Dictionary

All Word

40851 दाख ना. ३. किसमिस।
40852 दाखचोक ना. आगलागी हुनुभन्दा अघि सिंहदरबारभित्रका विभिन्न चोकहरूमध्ये दाख लगाइएको चोक।
40853 दाखिल वि. १. सम्बन्धित ठाउँमा हाजिर भएको;आइपुगेको;उपस्थित; प्राप्त।
40854 दाखिल वि. २. बुझाइएको; चुक्ता गरिएको।
40855 दाखिल खारिज / खारेज ना. अड्डाखानामा कसैका नाउँमा सरकारी स्रेस्तामा दरिएको जग्गाजमिन आदिको हक छुटाउन सो नाम काटी हाल पाउनेका नाउँमा दर्ता गर्ने काम; नाउँसारी।
40856 दाखिला ना. १. कुनै अड्डा अदालत वा तोकिएको अन्य ठाउँमा सम्बन्धित व्यक्ति उपस्थित हुने काम; हाजिर; उपस्थिति।
40857 दाखिला ना. २. सम्बन्धित ठाउँमा दाखिल हुन आएको नगदी, जिन्सी, लिखित कागजात आदि।
40858 दाखिल रिपोट ना. कुनै वस्तु दाखिल भएको जानकारी दिने प्रमाण; जानकारीपत्र।
40859 दाग्नु स.क्रि. १. लोभी आँखाले हेर्नु; आँखा गाड्नु; चाहना गर्नु।
40860 दाग्नु स.क्रि. २. निसाना लगाउनु; तारो हान्नु; लक्ष्य गर्नु।
40861 दाग्नु स.क्रि. ३. ताकेर हेर्नु; ठम्याउनु।
40862 दाग्नु स.क्रि. १. बन्दुक, तोप आदि पड्काउनु।
40863 दाग्नु स.क्रि. २. आगो लाउनु; आगो सल्काउनु।
40864 दाग ना. १. कुनै वस्तुमा केही लागेर परेको चिह्न; टाटो;धब्बा।
40865 दाग ना. २. कसैको चरित्रमा लागेको कलङ्क; दोष;अभियोग; लाञ्छना।
40866 दाग ना. ३. पोलेको ठाउँमा बसेको घाउ आदिको खत।
40867 दाग ना. ४. सुन आदि जाँच्न कसीमा घोटेर लगाइएको रेखा।
40868 दाग ना. १. डढाउने वा पोल्ने काम; दाह गर्ने काम;जलाउने काम।
40869 दाग ना. २. मृतकलाई जलाउँदा विधिपूर्वक सर्वप्रथम मुखमा लगाइने आगो।
40870 दागबत्ती ना. दाहसंस्कारका निम्ति छोरा वा नजिकका नातेदारले शवका मुखमा सल्काएर राख्ने बत्ती; दाग दिने बत्ती।
40871 दागा ना. प्रतिशोधका भावनाले मनमा गडेको रिस; इबी;दगा।
40872 दागादाग ना. रिसको रन्काले एकले अर्कालाई खतम पार्न खोज्ने काम; परस्परको रिसइबी।
40873 दागा धर्नु टु. प्रतिशोधका कारण कसैलाई नोक्सानको अनिष्टसहित चुनौती दिनु; विरोधीलाई भविष्यमा कुनै खतरापूर्ण अवस्थामा पुऱ्याउँछु भनी अठोट गर्नु; कसैलाई ईखवश क्षति पुऱ्याउने सङ्कल्प गर्नु।
40874 दागिनु क.क्रि. दाग्ने काम गरिनु।
40875 दागी वि. १. दाग लागेको; दाग देखिने; टाटो भएको।
40876 दागी वि. २. अभियोग लागेको;कलङ्कित; दोषी।
40877 दागी वि. ३. एक किसिमको खोटो।
40878 दाजी ना. दाज्यू।
40879 दाजु ना. १. भाइभाइमा आफूभन्दा पहिले जन्मेको व्यक्ति; दाइ, दाजी।
40880 दाजु ना. २. एकै कोखबाट आफूभन्दा पहिले जन्मेका व्यक्तिको नाता जनाउने शब्द।
40881 दाजुभाइ ना. १. एउटै आमाका छोराहरू; सहोदर दाजुभाइ।
40882 दाजुभाइ ना. २. उमेरका क्रमले जेठोकान्छो; दाजु र भाइ।
40883 दाजुभाइ ना. ३. दशदिने वा तेह्रदिने बन्धुवर्ग।
40884 दाज्यू ना. दाइ; दाजु ( प्रायः आदरार्थीमा )।
40885 दाज्यूभाइ ना. दाजुभाइ।
40886 दाज्यै ना. दाज्यूको आदर बुझाउने शब्द; दाज्यैज्यू।
40887 दाज्यैज्यू ना. दाज्यूको सम्मानवाची शब्द; दाज्यै।
40888 दाडिम/दाडिम्ब ना. अनारको बोट, दारिम।
40889 दातव्य वि. १. अर्कालाई दिन योग्य; दानदक्षिणा गर्न लायक।
40890 दातव्य वि. २. दानसम्बन्धी;दानको।
40891 दातव्य कोष ना. कुनै सङ्घ-संस्थालाई निर्दिष्ट काममा आम्दानी खर्च गर्ने गरी प्रदान गरिएको कोष वा रकम।
40892 दाता वि. १. दिने; दिने स्वभावको (सुखदाता, प्राणदाता, अन्नदाता इ.)।
40893 दाता वि. २. धेरै दान गर्ने; दानशील; दानी।
40894 दाता वि. ३. फुक्का हृदय भएको; उदार। ना.
40895 दाता वि. ४. निकै दानी व्यक्ति।
40896 दाता वि. ५. दान गर्ने, बकसपत्र दिने वा गुठी राख्ने व्यक्ति।
40897 दातापन ना. निकै ठुलो दाता हुनाको अवस्था; दानशीलता।
40898 दातासकार ना. जग्गाजमिनमा बन्धक लिएको मान्छेले तेस्रो मान्छेसँग मूल्य लिई सो बन्धकी बेचेपछि तेस्रो चाहिँले मूल जग्गाधनीलाई सकारेर गरिने कागज।
40899 दातृ वि. दाता; दिने (राष्ट्र आदि) मान्छे।
40900 दातृता/ दातृत्व ना. दाता हुनाको भाव, गुण वा अवस्था; दानशीलता।