Dictionary

All Word

40801 दाँतेघर ना. गिजा; दनासो।
40802 दाँतेफुली ना. दाँतमा प्वाल पारेर वा त्यसै जडेर लगाइने फुली; दाँतका बिचमा प्वाल पारी जडिने सुन, चाँदी आदिका साना टीका।
40803 दाँतेबह ना. साह्रै चर्को पिर।
40804 दाँदे ना. १. रोपाइँ गर्नुभन्दा पहिले गरामा हिलो माटो सम्याउन गोरुका पछाडि हलो जस्तै गरी लगाइने काठको चेप्टो, लामो उपकरण वा साधन।
40805 दाँदे ना. २. धानका बिउको माटो पन्छाउने डल्याँठोजस्तो काँटादार साधन।
40806 दाँवल ना. बराबर उमेरका व्यक्ति; दौँतर; जोडा; दाम।
40807 दाँवली ना. डोरीबाट तयार गरिएको, चरा समातिने काममा प्रयोग गरिने पासो।
40808 दाइँ ना. १. खलामा मियोका वरिपरि गोरु घुमाई धान आदि अनाजका बोटहरू कुल्चाई रहलपहल अनाज झार्ने काम।
40809 दाइँ ना. २. कुल्चिमिल्ची; माडमुड।
40810 दाइँ ना. ३. बेअदबीसँग गरेको काम-कारबाई।
40811 दाइँ ना. ४. ढलीमली गर्ने काम; मनपर्दो चाल।
40812 दाइँ गीत ना. दाइँ गर्दा सह ल्याउनका लागि गाइने प्रसिद्ध ऋतुकालीन लोकगीत।
40813 दाइ ना. १. दाजुभाइमा आफूभन्दा जेठो व्यक्ति; दाजु।
40814 दाइ ना. २. जेठो उमेरको अडकलमा भनिने कुनै पुरुष व्यक्ति।
40815 दाइ ना. दाउने क्रिया वा प्रक्रिया।
40816 दाइजो ना. विवाहमा दुलहीका बाबु, आमाहरूले दुलहीलाई दिएर पठाइने धनमाल (लुगा, गहना, गोडधुवा आदि)।
40817 दाइजो बिर्ता ना. राजा रजौटाहरूले आफ्ना छोरीबेटीलाई दाइजोका रूपमा दिएको बिर्ता।
40818 दाइनाइके ना. मुख्य नाइके; भाइनाइके भन्दा माथिको नाइके।
40819 दाइनु क.क्रि. दाउने काम गरिनु; गोरु नारिनु; हलो जोतिनु।
40820 दाउ ना. १. कुनै कामकुरो मिलाउन सजिलो पर्ने अवसर;मौका।
40821 दाउ ना. २. कौडाको खेलमा हुने तिया, चौका आदि दाउ।
40822 दाउ ना. ३. पासाका खेलमा हुने पोट बाह्र , कच्चे बाह्र , चरीपन्जा सत्र आदि दाउ।
40823 दाउ ना. ४. कुस्ती, पहलमानी आदि खेलमा एकले अर्कालाई पछार्ने युक्ति;पेच;छिर्के।
40824 दाउ ना. काठपात काट्ने खुर्पाजस्तो हतियार; बाम्फोक।
40825 दाउनु स.क्रि. १. गाईको बहर वा गोरु भैँसीका पाडो वा राँगो वा घोडाको बछेडो आदिलाई नारेर हलो, बग्गी, गाडा आदिलाई तान्दै चालमा हिँड्न वा कुद्न सिकाउनु।
40826 दाउनु स.क्रि. २. बहर वा गोरुलाई हलो तान्न सधाउनु; हलो जोताउनु; नार्नु।
40827 दाउनु स.क्रि. ३. बहर, बोका आदिलाई खसी पार्नु; सुमर्नु ;ठोक्नु।
40828 दाउनु स.क्रि. ४. सिकाउनु सधाउनु; अभ्यास गराउनु; बानी पार्नु।
40829 दाउन ना. अनर्सा, सेल, पन्जाबी रोटी, फिनी, झर आदि पकाउँदा राम्ररी फुराउन र कमलो पार्नका लागि फाएको पिठोमा मिसाइने घिउ, नौनी, तर, गुलियो आदि वस्तु।
40830 दाउनी ना. दाइँ।
40831 दाउपेच ना. १. अरूलाई हराउने वा गिराउने जुक्ति; छलबल।
40832 दाउपेच ना. २. छलकपट; चालबाजी; जालझेल।
40833 दाउरा ना. १. बाल्नका लागि प्रयोग गरिने रुखका सुकेका हाँगाबिँगा; बाल्न योग्य काठ; इन्धन।
40834 दाउरा ना. २. समिधा (यज्ञ यागादिमा बालिने आँप, डुम्री, पलाँस आदि)।
40835 दाउरे ना. १. दाउरा बेचेर जीविका चलाउने व्यक्ति। वि.
40836 दाउरे ना. २. दाउरा खेप्ने; दाउरा बेच्ने।
40837 दाउरे ना. ३. पातलो र अग्लो; ख्याउटे; सिकुटे।
40838 दाउरो ना. १. दाउरा। वि.
40839 दाउरो ना. २. किर्लिक्क परेको;सिट्ठो;सिकुटे।
40840 दाक्षायणी ना. १. दक्षप्रजापतिकी छोरी; सतीदेवी।२. नवदुर्गामध्ये एक।
40841 दाक्षिणात्य वि. १. दक्षिण दिशाको; दक्खिनतिरको;दक्खिनपट्टि पर्ने।
40842 दाक्षिणात्य वि. २. विन्ध्याचलभन्दा दक्षिणतिरको।
40843 दाक्षिण्य ना. १. सिपालु हुनाको भाव वा क्रिया; निपुणता;कौशल।
40844 दाक्षिण्य ना. २. दान दिन सक्ने भाव; उदारता; औदार्य।
40845 दाक्षिण्य ना. ३. दाहिने भएको अवस्था; अनुकूलता।
40846 दाक्षिण्य ना. ४. सरलता।
40847 दाक्षिण्य ना. ५. चेष्टा र वचनले अर्काको मनको पछि लाग्ने भन्ने भएको, नाटकको एक प्रकारको लक्षण। वि.
40848 दाक्षिण्य ना. ६. दक्षिणसँग सम्बन्धित; दक्षिणको।
40849 दाख ना. १. जडेलाको जस्तै पात र लहरो हुने थाँक्रामा झुप्पाझुप्पा परेर फल्ने र पाक्ता रातो, वा पहेँल्चो हुने गुलियो स्वादको फल; अङ्गुर।
40850 दाख ना. २. मुनक्का।