Dictionary

All Word

41201 दिक्दारी ना. दिक्दार हुनाको भाव वा अवस्था; मनमा परेको पिर वा ताप; सन्ताप।
41202 दिक्पति ना. हे. दिक्पाल।
41203 दिक्पात ना. सूर्यको अक्षांशीय स्थिति।
41204 दिक्पाल ना. पुराणअनुसार दश दिशाका रक्षक देवताहरू क्रमशः पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैर्ऋत्यका निर्ऋति, पश्चिमका वरुण, वायव्यका वायु, उत्तरका सोम, ईशानका शिव, आकाशका ब्रह्मा र पातालका अनन्त; दिक्पति।
41205 दिक्शूल ना. फलित ज्योतिषअनुसार शनिवार र सोमवार पूर्व, बृहस्पतिवार दक्षिण, शुक्रवार र आइतबार पश्चिम र मङ्गलवार र बुधवार उत्तर दिशातिर यात्रा आरम्भ गर्न निषेध गरिएको शूलयोग; दिशामा पर्ने शूलयोग; नक्षत्र शूलयोग। (यसमा पूर्व ज्येष्ठा, दक्षिण धनिष्ठादि पाँच नक्षत्र, पश्चिम रोहिणी र उत्तर उत्तराफाल्गुनी नक्षत्र भएको बेलामा यात्रा गर्न निषेध गरिएको छ )।
41206 दिक्साधन ना. दिशा पत्ता लगाउने वा दिशाको ज्ञान गराउने यन्त्र वा साधन; कम्पास।
41207 दिगङ्गना ना. दिशास्वरूपकी नायिका; दिक्कन्या।
41208 दिगन्त ना. १. दिशाको छेउछाउ; दिशाको अन्त।
41209 दिगन्त ना. २. आकाश र धर्ती भेट भएजस्तो देखिने ठाउँ; क्षितिज।
41210 दिगन्त ना. ३. चार दिशा।
41211 दिगन्त ना. ४. दसैवटा दिशा; दिशाविदिशा।
41212 दिगन्तर ना. १. दुई दिशाका बिचको ठाउँ; दिशान्तर; कोण।
41213 दिगन्तर ना. २. उपदिशा; विदिशा।
41214 दिगमिग ना. खाने कुरामा कुनै फोहोर मैला छ कि भन्ने शङ्काबाट उब्जिने घिन; खान अनकनाउने काम;सिकसिको।
41215 दिगमिगाइ ना. दिगमिग हुने भाव, क्रिया वा प्रक्रिया।
41216 दिगमिगाइनु क.क्रि. दिगमिग मानिनु।
41217 दिगमिगाउनु अ.क्रि. दिगमिग मान्नु; घिनाउनु।
41218 दिगमिगाहट ना. दिगमिग हुने भाव, अवस्था वा क्रियाप्रक्रिया; दिगमिगाइ।
41219 दिगमिगिनु क.क्रि. दिगमिग होइनु।
41220 दिगमिगी ना. दिगमिग; घिन; सिकसिको।
41221 दिगमिग्याइ ना. दिगमिगिने भाव, क्रिया वा प्रक्रिया।
41222 दिगमिग्याहट ना. दिगमिग्याइ।
41223 दिगम्बर वि. १. शरीरमा कुनै वस्त्र नभएको; नाङ्गो; निर्वस्त्र। ना.
41224 दिगम्बर वि. २. शिव; महादेव।
41225 दिगम्बर वि. ४. जैन धर्मावलम्बीहरूको वस्त्र नलगाउने एक सम्प्रदाय।
41226 दिगम्बर वि. ५. लुगाफाटाको संसर्गै नगर्ने जोगी; नागो।
41227 दिगम्बर सम्प्रदाय ना. जैन धर्मावलम्बीहरूका दुई सम्प्रदायमध्ये निर्वस्त्र रहने एक सम्प्रदाय।
41228 दिगम्बरी ना. दुर्गा; देवी; काली।
41229 दिगो वि. १. लामो वा धेरै अवधिसम्म टिक्न सक्ने; टिकाउ; खपाउ। ना.
41230 दिगो वि. २. स्थिरता; निश्चलता।
41231 दिग्गज ना. १. पुराणअनुसार आठ दिशामा रहेर पृथ्वीलाई थाम्ने कल्पित हात्तीहरू (ऐरावत, पुण्डरीक, वामन, कुमुद, अञ्जन, पुष्पदन्त, सार्वभौम र सुप्रतीक)। वि. २ सारै ठुलो; घागडान; महान् प्रभावशाली; विद्वान्।
41232 दिग्दर्शक वि. १. दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने।
41233 दिग्दर्शक वि. २. आधारभूत ज्ञान दिने; मार्ग प्रदर्शन गर्ने।
41234 दिग्दर्शक यन्त्र ना. समुद्रको यात्रा गर्दा वा हवाईयात्रा गर्दा दिशाको सङ्केत गर्ने जहाज, हवाईजहाजमा राखिने यन्त्र; कम्पास।
41235 दिग्दर्शन ना. १. दिशाको बोध गराउने वा दिशातिर देखाउने काम।
41236 दिग्दर्शन ना. २. मार्ग प्रदर्शन;बाटो देखाउने काम।
41237 दिग्दर्शन ना. ३. उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना।
41238 दिग्दर्शन ना. ४. सामान्य ज्ञान वा परिचय; साधारण जानकारी।
41239 दिग्दार वि. दिक्क; खिन्न; दिक्दार।
41240 दिग्दारी ना. दिग्दार हुनाको भाव वा अवस्था।
41241 दिग्दाह ना. सन्ध्या समयमा क्षितिजमा आगो लागेको जस्तो देखिने र सो हुनु अशुभ मानिने एक प्राकृतिक विलक्षण घटना वा दृश्य।
41242 दिग्देवता ना. दिक्पति; दिक्पाल।
41243 दिग्बन्धन ना. श्राद्धादि कार्यमा पितृकार्य सुरु हुनुभन्दा पहिले चारैतिर तिल, कुश आदि छर्किने काम।
41244 दिग्बन्धन सेन ना. पृथ्वीनारायण शाहका समयका मकवानपुरका राजा; हेमकर्णका छोरा र पृथ्वीनारायण शाहका जेठान तथा जेठी रानी इन्द्रकुमारीपट्टिका दाजु।
41245 दिग्भ्रम ना. १. दिशा छुट्ट्याउने सम्बन्धमा हुने भ्रम; दिशा पत्ता लाग्न नसक्ने अवस्था वा स्थिति।
41246 दिग्भ्रम ना. २. बाटो भुलाइ; दिशाभ्रम।
41247 दिग्भ्रम ना. ३. अन्योल।
41248 दिग्मण्डल ना. १. दिशाहरूको समूह।
41249 दिग्मण्डल ना. २. सम्पूर्ण दिशा।
41250 दिग्वस्त्र वि. दिशा नै कपडा भएको; नाङ्गो; दिगम्बर।