Dictionary

All Word

40351 दम्भ ना. ३. इन्द्रको वज्र।
40352 दम्भक वि. दम्भी।
40353 दम्भन ना. अभिमान गर्ने काम; सेखी गराइ; घमन्ड।
40354 दम्भी वि. दम्भ गर्ने, झुटो अभिमान गर्ने, व्यर्थको स्वाङपारा;घमन्डी।
40355 दम्भोलि ना. १. इन्द्रको अस्त्र; वज्र।
40356 दम्भोलि ना. २. हीरा।
40357 दम्य वि. दमन गर्न सकिने; दमन गर्नुपर्ने; दमन गर्न योग्य; दमन गर्न लायक; दमनीय।
40358 दम्सी ना. हे. दुम्सी।
40359 दम्स्याइलो वि. अलिअलि भिरालो परेको; समतल नभई ओरालो परेको; तेर्पे; करालो।
40360 दयनीय वि. १. दया गर्नुपर्ने अवस्थाको; दया गर्न लायकको।
40361 दयनीय वि. २. दीनहीन; दुःखी।
40362 दयाँलो ना. धुर्सुलका जस्तै आकारका दाँतीदाँती परेका फुस्रा खस्रा पात हुने, गुहेँलाका दाना फल्ने, पाक्दा सेतो हुने, एक जातको बोट; सोही बोटको फल।
40363 दया ना. १. अर्कामा आइपरेका दुःख, पीडा आदिलाई अनुभव गरेर संवेदशील हुने तथा उसप्रति उद्धार र सहयोग गर्ने मनोभाव वा वृत्ति।
40364 दया ना. २. आफन्त वा आफूभन्दा निर्धा व्यक्तिप्रति गरिने उक्त प्रकारको कमलो व्यवहार; मेहरबानी।
40365 दया ना. ३. दक्षप्रजापतिकी कन्या र धर्मकी पत्नीको नाम।
40366 दयादान ना. १. दयार्द्र भएर दिइने दान; भिक्षा; भिख।
40367 दयादान ना. २. दया;कृपा।
40368 दयादृष्टि ना. दयाले पूर्ण भएको हेराइ; कृपापूर्ण व्यवहार।
40369 दयाधर्म ना. १. दया र सहानुभूति भरिएको धर्म; धर्मकर्म; धार्मिक कृत्य।
40370 दयाधर्म ना. २. दया र धर्म।
40371 दयानिधान/निधि ना. १. साह्रै दयालु व्यक्ति; दयाको खानी; दयाको भण्डार; दयासागर।
40372 दयानिधान/निधि ना. २. ईश्वर; परमात्मा।
40373 दयापात्र ना. १. दया गरिने व्यक्ति; दया गर्न लायक पात्र। वि.
40374 दयापात्र ना. २. दया गर्नुपर्ने; दयनीय।
40375 दयामय वि. १. दयाका भावले ओतप्रोत भएको; दयाले भरिएको; दयालु।
40376 दयामय वि. २. भगवान्; ईश्वर।
40377 दयामाया ना. १. कुनै दीनदुःखी, रोगी आदि व्यक्तिका उपर गरिने सहानुभूति र सहयोग; सघाउपघाउ। ना.
40378 दयामाया ना. २. दया र माया।
40379 दयार्द्र वि. दयाका भावनाले हृदय पग्लिएको; दयापूर्ण; दयावान्; दयालु।
40380 दयालु वि. मनमा दया भएको; दयाशील;दयावान्।
40381 दयावती वि. दया गर्ने (स्त्री)।
40382 दयावन्त वि. दयालु।
40383 दयावान् वि. दया भएको;दयालु।
40384 दयावीर ना. १. मेघका विभिन्न नाममध्ये एक।
40385 दयावीर ना. २. साह्रै दयाशील व्यक्ति।
40386 दयावीर ना. ३. साहित्यमा चर्चित वीररसका चार भेदमध्ये एक।
40387 दयाशील वि. दयाले पूर्ण भएको; दयालु; दयावान्।
40388 दयासागर ना. दयाको सागर झैँ भएको पुरुष; दयावान् व्यक्ति;दयालु मानिस।
40389 दयित ना. १. हित्तचित्त मिलेको वा मनले खाएको व्यक्ति; प्यारो मानिस।
40390 दयित ना. २. प्रियतम; प्यारा।
40391 दयित ना. ३. विवाहित स्त्रीको पति;स्वामी।
40392 दयिता ना. १. मनपरेकी स्त्री; प्रेमिका; प्यारी।
40393 दयिता ना. २. अर्धाङ्गिनी; पत्नी।
40394 दयेँरे ना. दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेंरे।
40395 दर्नु स.क्रि. १. स्याहास्रेस्तामा देखियोस् भन्ने हेतुले दर्ता गर्नु; स्रेस्तामा चढाउनु।
40396 दर्नु स.क्रि. २. यो यस्तै र यही हो भन्ने कुराको किटान गर्नु; टाँक्नु; नम्बर लगाउनु।
40397 दर्नु स.क्रि. ३. नियुक्ति गर्नु; तोक्नु; ठेक्नु।
40398 दर१ ना. १. तिजका अघिल्ला रात स्त्रीहरूले खाने, दह्रिलो विशेष भोजन (दर खानु, दर खाने आदि)।
40399 दर१ ना. २. आड।
40400 दर२ ना. १. क्रयविक्रय गरिने वस्तुको निश्चित परिमाण वा एक प्रतिको निर्धारित मूल्य; रेट; भाउ।