Dictionary

All Word

41601 दुईचम्के ना. सट्टापट्टा गरेर गरिने विवाह; छोरीबेटी साटासाट गरेर गरिने विवाह।
41602 दुईचुल्ठे वि. १. दुई चुल्ठो पारी बाटिएको। ना.
41603 दुईचुल्ठे वि. २. दुई चुल्ठो पारी बाटिएको कपाल।
41604 दुईछापे वि. राणाशासनको समयमा श्री ३ महाराज र कमान्डर इन चिफको छाप लागेको (सनद)।
41605 दुईजातको / जाते वि. ठिम्मल; ठिमाहा।
41606 दुईजिब्रे / जिभ्रे वि. १. बोलीको ठेगान नभएको; बेठेगानको कुरा गर्ने।
41607 दुईजिब्रे / जिभ्रे वि. २. दुई जिभ्रो भएको। ना.
41608 दुईजिब्रे / जिभ्रे वि. ३. सर्प।
41609 दुईजिउकी वि. गर्भवती; दोजिया।
41610 दुईतले वि. दुई तला भएको; दोतला (घर)।
41611 दुईथुने वि. दुई थुन भएको ( बाख्रो, भेडो, मृग आदि)।
41612 दुईधारे वि. दुई प्रकारका विचारधारामा लाग्ने; वैचारिक दृढता नभएको; दोधारे।
41613 दुईदुना / दुने वि. दुईले दुईलाई गुन्दा हुने (अङ्क वा सङ्ख्या)।
41614 दुईनम्बर ना. प्रचलित नियम कानुनको विपरीत कार्य वा पेसा; अवैध कार्य।
41615 दुईनम्बरी वि. अवैध कार्य, पेसा वा व्यापार गर्ने।
41616 दुईपाखे वि. १. दुई पाखो अर्थात् छाना हालिएको (घर)। ना.
41617 दुईपाखे वि. २. आमाबाबु दुवै भएका, बिहे गरिने केटा वा केटी।
41618 दुईपात वि. दुई गुना; दुगुना; दोबर।
41619 दुईपाते वि. उम्रँदा दुई पात देखिने; दुई पात भएको ( बिरुवा)।
41620 दुईपोइले वि. ब्याइते लोग्ने छाडी अर्कोसँग पोइल गएकी (स्त्री)।
41621 दुईफेरे वि. दुई फेरो मोरेको; दुई फेरो भएको।
41622 दुईफेरे रोटा ना. पहिलेको चलनमा दुई फेरो हालेर पकाइएको रोटी।
41623 दुईमुखे वि. १. दुईमुख भएको; दुईजिभ्रे।
41624 दुईमुखे वि. २. पकाउँदा दुईतिर भाँडा बसाउन हुने (चुलो)।
41625 दुईसुरे वि. १. चित्त स्थिर नभएको; विचारधारा परिवर्तन गरिरहने; दोधारे।
41626 दुईसुरे वि. २. कुनै कुराको निर्णय गर्न नसक्ने; अडिलो विचार नभएको (व्यक्ति)।
41627 दुकान ना. बिक्री गर्ने उद्देश्यले सरसामान राखिएको दलान वा घर; बिक्रीस्थल; पसल।
41628 दुकानदार ना. १. दुकान गरेर कामकारोबार चलाउने मान्छे; पसले। वि.
41629 दुकानदार ना. २. पसलमा बस्ने; दुकान गर्ने।
41630 दुकानदारी ना. १. दुकान गर्ने पेसा भएको मान्छे; दुकानदार। वि.
41631 दुकानदारी ना. २. दुकानदारसम्बन्धी; दुकानदारको।
41632 दुकूल ना. १. शरीरको कम्मरभन्दा माथि कानसमेत ढाकिने हिसाबले ओढिने बर्को; रेसमी पछ्यौरा।
41633 दुकूल ना. २. कपडा; लुगाफाटो।
41634 दुक्ख ना. दुःख; दुख।
41635 दुक्खी वि. दुःखी।
41636 दुख्नु अ.क्रि. १. शारीरिक वा मानसिक पीडा हुनु; कष्ट हुनु; दुःख हुनु।
41637 दुख्नु अ.क्रि. २. जरो, शूल आदिले पीडित हुनु; बिरामी पर्नु; थलिनु।
41638 दुख्नु अ.क्रि. ३. घाउ, खटिरा आदि डहनु।
41639 दुख ना. दुःख, दुक्ख।
41640 दुखजिलो / जिउलो ना. दुःखसँग मात्र वा जसोतसो गरेर जीवन व्यवहार वा काम; कष्टपूर्वकको निर्वाह।
41641 दुखपिराउ ना. १. दुःखपीडा; पिरपिराउ।
41642 दुखपिराउ ना. २. रोगव्याध।
41643 दुखबिराम ना. रोगव्याध।
41644 दुखमनाउ ना. असन्तोष जाहेर गर्न दुःख मान्ने काम; कष्टको जनाउ।
41645 दुखसान्ती ना. १. काम गरेअनुसार दिइने, पाइने केही वेतन वा स्वल्प पारिश्रमिक। क्रि.वि.
41646 दुखसान्ती ना. २. मिहिनेत गरेअनुसार; दुःख गमुताबिक।
41647 दुखसास्ती ना. १. कुनै काम गर्दा दुःख गरेबापत दिइने, पाइने वा हुने लाभ; त्यस्तो पारिश्रमिक वा ज्याला।
41648 दुखसास्ती ना. २. दुःख गरेअनुसारको धेरथोर आय; दुःखसान्ती।
41649 दुखसास्ती ना. ३. दुःख र शासना।
41650 दुखाइ ना. १. दुख्ने भाव, क्रिया वा प्रक्रिया। [ दुखाउ + आइ]