Dictionary

All Word

41101 दालमोट / दालमोठ ना. चना, मुगी, रहर आदिको दाल घिउमा भुटेर नुनखोर्सानी र मरमसला लगाएर बनाइएको खाद्य पदार्थ; दालमोठ।
41102 दालुके निहुरो ना. एक जातको निहुरो।
41103 दाव ना. १. वन; जङ्गल।
41104 दाव ना. २. प्राकृतिक तवरले वनमा लागेको आगो; डढेलो; दावाग्नि।
41105 दावा ना. खान नपाएर वा रोगले सुकेर पेट दाप्सिने अवस्था।
41106 दावा ना. कुनै वस्तुमाथि आफ्नो अधिकार छ भनी गरिने जिक्री; दाबी; जिकिर।
41107 दावाग्नि ना. वनमा लागेको आगो; डढेलो; दावानल।
41108 दावादार वि. कुनै वस्तुमाथि आफ्नो हक छ भनी प्रमाणपूर्वक दाबी गर्ने; दाबीवाल; दावेदार; हकदार।
41109 दावानल ना. जङ्गलमा लागेको आगो;डढेलो; वनडढेलो; दावाग्नि।
41110 दाश ना. १. नदीमा यात्रुहरूलाई वारपार गराएर जीविका चलाउने पेसा भएको जाति; माझी।
41111 दाश ना. २. दास; कमारो; नोकर।
41112 दाशरथ / दाशरथि वि. १. दशरथको; दशरथसम्बन्धी; दशरथको कुलमा उत्पन्न।
41113 दाशरथ / दाशरथि वि. २. दशरथका चार छोरा राम, लक्ष्मण, भरत र शत्रुघ्नमध्ये कुनै एक (विशेषतः रामचन्द्र)।
41114 दास ना. १. पहिले पहिले मालिकका किनबेचका आधारमा आजीवन पराश्रयी भएर काममा जोतिने नोकर; कमारो।
41115 दास ना. २. सेवक; नोकर।
41116 दासता/त्व ना. दास हुनाको भाव वा अवस्था; दासत्व;गुलामी; कमारोपन।
41117 दासदासी ना. दास र दासी; कमाराकमारी; नोकरनोकर्नी।
41118 दासप्रथा ना. पशुधनसरह मान्छेलाई किनबेच गरेर काममा लाउने पुरानो सामन्ती प्रथा; कमारोप्रथा। (नेपालमा वि. सं. १९८१ सालदेखि यो प्रथा कानुनी रूपले खारेज भएको हो)।
41119 दासानुदास ना. १. दासको पनि दास; अत्यन्त निम्न श्रेणीको नोकर।
41120 दासानुदास ना. २. विनीत नोकर; विनम्र सेवक।
41121 दासिका / दासी ना. १. दासप्रथाअनुसार किनबेच गरिएकी आइमाई; दासवर्गकी स्त्री; कमारी।
41122 दासिका / दासी ना. २. नोकर्नी; चाकर्नी।
41123 दासी ना. १. कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस।
41124 दासी ना. २. नोकर्नी।
41125 दासेय ना. १. मालिकले गमन गरेकी दासीको गर्भबाट जन्मेको छोरो; दासीपुत्र; दासीको छोरो।
41126 दासेय ना. २. दासीको वंशज।
41127 दास्य ना. १. आफ्ना उपास्य देवतालाई स्वामी र आफूलाई दास सम्झने, भक्तिका नौ भेदमध्ये एक।
41128 दास्य ना. २. दासता; दासत्व।
41129 दाह ना. १. मुर्दालाई चितामा राखेर जलाउने काम; दाहसंस्कार।
41130 दाह ना. २. मनमा परेको ताप; जलन; चिन्ता।
41131 दाह ना. ३. पोल्ने वा डढाउने काम; डाम्ने काम।
41132 दाह ना. ४. अर्काको कुनै उन्नति वा सफलताप्रति स्वतः उब्जिने ईर्ष्या; डाहा।
41133 दाहक वि. १. जलाउने; पोल्ने।
41134 दाहक वि. २. दागबत्ती दिने; चितामा आगो लगाउने।
41135 दाहक वि. ३. टट्टाउने; जलन गराउने। ना.
41136 दाहक वि. ४. आगो।
41137 दाहकर्म ना. शवदाह गर्ने काम; विधिपूर्वक दाहसंस्कार गरिने काम; मुर्दा जलाउने काम।
41138 दाहक्रिया ना. लास जलाउने काम; दाहकर्म।
41139 दाहज्वर ना. जिउ भतभत पोल्ने गरी आउने एक प्रकारको जरो;भुङ्ग्रे जरो।
41140 दाहसंस्कार ना. लास जलाउने काम; दाहकर्म; शवदाह।
41141 दाहस्थल ना. शवदाह गर्ने ठाउँ; मसानघाट।
41142 दाहिनु वि. देब्रेको उल्टोतिर पर्ने; दाहिने; दायाँ; दक्षिण।
41143 दाहिने वि. १. दायाँतिर पर्ने; दाहिनापट्टिको; दायाँ।
41144 दाहिने वि. २. अनुकूल; अपसव्य। ना
41145 दाहिने वि. ३. अक्षरमा दायाँतिरबाट दिइने दीर्घ ईकार (ी)।
41146 दाहिने वर्त वि. दायाँ हाततिर पारेर घुमेको; दाहिनुपट्टिबाट प्रदक्षिणा गरेको; दक्षिणावर्त (मन्दिर, प्रतिमा, बाटो आदि )।
41147 दाहिने शङ्ख ना. पट्टिनेतिरबाट रेखाहरू घुमेको र दाहिनेपट्टि नै खुला भएको शङ्ख।
41148 दाहिने हात ना. १. खाने हात; दायाँ हात।
41149 दाहिने हात ना. २. नभई नहुने मानिस; कामकाजमा भरपर्दो व्यक्ति; मुख्य सहायक।
41150 दाहिनो वि. १. दाहिनेपट्टिको; दाहिने; दायाँ।