Dictionary

All Word

40451 दरसाबिक ना. परम्परादेखि नै चल्दै आएको रीतिथिति; साबिकभन्दा पनि पहिलेको कुरा।
40452 दरसुको वि. भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अखिएको।
40453 दरा ना. जिल्लाको सानो एकाइ वा खण्ड; गाउँहरूको समूह।
40454 दराइ ना. दर्ने भाव, क्रिया वा प्रक्रिया।
40455 दराइनु क.क्रि. दर्न लाइनु; दर्ता गराइनु।
40456 दराउनु प्रे.क्रि. दर्न लाउनु; दर्ता गराउनु।
40457 दराज ना. तीन पाटा बन्द भएको, एक पाटामा खोल्ने र बन्द गर्ने खापा भएको, भित्रपट्टि मालसामान राख्ने, तलैतला परेको,खण्डेदार वा तखतावाल साधन; आलमारी।
40458 दरान ना. लगत किताबमा चढाउने वा दर्ने काम।
40459 दरान तिरान ना. लगत; स्रेस्ता आदिमा चढाउने र तिरो तिर्ने काम वा व्यवस्था (जग्गाजमिनको)।
40460 दरार ना. १. भित्तो, जमिन, काठ आदि चर्केको वा चिरिएर प्वाल परेको ठाउँ; धसान; चिरा।
40461 दरार ना. २. धरातल भासिएर बनेको छिद्र।
40462 दराल ना. एक जातको कपडाको नाम।
40463 दरिद्र ना. निर्धन; कङ्गाल; गरिब।
40464 दरिद्रता ना. दरिद्र हुनाको भाव वा अवस्था; निर्धनता; गरिबी।
40465 दरिद्र नारायण ना. १. दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर। वि.
40466 दरिद्र नारायण ना. २. दरिद्र; निर्धन; हरितन्नम।
40467 दरिद्री वि. दरिद्रता भएको; दरिद्र।
40468 दरिद्र्याइँ ना. दरिद्र कहलाउने अवस्था वा भाव; दरिद्रता; गरिबी।
40469 दरिनु क.क्रि. दर्ने काम गरिनु; दर्ता गरिनु।
40470 दरिनु अ.क्रि. दरो हुनु; दह्रिनु।
40471 दरिया ना. १. नदी; खोला।
40472 दरिया ना. २. समुद्र; सागर।
40473 दरिया ना. ३. समुद्रका किनारतिर हुने, जोगीसन्न्यासीहरूले भिक्षापात्र बनाउने, साह्रो ठुलो नरिवल; दरिवल।
40474 दरिया बुढी ना. नदीनालाका किनारमा बाढीले फ्याँकेको काठपात,मुढा आदि।
40475 दरिलो वि. १. दरो भएको; दह्रिलो।
40476 दरिलो वि. २. टिकाउ; खपाउ।
40477 दरिवल ना. समुद्रतटमा हुने, जटाभित्र र फलबाहिरको खप्पर साह्रो र ठुलो हुने, बट्टा आदि बनाइने र योगीहरूले भिक्षापात्रका रूपमा प्रयोग गर्ने नरिवल; दरिया।
40478 दरी ना. मोटो मोटो धागाले बुट्टैबुट्टा पारी बुनेको बिछ्याउना; सतरन्जा।
40479 दरेस१ ना. दरार।
40480 दरेस२ ना. एक जातको मसिनो गौनजस्तो कपडा।
40481 दरेस सारी ना. एक जातको मसिनो गौनजस्तो कपडाबाट तयार पारिएको सारी।
40482 दरो वि. दह्रो।
40483 दर्कनु अ.क्रि. मुसलधारे पानी पर्नु; दर्र पानी पर्नु;आकाशबाट पानीको ठुलो धारा झर्नु।
40484 दर्कने वि. पानी पर्दा दर्रे गर्ने खालको; दर्के।
40485 दर्काइ ना. दर्कने चाल, क्रिया वा प्रक्रिया।
40486 दर्काइनु क.क्रि. दर्कन लाइनु; दर्किने पारिनु।
40487 दर्काउनु प्रे. क्रि. मुसलधारे पानी बर्साउनु; दर्कन लाउनु; दर्र पार्नु।
40488 दर्कार ना. हे. दरकार।
40489 दर्किनु अ.क्रि. दर्कने काम हुइनु; मुसलधारे पानी पर्नु;दर्कनु।
40490 दर्के वि. ठुलो पानी परेको; बेसरी बर्सेको वा दर्केको; मुसलधारे।
40491 दर्के पानी ना. मुसलधारे वर्षा।
40492 दर्को ना. १. मुसलधारे वर्षा; बेसरी परेको पानी; दर्केको पानी।
40493 दर्को ना. २. जलवर्षाको ठुलो वेग।
40494 दर्क्याइ ना. दर्किने क्रिया वा किसिम।
40495 दर्क्याहट ना. दर्किने अवस्था, क्रिया वा प्रक्रिया।
40496 दर्खास्त ना. हे. दरखास्त।
40497 दर्जन ना. कुनै बाह्रवटा वस्तुको समूह।
40498 दर्जन ना. बाघ हिँड्ने बाटो पैल्याएर मार्नका लागि दायाँबायाँतिर सोझ्याएर राखिने, भरुवा बन्दुक आदि हतियार; बाघ मार्नका निम्ति थापिने खोर।
40499 दर्जा ना. १. एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा।
40500 दर्जा ना. २. सरकारी वा गैरसरकारी कर्मचारीहरूको पद; ओहदा; तह।