदिले छिटो छिटो चल्ने सास; धक्ने रोग; धम्कीको रोग।
40289 दम ना. २. प्राणवायु; श्वासप्रश्वास।
40290 दम ना. ३. घडी, खेलौना, फोनोग्राफ आदि यन्त्रलाई सञ्चालन गर्न कमानी कस्ने वा गति दिने काम।
40291 दम ना. ४. ताकत; बर्गत; बुता; शक्ति; गति; क्षमता।
40292 दम ना. ५. घोडा, हात्ती आदि वाहनयोग्य वस्तुको हिँड्ने चाल; हिँडाइ।
40293 दमक१ ना. प्रकाशयुक्त वस्तुको चमचमाहट; चमक;चहक।
40294 दमक२ ना. १. हिँड्दा आउने पदचापको ध्वनि; पैतालाको चाल; दम्को।
40295 दमक२ ना. २. झापा जिल्लाको एउटा प्रसिद्ध ठाउँ।
40296 दमकन्ने ना. कालो रङका मसिना डाँठ हुने, उनिउँका जस्तै पात र पातका पछिल्तिर सेतो धुलो हुने, नाककानका छेडेका प्वालमा नबुजियोस् भनी डाँठ भाँचेर लगाइने, एक जातको भुईंझार; दमकाने।
40297 दमकमानी ना. घडी, ग्रामोफोन आदि यन्त्रलाई सञ्चालित गर्न आवश्यक पर्ने शक्तिसञ्चय गर्ने, साँचोजस्तो कमानी वा उपकरण।
40298 दमकल ना. आगलागी हुँदा आगो निभाउन प्रयोग गरिने,पानी भरी भएको ट्याङ्की र लामो पाइप जडिएको मोटर; आगो निभाउने यन्त्र; वारुणयन्त्र।
40299 दमकाने ना. हे. दमकन्ने।
40300 दमकिलो ना. घडी आदिमा दम दिने सानो किलो; दमकमानी।