Dictionary

All Word

40601 दलविहीनता ना. दलविहीन हुनाको भाव, अवस्था वा किसिम।
40602 दलहन ना. दालजातका अन्नहरूको समूह (मास, मसुरी, चना, रहर, केराउ आदि)।
40603 दला ना. खुकुरी, तरबार आदि राख्ने छाला वा काठको दाप; म्यान।
40604 दलाइ ना. दल्ने क्रिया वा प्रक्रिया।
40605 दलाइनु क.क्रि. दल्न लाइनु।
40606 दलाई लामा ना. चीनको स्वशासित प्रान्तमा परिणत हुनुभन्दा पहिलेको तिब्बत राज्य व्यवस्थाका धर्मगुरु र मुख्य प्रशासक; अवतारी लामा; औतारी लामा।
40607 दलाउनु प्रे.क्रि. दल्न लाउनु।
40608 दलाढ्य ना. नदीका छालले भर्खर मात्र छोडेको हिलो; दलदले; धाप;भास।
40609 दलान ना. गारोको सट्टा थामहरू राखेर, आउने जानेहरूलाई बस्न हुने गरी बनाएको खुला छिँढी, सिकुवा।
40610 दलाल ना. कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बिचमा कुरा मिलाई नाफा खाने व्यक्ति।
40611 दलाली ना. १. दलालको काम वा पेसा।
40612 दलाली ना. २. दलालको काम गरेवापत पाउने नाफा। वि.
40613 दलाली ना. ३. दलालले पाउने वा लिने।
40614 दलाली दस्तुर ना. प्रतिशतका हिसाबमा वा अन्य कुनै प्रकारले दलालले पाउने पारिश्रमिक; दलालले पाउने ज्याला वा रकम।
40615 दलाहा वि. दल्न स्वभावको;मिचाहा;अटेरी;सताउने। स्त्री. दलाही।
40616 दलित वि. १. फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको।
40617 दलित वि. २. दमन गरिएको; थिचिएको; कुल्चिएको।
40618 दलित वि. ३. विध्वंस गरिएको;नष्ट गरिएको।
40619 दलित वर्ग ना. समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह; सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदाय।
40620 दलिन ना. घरको तला छाप्न निदालमाथि तेर्स्याएर राखिने लामो काठ।
40621 दलिन गन्नु टु. उत्तर दिन नसक्नु; नाजवाफ हुनु।
40622 दलिनु क.क्रि. दल्ने काम गरिनु; दाल पारिनु।
40623 दलिल ना. १. आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति।
40624 दलिल ना. २. वादविवाद; तर्कवितर्क; छलफल; बहस।३. विचार; सोच।
40625 दली वि. १. दल वा पत्र भएको; दलयुक्त।
40626 दली वि. २. दलबलसहितको; दल भएको।
40627 दली वि. ३. नेवारजातिको एक थर।
40628 दलीय वि. १. दल वा पत्र हुने; दलसम्बन्धी।
40629 दलीय वि. २. दलगत विचार भएको; त्यस्तो राजनीतिक सिद्धान्तलाई मान्यता दिने; पार्टीप्रति झुकाउ भएको।
40630 दलीयता ना. १. दल वा पत्र हुनाको भाव वा स्थिति।
40631 दलीयता ना. २. दल वा पार्टीसम्बन्धी तत्त्व हुनाको भाव वा अवस्था; दलीय भावना।
40632 दलेल ना. सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण।
40633 दलेल भर्ती ना. सेनामा नयाँ जवान भर्ती गरिने काम; सिपाहीको भर्ती।
40634 दलेली ना. १. सैनिक शिक्षाको अभ्यास; सिपाहीको तालिम।
40635 दलेली ना. २. अभ्यास; रफत।
40636 दवाई ना. ओखती; औषधी।
40637 दश ना. १. नौभन्दा पछि आउने सङ्ख्या; १० को अङ्क; सयको दसौँ भाग। वि.
40638 दश ना. २. नौभन्दा पछिल्लो सङ्ख्याको; नौ र एक जोड्दा हुने अङ्कको।
40639 दशक ना. १. दश दश वर्षको समूह।
40640 दशक ना. २. कुनै पनि दशवटा वस्तु समूह।
40641 दशकन्धर ना. रावण।
40642 दशकर्म ना. १. वैदिक विधिअनुसार ब्राह्मणका गर्भाधानदेखि लिएर विवाहपर्यन्तका दश संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दश कर्म।
40643 दशकर्म ना. २. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम।
40644 दशगजा ना. दुई देशका बिचको सिमाना छुट्ट्याउने क्षेत्र वा भूमि; दुवै देशका बिच कसैको पनि अधिकारक्षेत्रभित्र नपर्ने मानिएको चौडाइमा दशगज बराबर हुँदै लम्बिएको सीमा क्षेत्र। (उदा.- नेपाल र भारतको सिमानालाई दशगजाले छुट्ट्याएको छ )।
40645 दशगात्र ना. १. मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म।
40646 दशगात्र ना. २. मरेका दिनदेखि दसौँ दिनसम्म ढिकुरामा दिइएका पिण्डद्वारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दश अङ्ग।
40647 दशग्रीव ना. दशवटा टाउका भएको, रामायणको प्रतिनायक पात्र; दशकन्धर; रावण।
40648 दशदान ना. विभिन्न ज्ञातअज्ञात पापबाट मुक्ति पाउने हेतुले मरणासन्न अवस्थामा पुगेपछि वा केही सरसौँदो छँदैमा गरिने गाई, तिल, सुन, भूमि, घिउ, कपडा, चाँदी, नुन, सखर र फलाम गरी दशवटा चिजहरूको दान।
40649 दशदिक्पाल ना. दिशाका अधिष्ठाता मानिएका देवता; इन्द्र (पूर्व), अग्नि (आग्नेय), यम (दक्षिण), निर्ऋति (नैर्ऋत्य), वरुण (पश्चिम),मरुत् (वायव्य) कुबेर (उत्तर), ईश (ईशान), ब्रह्मा (ऊर्ध्वदिशा) र अनन्त (अधोदिशा) - यी दश देवता।
40650 दशदिने वि. १. दश दिनसम्म जुठोसूतक लाग्ने (बन्धुबान्धव)।