Dictionary

All Word

40701 दशाह ना. २. मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौँ दिनमा गरिने संस्कार कार्य।
40702 दशाह ना. ३. मृतसूतकको दसौँ दिन।
40703 दशाहा/दसाहा ना. १. मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो सूतक लाग्ने बन्धुवर्ग। वि.
40704 दशाहा/दसाहा ना. २. दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ);दशदिने।
40705 दस ना./वि. हे. दश।
40706 दसाङ वि. अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौँ दोबरलाई बुझाउने; दश दोबरको (पाँच दसाङ पचास, दश दसाङ सय इ.)।
40707 दसी ना. १. अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद प्रमाणका लागि ग्राह्य वस्तु।
40708 दसी ना. २. सबुद; प्रमाण।
40709 दसी ना. ३. साक्षी; गवाह।
40710 दसी ना. ४. चिह्न; निसान।
40711 दसैँ गीत ना. बडादसैँको पर्वमा गाइने एक गीत; मालसिरी; मालश्री।
40712 दसैँ ना. १. आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव।
40713 दसैँ ना. २. आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व।
40714 दसैँ ना. ३. नेपालीहरूको सबैभन्दा ठुलो राष्ट्रिय चाड;विजयादशमी।
40715 दसैँ ना. ४. चैत्र शुक्ल अष्टमी वा सो दिन मनाइने चाड।
40716 दसैँ ना. ५. असोज कात्तिकमा पर्ने बडादसैँ वा महादसैँ।
40717 दसैँ ना. ६. चैत महिनामा पर्ने चैतेदसैँ।
40718 दसैँ बजार ना. दसैँका अवसरमा सुपथ तथा सुलभ रूपमा मालसामान उपलब्ध गराउन व्यवस्था गरिएको बजार।
40719 दसोबिसो ना. डन्डीबियोको खेलमा एक डन्डीको नापलाई दश र बिसको आधार मानी खेलिने खेल वा प्रक्रिया।
40720 दसौँ वि. गन्दै जाँदा दश सङ्ख्यामा पर्ने; दश अङ्कको; दशम (क्रम, स्थान, स्तर इ.)।
40721 दसौँद ना. १. कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड।
40722 दसौँद ना. २. वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दशका हिसाबले भेट्ने भाग।
40723 दसौँद ना. ३. लिम्बूवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्धो।
40724 दसौँद ब्याज ना. कर्जा दिएको वा लिएको सय रुपियाँमा एक वर्षमा लाग्ने दशांश ब्याज; सयकडा दशका हिसाबले लाग्ने ब्याज।
40725 दसौँदी वि. कुनै निश्चित अवधिमा सयकडा दशका हिसाबले लाग्ने (ब्याज, दस्तुर आदि)।
40726 दस्कत/दस्खत ना. सही; हस्ताक्षर।
40727 दस्त ना. १. पेटको गडबडीले हुने पातलो दिसा; पखाला।
40728 दस्त ना. २. हस्त; हात।
40729 दस्तकार ना. हातैले ससाना चिजबिज बनाउने कालिगड; शिल्पी।
40730 दस्तकारी ना. १. हातले तयार गरिएको कलापूर्ण वस्तु, हात कालिगडीबाट बनाइने कलात्मक चिज।
40731 दस्तकारी ना. २. हातले कलापूर्ण चिजबिज तयार गर्ने काम।
40732 दस्तखत ना. आफ्नो रोहबरमा भएको हो अथवा यसबारे मेरो सहमति छ भन्ने कुरो जनाउन आफ्नै हातले लेखिने नाम; हातको निसान; हस्ताक्षर; सही।
40733 दस्ताबेज ना. कुनै राजनीतिक पार्टी वा सामाजिक सङ्घ-संस्था आदिको आफ्नो कार्य सञ्चालन र उद्देश्यहरू प्रस्ट उल्लेख गरी पारित भएको प्रतिवेदन, विधान आदि।
40734 दस्तुर ना. १. धेरै अघिदेखि चलेर आएको रीतिथिति; परम्परा; रीतिरिवाज; प्रथा।
40735 दस्तुर ना. २. तरिका; नियम, काइदा।
40736 दस्तुर ना. ३. कर; फिस; दस्तुरी।
40737 दस्तुरी ना. नियमअनुसार लगाइएको लिने वा दिने रकम।
40738 दस्यु ना. १. चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा। २ राक्षस; असुर।
40739 दस्यु ना. ३. एक प्राचीन अनार्य जाति।
40740 दस्यु ना. ४. दुष्ट; खल।
40741 दह ना. १. पानी गहिरिएर बनेको नदीको भाग; आहाल;पानी जमेको खाडी।
40742 दह ना. २. कुण्ड; पोखरी; तलाउ।
40743 दहन ना. १. पोल्ने भाव क्रिया वा प्रक्रिया; डाह; पोलाइ।
40744 दहन ना. २. आगो।
40745 दहनीय वि. जल्न वा जलाउन हुने; जलाउन सकिने; डढाउन योग्य।
40746 दहर ना. तास, गन्जिफा आदिको दश फुट्टी भएको चक्की; दहल।
40747 दहरिनु अ.क्रि. दरखरिनु; दरफरिनु।
40748 दहऱ्याइ ना. दहऱ्याउने भाव; क्रिया वा प्रक्रिया।
40749 दहऱ्याइनु क.क्रि. छाला खुत्तिने गरी कोरिनु।
40750 दहऱ्याउनु स.क्रि. १. खस्रो वस्तुले जिउमा वा अन्य कुनै वस्तुमा खुइलिने गरी कोतर्नु; दरखऱ्याउनु; दार्नु ; दरफऱ्याउनु।