Dictionary

All Word

40501 दर्जा ना. ३. सेवा, कार्य आदिका निम्ति दिइने मान; पदवी।
40502 दर्जावाल/वाला वि. उच्च दर्जामा पुगेको; मान पाएको।
40503 दर्जी ना. पेसागत रूपमा लुगा सिउने व्यक्ति; परियार; दमाईं; सुजीकार।
40504 दर्ज्यानी ना. दर्जादर्जाको वर्गीकरण गरी मर्यादा तोकिएको नियमावली; दर्जा जनाउने सूची वा क्रम।
40505 दर्ता ना. १. कुनै कार्यालयमा औपचारिक रूपमा आएका चिठी, कागजात आदि दर्ताकिताबमा दर्ने वा चढाउने काम; दराइ।
40506 दर्ता ना. २. सङ्घ, संस्था, पत्रपत्रिका आदि रजिस्ट्रेसन वा पञ्जीकृत गर्नेगराउने काम।
40507 दर्ताकिताब ना. आएका चिठीपत्र आदि मिति, पठाउनेको नाम, ठेगानासमेत खोलेर दर्ता गरिने किताब।
40508 दर्तापुर्जा ना. कार्यालयमा आएका कागतपत्र, मालसामान आदि दर्ता भएपछि प्रमाणस्वरूप दिइने पुर्जा; दर्ता भएको जनाउने पुर्जा।
40509 दर्तापुस्तक ना. दर्ताकिताब।
40510 दर्तावाल वि. जग्गाजमिन, घर आदि आफ्ना नाउँमा दर्ता भएको; आफ्नै स्वामित्व भएको; कानुनी रूपले जग्गाको धनी।
40511 दर्द ना. १. बह; पीडा; वेदना; बेथा।
40512 दर्द ना. २. दुःख; हन्डर; कष्ट।
40513 दर्ददर्माहा ना. दुःख, सास्ती खेपेर काम गरेबापत दिइने मासिक धन।
40514 दर्दनाक वि. दुःखपूर्ण (पीडा); बहलाग्दो ( स्थिति )।
40515 दर्प ना. १. बल, बुद्धि, विद्या, धन आदिले मान्छेका मनमा उत्पन्न हुने मैमत्तभाव; घमन्ड; अभिमान; फुइँफाइँ।
40516 दर्प ना. २. अहङ्कारपूर्ण क्रोध; रिस।
40517 दर्प ना. ३. उद्दण्डता; उच्छृङ्खलता।
40518 दर्पण ना. ऐना;आरसी।
40519 दर्पित वि. दर्प भएको; सेखी गर्ने; अहङ्कारी; घमन्डी; दर्पी।
40520 दर्पी वि. दर्पले भरिएको; अहङ्कारी; सेखीवाल।
40521 दर्फरिनु अ.क्रि. दरफर हुनु; कोरिनु; तछारिनु; पाछिनु।
40522 दर्फरे वि. दर्फर पार्ने खालको; दर्फऱ्याउने।
40523 दर्फऱ्याइ ना. दरफऱ्याइ।
40524 दर्फऱ्याइनु क.क्रि. दरफऱ्याइनु।
40525 दर्फऱ्याउनु स.क्रि. दरफऱ्याउनु।
40526 दर्बर/दर्बार ना. पहाडपर्वत भेगमा विवाह आदिमा दुलही ल्याउँदा चल्तीमा ल्याइने, डाँडीको काठमा झुन्ड्याइने कपडाको डोली; मान्छे बस्ने खालको कपडाको झोलुङ्गो।
40527 दर्बिलो वि. १. टिकाउ हुने खालको; दरिलो; दह्रो; दरो।
40528 दर्बिलो वि. २. मजबुत; बलियो।
40529 दर्भ ना. कुश।
40530 दर्भ संस्तर ना. कुशको आसनी; कुशासन।
40531 दर्माली ना. लगभग चार हजार फुटभन्दा अग्लो जग्गामा फल्ने धानको एक जात।
40532 दर्माहा ना. प्रतिमहिना पाउने तलब; मासिक वेतन;तनखा।
40533 दऱ्याइ ना. दरिने क्रिया वा प्रक्रिया; दह्र्याइ।
40534 दऱ्याइनु क.क्रि. दरिन लाइनु; दह्र्याइनु।
40535 दऱ्याउनु प्रे. क्रि. दरिन लाउनु; दह्र्याउनु।
40536 दर्रा ना. १. जिल्लाको एक सानो विभाग; दरा।
40537 दर्रा ना. २. दुवैतिर अग्ला पहाड भई बिचमा गह्रो र खोल्सोजस्तो परेको साँघुरो बाटो।
40538 दर्वट ना. १. सुरक्षाका निम्ति गाउँको चौकीमा बस्ने प्रहरी।
40539 दर्वट ना. २. दरबान; ढोके।
40540 दर्श ना. १. अवलोकन; दर्शन।
40541 दर्श ना. २. दृश्य।
40542 दर्श ना. ३. अमावस्या; औँसी।
40543 दर्श ना. ४. औँसीका दिन अग्निहोत्रीहरूद्वारा गरिने यज्ञकार्य।
40544 दर्शक वि. १. दर्शन गर्ने; देख्ने; हेर्ने।
40545 दर्शक वि. २. निरीक्षण गर्ने; निरीक्षक; द्रष्टा।
40546 दर्शक वि. ३. कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे; रमिते।
40547 दर्शन ना. १. कुनै पनि वस्तुलाई हेर्ने काम; नजरगराइ; हेराइ।
40548 दर्शन ना. २. कुनै देवदेवीका प्रतिमा आदि वा योगी, महात्मा, सज्जन आदि आफ्ना मान्य जनलाई भक्तिपूर्वक गरिने ढोग र साक्षात्कार;नमस्कार।
40549 दर्शन ना. ३. प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवन र चेतनाबारेको विवेचन र विश्लेषण गरिने विद्या; तत्सम्बन्धी विषयमा व्यापक रूपले यथार्थ परिचय दिने शास्त्र; आध्यात्मिक तथा भौतिक वस्तुको चिन्तन वा विश्लेषण।
40550 दर्शनढुङ्गो ना. हे. दर्सिनढुङ्गो।