Dictionary

All Word

40951 दानापानी ना. ४. जिन्दगी; आयु;जीवन।
40952 दानी वि. १. धेरै दान गर्ने; दाता।
40953 दानी वि. २. फुक्का दिल भएको; उदार।
40954 दानी वि. ३. दिने।
40955 दानी प.स. शब्दका पछिल्तिर लागी कुनै वस्तु राख्ने पात्रको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (कलमदानी, चियादानी, फिकदानी,थुकदानी इ.)।
40956 दानीय वि. १. दान दिन योग्य।
40957 दानीय वि. २. दानका रूपमा दिन सकिने।
40958 दाने वि. १. दान गर्न लायक; दान गरिने।
40959 दाने वि. २. दान गरेको; दिइएको (धनमाल, कपडा इ.)।
40960 दाने वि. ३. दान लिने;दानपात्र।
40961 दाने वि. ४. काम नलाग्ने; रद्दी।
40962 दानेदार वि. १. दानादार।
40963 दानेदार वि. २. खुबी भएको; पौरख भएको।
40964 दानेदार बेत ना. एक प्रकारको असल बेत।
40965 दाप्नु स.क्रि. १. हात, गोडा, जिउ आदि मर्दन गर्नु; मिच्नु; दाब्नु।
40966 दाप्नु स.क्रि. २. दुःख दिनु; सताउनु; धड्नु।
40967 दाप्नु स.क्रि. ३. अँठ्‌याउनु; च्याप्नु।
40968 दाप्नु स.क्रि. ४. दबाउनु; थिच्नु।
40969 दाप ना. तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष।
40970 दापा ना. दुवैतिर छालाले मोहोरेको र खरी घसिएको, ढोलकजस्तो, दुवैतिर हातले बजाइने एक प्रकारको ताल बाजा।
40971 दापिनु क.क्रि. हे. दाबिनु।
40972 दाप्चा ना. दाप्सा; तासा; फोसा।
40973 दाब्नु स.क्रि. थिच्नु ; दबाउनु; दाप्नु।
40974 दाबा ना. कुनै वस्तुमाथि आफ्नो हकको जिकिर गर्ने काम;दाबी।
40975 दाबिनु क.क्रि. दाब्ने काम गरिनु; दापिनु।
40976 दाबिले ना. मसिना पात हुने र दाबिलो जस्तै देखिने एक प्रकारको घाँस।
40977 दाबिलो ना. चलाउने टुप्पो भाग हत्केलो जस्तै चेप्टिएको र बिँड डोलो हुने, धातु वा काठको एक प्रकारको पन्युँ।
40978 दाबी ना. १. कुनै वस्तुमा आफ्नो हकको जिकिर गर्ने काम;दाबा।
40979 दाबी ना. २. विपक्षीबाट भराइपाउने बिगो वा धनमालको खास विवरण।
40980 दाबी पत्र ना. आफ्नो हकदाबी सिद्ध गर्न पेस गरिने सबुदप्रमाणको लिखत; दाबी लेखिएको कागज।
40981 दाबीवाला वि. दाबी गर्ने।
40982 दाबेदार वि . दाबीका आवश्यक प्रमाण पेस गर्ने; दाबीवाला; दाबा गर्ने।
40983 दाम ना. १. रुपियाँपैसा; मुद्रा; द्रव्य।
40984 दाम ना. २. मूल्य;मोलतोल।
40985 दाम ना. ३. एक पैसाको चार भागको एक भाग (भूमि आदिमा )।
40986 दामकाम ना. १. रुपियाँपैसाको लेनदेनको व्यवहार।
40987 दामकाम ना. २. कुनै वस्तुको मूल्य तोक्ने काम; मोलतोल; मोलमोलाइ।
40988 दामकामी / कामे ना. १. रुपियाँपैसासम्बन्धी काम गर्ने व्यक्ति। वि.
40989 दामकामी / कामे ना. २. रुपियाँपैसाका कामसँग सम्बन्धित।
40990 दामकामी / कामे ना. ३. दामकाम गर्ने; मोलतोल गर्ने।
40991 दामपाते ना. दाम जस्तै साना गोल पात हुने र निलो फूल फुल्ने एक किसिमको लहरे घाँस।
40992 दामल ना. जोडी उमेरका; समकालीन; समवयस्क; दौँतर; दाँवल।
40993 दामल ना. १. राणाकालमा प्रचलित, कुनै ठुलो अपराधी वा विद्रोहीलाई शरीरमा 'दामल' तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय।
40994 दामल ना. २. धातुको तताएको मुद्राले डाम्ने काम।
40995 दामली वि. दामलको सजाय पाएको; दामल भएको।
40996 दामली ना. पक्रिएका प्राणीलाई बाँधिराख्ने एक किसिमको पासो; दाम्लो।
40997 दामासही ना. किपटप्रथाअनुसार रु.६/५० र रु. ७/५० वार्षिक तिरो तिर्ने गरी सुब्बाले पाएको जग्गा अरूलाई बन्धकी दिँदा मालपोत कार्यालयमा जम्मा गरिने रकम; किपट जमिनको मालपोत।
40998 दामासाही ना. कुनै सामूहिक रकम त्यसको हकदारहरूले बराबर गरेर बाँडी लिने वा दिने व्यवस्था; भागसान्ती।
40999 दामिनी ना. १. बिजुली; विद्युत्।
41000 दामिनी ना. २. स्त्रीहरूले शिरमा लाउने एक किसिमको गहना।