Dictionary

All Word

41051 दार ना. ३. पत्नी; भार्या।
41052 दारक ना. १. केटाकेटी; शिशु; बालक।
41053 दारक ना. २. छोरो; पुत्र। वि.
41054 दारक ना. ३. चिरफार गर्ने; फार्ने।
41055 दारकर्म / ग्रहण ना. दार अर्थात् पत्नी ग्रहण; विवाह।
41056 दारण ना. १. चिरफार गर्ने काम; चिराइ।
41057 दारण ना. २. चिरफार गर्ने हतियार।३. निर्मली फल।
41058 दारा ना. पत्नी; भार्या।
41059 दाराइ ना. दार्ने भाव, क्रिया वा प्रक्रिया।
41060 दारिका ना. १. पुत्री; छोरी।
41061 दारिका ना. २. कन्याकेटी; कुमारी।
41062 दारिद्र्य ना. दरिद्र हुनाको भाव वा अवस्था; दरिद्रता।
41063 दारिनु क.क्रि. दार्ने काम गरिनु; दाह्रिनु।
41064 दारिम ना. काँडासहितको बोट हुने, मसिना बैजनी - हरियो रङका पात हुने, राता फूल फुल्ने र त्यसै फूलबाट भित्र केस्रा केस्रा दाँतजस्ता आकारका रसदार गेडा फल्ने एक प्रकारको बोट; सोही बोटको प्रायः अमिलो फल; दाडिम।
41065 दारिमपाते १. दारिमका जस्ता पात हुने एक जातको पोथ्रो। वि.
41066 दारिमपाते २. दारिमका पातजस्तो हुने (कुनै वस्तु )।
41067 दारी ना. १. धाँजो; चिरो।
41068 दारी ना. २. पैताला फुट्ने र चिरैचिरा पर्ने एक रोग; हरिनास।
41069 दारु ना. १. बाल्न टुक्र्याइएका झिँजामिजा;दाउरा; समिधा।
41070 दारु ना. २. देवदारु; धुपी।
41071 दारु ना. ३. काठको काम गर्ने कालिगड; सिकर्मी।४. उदारमना व्यक्ति। वि.
41072 दारु ना. ५. दानशील;दाता;दानी।
41073 दारु ना. घरेलु साधन तथा काइदाअनुसार तयार गरिएको रक्सी; निम्न कोटिको मदिरा; ठर्रा।
41074 दारुण वि. १. कठोर; कडा (व्यथा, रोग इ.)।
41075 दारुण वि. २. दया नभएको; निष्ठुर।
41076 दारुण वि. ३. भयानक; भयङ्कर।
41077 दारुण वि. ४. सहन साह्रै धौधौ पर्ने (कष्ट, विपत्ति इ.)।
41078 दारुण्य ना. दारुण हुनाको भाव वा अवस्था।
41079 दारुपुत्री ना. काठको पुतली; कठपुतली।
41080 दारुयन्त्र ना. १. काठैकाठबाट बनाइएको मिसिन; काठको यन्त्र।
41081 दारुयन्त्र ना. २. काठको पुतली; कठपुतली; दारुपुत्री।
41082 दारुहरिद्रा ना. पातमा काँढा हुने, मञ्जरीका आकारमा पहेँला साना फूल फुल्ने, पहेँलो काठ हुने, चुत्राको जस्तो फल फल्ने एक जातको बोट; जमानेमान्द्रो।
41083 दारुहस्त ना. दुध, घिउ आदि चलाउने काठको डाडु; काठको चम्चा वा दाबिलो।
41084 दारे वि. १. दारको रुख वा काठ भएको (ठाउँ; दारको (ठेकी, आरी आदि )।
41085 दारे वि. २. ठुला चुचे ढुङ्गा भएको।
41086 दारेगौँडो ना. १. दारको रुख भएको गौँडो।
41087 दारेगौँडो ना. २. ठुला ढुङ्गा भएको गल्छिँडो।
41088 दारोगा ना. १. हात्तीसार, अस्तबल आदिको रेखदेख वा व्यवस्था गर्ने मुख्य व्यक्ति।
41089 दारोगा ना. २. पुलिस विभागको एक अधिकारी।
41090 दार्चुला ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रअन्तर्गत महाकाली अञ्चलको उत्तरी सिमानामा रहेको एक जिल्ला।
41091 दार्जिलिङ ना. भारतको पश्चिम बङ्गालको उत्तरी भागमा पर्ने, पश्चिमतिर नेपालसँग र पूर्वोत्तरतिर सिक्किमसँग जोडिएको, नेपाली भाषाको प्रमुखता रहेको एक क्षेत्र तथा सुरम्य प्राकृतिक स्थल।
41092 दार्मी /दार्मु वि. सेतो र मधुरो रातो मिसिएको (गाई)।
41093 दार्मे वि. सेतो भुईंमा राता छिर्का वा पाटा भएको; छिर्केमिर्के (गोरु)।
41094 दार्शनिक ना. १. दर्शनशास्त्र पढेको वा त्यसको ज्ञाता; तत्त्वज्ञ; दर्शनशास्त्रको मर्मज्ञ। वि.
41095 दार्शनिक ना. २. दर्शनशास्त्रसँग सम्बन्धित, दर्शनसम्बन्धी।
41096 दार्शनिकता ना. दार्शनिक हुनाको भाव, अवस्था वा विशेषता।
41097 दाल ना. १. जाँतो वा सिलौटा आदिमा हल्का पाराले दलिएको मास, रहर, मुगी, चना आदि वस्तुको फग्ल्याँटा।
41098 दाल ना. २. त्यसरी दलिएको वस्तु दगरो पारेर बनाइएको भात, रोटीसँग खाइने झोलिलो खाद्य पदार्थ।
41099 दालचिनी ना. बाक्लो बोक्रा र मोटो टुप्पो भएको पात हुने, बास्नादार सेतासेता गुच्छा भएको फूल फुल्ने एक बोट; मसला र औषधीमा प्रयोग हुने त्यसैको बोक्रा।
41100 दालभात ना. दाल र भात; नेपालीहरूको प्रमुख भोजन।