Dictionary

All Word

40751 दहऱ्याउनु स.क्रि. २. घुर्की लाउनु; घुर्क्याउनु।
40752 दहिले वि. १. दहिलाको; दहिलोसँग सम्बन्धित। ना.
40753 दहिले वि. २. 'द' अक्षर चिनाउने रूप (दहिले द)।
40754 दहिले ठेलो ना. दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो।
40755 दहिलो ना. खोल्न र बन्द गर्न मिल्ने हिसाबले खापा लगाइएको घरको खण्ड; द्वार; ढोका; दैलो।
40756 दही ना. दुध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य (दुध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि।
40757 दहीचामले ना. १. दहीदँगालो। वि.
40758 दहीचामले ना. २. दही र चामलजस्तो; दही र चामल मिसिएको।
40759 दहीचिउरे वि. सानोतिनो कुराको फाइदामा जे पनि गर्न तयार हुने वा जसको पछि पनि लाग्ने; भरपत्यार नभएको; दुईजिब्रे।
40760 दहीठेको ना. विवाहमा जन्तीका साथ दुलाहातर्फबाट लगिने दहीको ठेकी; कागेठेकी।
40761 दहीदँगालो / दङालो ना. धुर्सुलको जत्रो बोट हुने, बाटुला पात हुने, झुप्पैझुप्पा फुल्ने र दही जस्तै सेता दाना हुने, रसिलो तर बेस्वादिलो फल; दहीचामले।
40762 दहीबारा ना. दहीमा डुबाइएको मुग आदिको नुनिलो बारा।
40763 दहेँरे वि. दहेँरासम्बन्धी; दहेँराको।
40764 दहेँरो ना. दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने खेतालो;दाइँको लाठे खेतालो;दयेँरो।
40765 दह्य वि. पोल्न योग्य; जलाउन सकिने;बाल्न सकिने।
40766 दह्रिनु अ.क्रि. १. दह्रो हुनु; दरिनु।
40767 दह्रिनु अ.क्रि. २. जरखरिनु;छिप्पिनु।
40768 दह्रिनु अ.क्रि. ३. आफ्नो विचार र बोलीमा अटल हुनु; दृढ रहनु।
40769 दह्रिनु अ.क्रि. ४. कुनै स्थान, श्रेणी, पद आदिमा रहने गरी तोकिनु; किटान गरिनु।
40770 दह्रिलो वि. दह्रो; दरिलो; दर्बिलो।
40771 दह्रो वि. १. कुनै धक्का वा चोटपटकबाट नढल्ने,नलकपकाउने; बलियो; मजबुत;दर्बिलो।
40772 दह्रो वि. २. आँट भएको;आँटिलो।
40773 दह्रो वि. ३. आफ्नो लक्ष्य वा सिद्धान्तमा विचलित नहुने; नडग्ने। स्त्री. दह्री।
40774 दह्रोखरो बोलीवचनको पक्का।
40775 दह्र्याइ ना. दह्रिने क्रिया वा प्रक्रिया। [दह्रयाउ+आइ] ना. दह्र्याउने क्रियाप्रक्रिया।
40776 दह्र्याइनु क.क्रि. दह्रो पारिनु।
40777 दह्र्याउनु स.क्रि. दह्रो पार्नु; दर्बिलो तुल्याउनु; अडिग बनाउनु।
40778 दा वि. दिने ( शब्दका पछाडि गाँसिएर प्रत्ययधर्मी शब्दका रूपमा प्रयुक्त, जस्तै-पुत्रदा, धनदा, ज्ञानदा इ.)।
40779 दाँज्नु स.क्रि. १. कुनै वस्तुलाई रूप, गुण, स्वभाव आदिका आधारमा अर्को वस्तुसँग तुलना गर्नु; बराबरीका दृष्टिले हेर्नु, बुझ्नु वा जाँच्नु।
40780 दाँज्नु स.क्रि. २. उपमा दिनु; दृष्टान्त दिनु।
40781 दाँज ना. १. दाँज्ने काम; तुलना; दाँजो; दँजाइ।
40782 दाँज ना. २. बराबरी, समानता।
40783 दाँजिनु क.क्रि. दाँज्ने काम गरिनु; एकै ठाउँमा राखेर भिडाइनु।
40784 दाँजो ना. १. दाँजेर हेर्ने काम; तुलना;दँजाइ।
40785 दाँजो ना. २. बराबरी; समता;समानता।
40786 दाँत ना. १. मेरुदण्ड हुने धेरैजसो प्राणीहरूको मुखभित्र तल र माथि अर्धचन्द्राकार पङ्क्तिमा उम्रने र टोक्ने, चपाउने, खाने आदि काम लिइने फग्ल्याँटा आकारका बत्तिसवटासम्म हुने ससाना हाड जस्तै सेता अवयव।
40787 दाँत ना. २. खाने, चपाउने आदि कामबाहेक केही वर्णको उच्चारणमा समेत सहायता गर्ने गिजामा उम्रिएका सोही हाडका अवयव।
40788 दाँत ना. ३. अन्न पिँध्नका निम्ति घट्ट, जाँतो आदिका ढुङ्गामा मसिनो पारेर कपिएको भाग वा तिखो टुँडो।
40789 दाँत ना. ४. हतियार आदिको धार।
40790 दाँती ना. १. रेती, करौँती, कलपुर्जा आदिका छेउमा काटेर निकालिएका दाँतजस्ता पङ्क्ति वा लहर।
40791 दाँती ना. २. घरको छानाको बलेँसी तरिने छेउ; छानाको छेउ।
40792 दाँती ना. ३. खोपी खेल्दा पैसा वा ढ्याक बच्चने ठाउँका प्वालको छेउ।
40793 दाँतीदार वि. दाँती भएको।
40794 दाँतीहार ना. घरको पाली वा धुरी छाउँदा छानाको छेउमा हालिने गारोभन्दा बाहिरपट्टि निस्किएको छानाको पुछार लङ।
40795 दाँते वि. १. लामा वा ठुला दाँत भएको; दाह्रो पलाएको;दाह्ने।
40796 दाँते वि. २. झारहरू उखेल्ने वा गोडमेल गर्ने काम गरिने लामा-लामा दाँत भएको औजार। वि.
40797 दाँते वि. ३. दाँतसम्बन्धी; दाँतमा भएको;दाँतजस्तो; दाँतको।
40798 दाँतेओखर ना. विशेषत हिमाली भागमा हुने, पातलो र दाँतले फोर्न सकिने कमलो बोक्रा हुने र धेरै गुदी भएको एक जातको ओखर।
40799 दाँतेकिरो ना. दाँतका फेदमा छिद्र पारी दाँत बेकम्मा पार्ने रोगको कीटाणु; दाँतमा लाग्ने किरो।
40800 दाँतेगुहु ना. दाँतमा जम्ने मयल; दन्त।