Dictionary

All Word

41301 दिनान्ध वि. २. लाटोकोसेरो; हुचिल; उल्लु।
41302 दिनिका ना. दिनभर काम गरेबापत पाइने पारिश्रमिक; एक दिनको ज्याला; दिनभरको मजुरी।
41303 दिने वि. १. दिनसम्बन्धी; दिनको (पाँचदिने, दशदिने,पन्ध्रदिने इ.) [दि+नु+ए]
41304 दिने वि. २. कुनै चिज प्रदान गर्ने।
41305 दिनेश ना. दिनका देवता; सूर्य।
41306 दिनैपिच्छे क्रि.वि. प्रतिदिन; दिन दिन; दिनहुँ; सधैँ।
41307 दिनौँधी ना. दिनमा आँखा देख्न नसक्ने रोग; दिवान्ध हुने रोग।
41308 दिपाङ ताल ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत गण्डकी अञ्चलको कास्की जिल्लामा पर्ने प्रसिद्ध एक ताल।
41309 दिब्बे वि. राम्रो; तेजिलो; दिव्य।
41310 दिब्बे बाह्र वर्ष ना. पूरा बाह्र वर्ष।
41311 दिब्री ना. टिन वा कसकुट आदि धातुको सानो टोक्रीको मुखमा पारिने छेडमा सलेदो लगाउने प्वालसहितको बिर्को भएको मट्टितेल बाल्ने बत्ती; ढिब्री; कुपी; टुकी।
41312 दिमाग ना. १. गिदी; मस्तिष्क; मगज; खोपडी।
41313 दिमाग ना. २. बौद्धिक वा मानसिक क्षमता; विवेकशक्ति; चेतना।
41314 दिमाग ना. ३. अभिमान; अहङ्कार;घमन्ड; सेखी।
41315 दिमागदार वि. १. दिमाग भएको; ज्ञान वा तर्कशक्ति भएको; समझदार।
41316 दिमागदार वि. २. सेखी गर्ने; घमन्डी; दिमागी।
41317 दिमागी वि. १. दिमागसँग सम्बन्धित; दिमागको; मगजदार।
41318 दिमागी वि. २. अभिमानी; घमन्डी।
41319 दिमागी वि. ३. दिमाग भएको; समझदार; जेहेनदार।
41320 दियत ना. ज्यानमाराबाट मारिनेका परिवारले हर्जानास्वरूप पाउने धन; ज्यानको क्षतिपूर्तिका रूपमा मर्नेका परिवारलाई दिइने सम्पत्ति।
41321 दियाइ ना. दिने भाव, क्रिया वा प्रक्रिया।
41322 दियाइनु क.क्रि. दिन लाइनु; दिलाइनु।
41323 दियाउनु प्रे. क्रि. दिन लाउनु; दिलाउनु।
41324 दियाल ना. लेकतिर पाइने, बोक्रा र तेल औषधीका रूपमा प्रयोग गरिने, देवदारका जातको एक रुख; दियालो।
41325 दियाल तेल ना. दियाल वा दियालाको खोटोबाट बन्ने तेल; तारपिन तेल।
41326 दियाली ना. १. सानो दियालो। वि.
41327 दियाली ना. २. प्रकाश दिने;उजेली।
41328 दियाल काठ ना. दियालो बाल्ने काठ;उजेलीकाठ।
41329 दियाले वि . दियालो भएको; दियालाको।
41330 दियाले काठ ना. खोटो र दियालो हुने, सिम्टा फल्ने काठ;खोटे सल्लो; सल्लो; उजेलीकाठ।
41331 दियाले चरो ना. एक जातको चरो।
41332 दियाले च्याउ ना. माटामा पलाउने, दियाले जस्तै पहेँल्छ्या रङको छोटो डाँठ हुने र डल्लो आकारको, खान हुने एक जातको च्याउ।
41333 दियालो ना. खोटे सल्लो छिप्पिएपछि खोटोले भरिएर रातो रङको देखिने र झरझर गरेर बल्ने चुरो वा आँखो; बत्तीको सट्टा उज्यालो बाल्ने काममा प्रयोग गरिने त्यसैको चोइटो।
41334 दियो ना. १. तिल, तोरी आदिको तेल वा घिउ हाली धागोको सलेदोमा बत्ती बाल्ने, माटो वा धातुबाट बनाइएको कचौरीका आकारको सानो भाँडो; दीपदानी।
41335 दियो ना. २. बत्ती।
41336 दियो घर ना. १. साँझको दियो वा बत्ती बाल्न प्रायः भान्सामाथि बनाइएको पूर्वतिर फर्काएर दियो राखिने ठाउँ।
41337 दियो घर ना. २. ठुलठुला उत्सवमा ननिभोस् भन्नाका निम्ति बत्ती छोप्न बनाइएको ऐनाघर।
41338 दिल ना. १. अन्तस्करण; मन; चित्त।
41339 दिल ना. २. हृदय; मुटु।
41340 दिलखुस वि. मन बहलाउने खालको;दिललाई प्रसन्न पार्ने।
41341 दिलचस्प वि. चासो लाग्ने; मनपर्दो; मनलाई लोभ्याउने;मनोरञ्जक; मनोहर।
41342 दिलचस्पी ना. १. कुनै वस्तु वा विषयप्रति जाग्ने अभिरुचि; इच्छा;आकर्षण।
41343 दिलचस्पी ना. २. कुनै वस्तुमा भएको मनलाई लोभ्याउने गुण।
41344 दिलदार वि. १. राम्रो दिल वा उदारता भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी।
41345 दिलदार वि. २. रसिक स्वभावको; रउसे।
41346 दिलदार वि. ३. दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति)।
41347 दिलबहलाउ ना. दिल बहलाउने वा मनलाई आनन्द दिने काम; मनोरञ्जन;आमोदप्रमोद; लहडबाजी; दिलबहादुर।
41348 दिलबहार ना. १. दिलबहलाउ। वि.
41349 दिलबहार ना. २. मन रमाउने; मनोरञ्जक।
41350 दिलरुवा वि. १. रमाइलो लाग्ने; मनोरञ्जक।