Dictionary

All Word

41451 दीननाथ ना. २. ईश्वर।
41452 दीनबन्धु वि. १. दीन दुःखीहरूलाई सहायता गर्ने; दीनहरूका उद्धारक। ना.
41453 दीनबन्धु वि. २. परमेश्वर।
41454 दीनवत्सल ना. दुःखीहरूमाथि मायादया गर्ने; दीनदयालु।
41455 दीनानाथ ना. दीनदुःखीहरूको रक्षा गर्ने; दीननाथ।
41456 दीनार ना. १. सुनको सिक्का; सुवर्णमुद्रा; असर्फी।
41457 दीनार ना. २. सुनका गहना।
41458 दीनार ना. ३. इरान, इराक आदि देशका मुद्राको नाम।
41459 दीप ना. १. घिउ, तिलको तेल आदिमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवताअनुसार प्रयोग हुने तीनसुते, पाँचसुते, आठसुते, नौसुते आदि धागाको त्यान्द्रो; बत्ती।
41460 दीप ना. २. मसान; चिराक।
41461 दीप ना. ३. कुनै कुल वा वंशको सर्वश्रेष्ठ पुरुष।
41462 दीप ना. ४. दियो; दीपक।
41463 दीपक ना. १. दीप; बत्ती।
41464 दीपक ना. २. काव्यमा प्रस्तुत र अप्रस्तुत दुवै विषयको समान धर्मको वर्णन हुने एक अर्थालङ्कार।
41465 दीपक ना. ३. मध्यम स्वर तीव्र गरेर निषाद स्वर वर्जित गरी बाँकी स्वरलाई शुद्ध रूपमा ल्याई शास्त्रअनुसार रात्रिको प्रथम प्रहर र वसन्त ऋतुमा गाइने षाडव-जातिको एक राग। वि.
41466 दीपक ना. ४. तेजिलो पार्ने; उज्ज्वल पार्ने।
41467 दीपकिट्ट ना. बत्ती बल्नाले आउने धुवाँ जम्मा भएर लागेको मोसो;गाजल।
41468 दीपकुपी ना. बत्ती बाल्ने भाँडो; दीपपात्र; टुकी;ढिब्री।
41469 दीपङ्कर ना. मध्यकालीन इतिहासमा भारतबाट नेपाल हुँदै भोटमा गएर जीवन बिताउने तन्त्रवादी बौद्धाचार्य।
41470 दीपदान ना. आराध्य देवताको अघिल्तिर बत्ती बाल्ने काम; देवताका सम्मुख गरिने आरती।
41471 दीपदानी ना. बत्ती बाल्ने भाँडो; पानस।
41472 दीपन ना. १. उज्यालो पार्नका निम्ति बत्ती आदि बाल्ने काम।
41473 दीपन ना. २. जठराग्निलाई उद्दीप्त गर्ने काम।
41474 दीपन ना. ३. पाचनशक्ति बढाउने काम।
41475 दीपन ना. ४. कुनै विचार वा भावनाको उत्तेजन।
41476 दीपगण ना. १. जठराग्निलाई तीव्र पार्ने पदार्थको एक वर्ग।
41477 दीपगण ना. २. भोक जगाउने औषधीको वर्ग।
41478 दीपनीय वि. १. उज्यालो पार्न उपयुक्त; बाल्न सकिने; प्रकाश्य।
41479 दीपनीय वि. २. उत्तेजित वा तीव्र पार्न योग्य; उत्तेजनीय।
41480 दीपमाला / दीपमालिका ना. बत्तीको पङ्क्ति वा लहर; दीपावली।
41481 दीपस्तम्भ ना. १. बत्ती बाल्ने भाँडो; पानस।
41482 दीपस्तम्भ ना. २. तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप।
41483 दीपस्तम्भ ना. ३. जहाजको मार्ग-निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ।
41484 दीपाधार ना. दीपस्तम्भ; पानस।
41485 दीपावली ना. १. बत्तीहरूको पङ्क्ति; दीपमाला, दिवाली।
41486 दीपावली ना. २. कार्तिक कृष्णपक्षको औँसीको दिन लक्ष्मीको आराधनाका निम्ति घरघरमा बत्ती बालेर मनाइने उत्सव; लक्ष्मीपूजाका दिनको उत्सव।
41487 दीपावली ना. ३. तिहार।
41488 दीपावली ना. ४. खुसीयालीका बेलामा धेरै बत्ती बालेर मनाइने पर्व वा उत्सव।
41489 दीपिका ना. १. सानो बत्ती।
41490 दीपिका ना. २. कुनै कठिन ग्रन्थको टीका वा पुस्तक।
41491 दीपित वि. १. धपक्क बलेको; दीप्त; प्रज्वलित।
41492 दीपित वि. २. उत्तेजित।
41493 दीपोत्सव ना. बत्ती बालेर मनाइने पर्व वा उत्सव; दीपावली।
41494 दीप्त वि. १. बलेको; प्रज्वलित; दीपित।
41495 दीप्त वि. २. झलमल्ल परेको; चहकिलो; झरिलो। ना.
41496 दीप्त वि. ३. सुन; सुवर्ण।
41497 दीप्त वि. ४. आगो।
41498 दीप्ति ना. १. दीप्त हुनाको भाव वा अवस्था; प्रकाश; उज्ज्वलता।
41499 दीप्ति ना. २. प्रभा; क्रान्ति;तेज।
41500 दीप्ति ना. ३. शोभा; छवि; सौन्दर्य।