Dictionary

All Word

41651 दुखाइ ना. २. दुखाउने भाव क्रिया वा प्रक्रिया।
41652 दुखाइनु क.क्रि. यातना दिइनु; दुख्ने गराइनु।
41653 दुख पिराइ ना. दुःख र पीडा; दुखपिराउ।
41654 दुखाउनु स.क्रि. दुख्ने गराउनु; कष्ट दिनु; पीडित गराउनु; असन्तुष्ट पार्नु।
41655 दुखिनी वि . दुःखमा परेकी; दुःख पाएकी, दुःखी (स्त्री)।
41656 दुखिया वि . निर्धन; दुःखी।
41657 दुखी वि . दुःख पाएको; दुःखी।
41658 दुखीदाखी वि. दुःखमा परेको;दुःखी; दरिद्र।
41659 दुखेसो ना. १. दुःखी जिन्दगी वा कष्टप्रद जीवन;दुखजिलो; दुखजिउलो।
41660 दुखेसो ना. २. सुखदुःखका कुराकानी; गन्थन।
41661 दुख्याहा वि. १. जीवननिर्वाह गर्न गाह्रो परेको; दुखजिलो गरेर जीवन बिताउने।
41662 दुख्याहा वि. २. दुःख पाएको वा दुःख पाउने; दुःखी।
41663 दुगुन वि. १. गानबजानमा आरम्भिक लयभन्दा दोबर गति हुने स्थायी लय।
41664 दुगुन वि. २. दुगुना; दुना।
41665 दुगुना वि. दुईले गुणा गरिएको; दुई गुना; दोबर।
41666 दुगुर्नु अ.क्रि. १. हतारहतार गर्दै दौडनु; छिटो छिटो हिँड्नु; कुद्नु।
41667 दुगुर्नु अ.क्रि. २. दौडने काममा भाग लिनु।
41668 दुगुर्नु अ.क्रि. ३. भाग्नु।
41669 दुगुराइ ना. दुगुर्ने भाव, क्रिया वा प्रक्रिया।
41670 दुगुराइनु क.क्रि. दौडाइनु; कुदाइनु।
41671 दुगुराउनु प्रे. क्रि. १. दुगुर्न लाउनु; कुदाउनु।
41672 दुगुराउनु प्रे. क्रि. २. भगाउनु।
41673 दुगुरादुगुर ना. १. सामूहिक दुगुराइ; दगुरादगुर।
41674 दुगुरादुगुर ना. २. आपत् परेको बेला सामूहिक रूपले दौडने र भाग्ने काम।
41675 दुगुरिनु क.क्रि. हतार हतार गरेर कुदिनु; दौडिनु।
41676 दुग्ध ना. १. दुध; ओलिन। वि.
41677 दुग्ध ना. २. दुहेको।
41678 दुग्धफेनी ना. गोठाले साग।
41679 दुग्ध व्यवसाय ना. दुधको बिक्री, वितरणको कारोबारसम्बन्धी पेसा;दुधको व्यवसाय।
41680 दुग्धशाला ना. प्रशोधन गरी ग्राहकहरूमा वितरण गर्नाका निम्ति जम्मा गरिने दुधको भण्डार; डेयरी।
41681 दुग्धशूल ना. स्तन वा थुनको मुन्टो दुख्ने एक रोग; थुनेलो।
41682 दुग्ध समुद्र ना. पुराणप्रसिद्ध सप्तसागरमध्ये एक; क्षीरसागर।
41683 दुग्धसार ना. दुधबाट सारका रूपमा निस्कने तत्त्व; नौनी; मक्खन।
41684 दुग्धिका ना. दुधे झार।
41685 दुग्धी वि. १. दुध भएको; दुधले युक्त। ना.
41686 दुग्धी वि. २. दुधे घाँस।
41687 दुङदुङ क्रि.वि. १. खुट्टा बजारेर हिँड्दा शब्द आउने गरी।
41688 दुङदुङ क्रि.वि. २. लाठी वा मुड्कीले बेसरी ठटाउने किसिमले।
41689 दुङदुङ क्रि.वि. ३. त्यसरी हान्दा शब्द आउने गरी।
41690 दुङदुङ क्रि.वि. ४. बन्दुक, तोप, कर्तु पड्कँदा आवाज आउने गरी।
41691 दुङदुङ क्रि.वि. ५. एकदमै लड्ने, पल्टिने वा बज्रिने गर्दा आवाज आउने चालसँग।
41692 दुङदुङती /दुङदुङी क्रि.वि. अझै दुङदुङ हुने गरी।
41693 दुङदुङे ना. लसुनका जस्तै चेप्टा तर निकै साना पात हुने त्यस्तै केही हल्का बास्ना आउने मसलाका रूपमा प्रयोग गरिने, लेकमा हुने एक प्रकारको झार।
41694 दुच्छर वि. १. दुष्ट स्वभाव भएको; खराब।
41695 दुच्छर वि. २. मुखको छुच्चो;मुखाले;दुर्मुखा।
41696 दुच्छरपन / पना ना. दुच्छर हुनाको स्वभाव वा अवस्था; तह नलाग्ने चाल; दुष्ट स्वभाव वा बानी।
41697 दुण्डुक ना. धेरैजसो पानीमा बस्ने र विष नलाग्ने एक जातको सर्प; पानीसाँप।
41698 दुतिय वि. दोस्रो।
41699 दुतिया ना. शुक्लपक्ष वा कृष्णपक्षको दोस्रो तिथि; द्वितीया।
41700 दुत्कार ना. कसैलाई उपेक्षाका साथ परपर भगाउन खोज्ने काम; तिरस्कार;फट्कार।