Dictionary

All Word

41701 दुद ना. १. आइमाईको स्तन।
41702 दुद ना. २. दुग्ध; दुध।
41703 दुदु ना. १. दुध (बालबोलीमा )।
41704 दुदु ना. २. साना र लाम्चा पात हुने, अचार खान प्रयोग गरिने एक प्रकारको साग।
41705 दुदेलो ना. सधैँ हरियो रही हिउँदमा पनि पात नझर्ने, हरियै फूल फुल्ने र पहेँलो वा रातो फल लाग्ने भित्र काठ पसेको एक प्रकारको लहरो; दुधे लहरो।
41706 दुध ना. १. स्तनपायी प्राणीका स्त्रीजातिका स्तनबाट बच्चालाई खुवाउन निस्कने सेतो वा हल्का पहेँलो रङको पौष्टिक तरल पदार्थ; दुग्ध; ओलन; दुध।
41707 दुध ना. २. स्त्रीजातिका छातीमा हुने दुई मांसपिण्ड; कुच; स्तन। ३ पुरुषजातिका त्यस्तै अवयव।४. बस्तुभाउको दुध रहने फाँचो; कल्चौँडो; त्यस फाँचोबाट आउने सेतो तरल पदार्थ।
41708 दुध ना. ५. फलफूल र रुखपातबाट आउने सेतो तरल पदार्थ; चोप।
41709 दुधकटुवा वि. आमाको दुध पर्याप्त समयसम्म खान नपाएको; कारणवश दुध खानबाट वञ्चित भएको (बालक)।
41710 दुधकमल ना. दुध जस्तै सेतो हुने र रुखमा फुल्ने एक थरी फूल।
41711 दुधकेवँरा ना. सेतो फूल फुल्ने एक जातको केवँरा; सेतो केवँराको फूल।
41712 दुधकोसी ना. नेपालको पूर्वोत्तर भेगमा पर्ने महालङ्गुर हिमालयबाट निस्की सुनकोसीमा मिल्ने एक नदी; सप्तकोसीमध्ये एक।
41713 दुधखुवा ना. नौनी झिकिसकेपछि फटाएर बनाइएको दुधको पदार्थ; छुर्पी; दुर्खा।
41714 दुधगन्धक ना. सेतो रङको गन्धक।
41715 दुधगाभो ना. एकदमै सेतो गुभा हुने एक प्रकारको गाभो।
41716 दुधदानी ना. दुधको मुन्टाको आकारको प्लास्टिक वा सिसीको एकापट्टि मुन्टो लगाई बालकलाई दुध खुवाउने भाँडो।
41717 दुधपोखरी ना. नेपालको मध्यपश्चिम भागको चेपे नदीको शिरमा पर्ने जनैपूर्णिमाका दिन मेला लाग्ने एक तीर्थ; दुधकुण्ड।
41718 दुधबरी ना. दुधबाट बनाइने, डल्ला भएको एक प्रकारको रसदार मिठाई।
41719 दुधमुखा / मुखे वि. आमाको दुध खाँदै गरेको; दुध नछुटेको; दुधे (बालक)।
41720 दुधराज ना. १. रोपेको नब्बेदेखि सय दिनका बिचमा पाक्ने, एकदमै सेतो चामल हुने एक जातको धान।
41721 दुधराज ना. २. टाउको कालो, शरीर सेतो र कल्कीजस्तो लामो पुच्छर हुने एक जातको चरो।
41722 दुधलिङ्ग ना. एउटै दुध खाने आमाका दिदीबहिनीपट्टिका सन्तान; भान्जाभान्जी।
41723 दुधारो ना. १. दुध दुहुने ढुङ्ग्रो; गबुवा; ढुङ्ग्रो; दुधेरो।
41724 दुधारो ना. २. दुधको धारो।
41725 दुधालु वि. १. प्रशस्त दुध दिने; दुध दिने सन्तानको।
41726 दुधालु वि. २. दुध आउने।
41727 दुधिलो वि . १. दुध भएको; दुध आउने। ना.
41728 दुधिलो वि . २. डुम्रीका जस्तै पात र कलिला हाँगा हुने, पात भाँच्दा चोप आउने वस्तुलाई डाले घाँस खुवाइने एक बोट।
41729 दुधिलो वि . ३. दुध आउने एक प्रकारको झार; दुधे।
41730 दुधे आन्द्रो ना. खाएको दुध पाकस्थलीमा जाने आन्द्रो; ज्यादै नाजुक र कोमल आन्द्रो।
41731 दुधे ओठ ना. कलिलो, नरम ओठ।
41732 दुधे कर्कलो ना. हरियो, पहेँलो पात र नरम सेता डाँठ हुने,नकोक्याउने एक जातको कर्कलो।
41733 दुधे खरी ना. दुधजत्तिकै सेतो हुने एक जातको खरी ढुङ्गो।
41734 दुधे गाला ना. आमा वा धाईआमाको दुध चुसेर पुट्ट मोटाएको गाला; कलिलो गाला।
41735 दुधे घाँस ना. दुधे; दुग्धी।
41736 दुधे च्याउ ना. प्रायः रुखमा उम्रिने पहेँलो र फुस्रो रङको खान हुने एक जातको च्याउ।
41737 दुधे झार ना. १. वरिपरि करौँतीको जस्तो धार भएका खस्रा पात हुने, सेता गुच्छाकार फूल फुल्ने, हरिया रङका मसिना फल फल्ने, डाँख्ला र पात चुडिँदा दुध आउने एक जातको झार; भुइँदुधिलो; दुधे।
41738 दुधे झार ना. २. पीपलका जस्ता मसिना पात र चिल्ला डाँठ हुने, राता,सेता फूल फुल्ने, नालुका जस्ता दाना लाग्ने र चुडिँदा दुध आउने एक बर्खे झार; तितेझार।
41739 दुधे पिँडालु ना. काँचै खाँदा पनि नकोक्याउने एक जातको पिँडालु।
41740 दुधे बालक ना. आमाको दुध चुस्ने अवस्थाको बालक।
41741 दुधे बिराली ना. बिदारी कन्दका जातको, चोप निस्कने एक प्रकारको लहरो; त्यस्तै लहराको कन्द; बिदारीकन्द।
41742 दुधे भाइ आफूलाई दुध खुवाउने धाईको छोरो; बुबूको छोरो; दुधका नाताको भाइ।
41743 दुधे मरुई ना. लाम्चा आकारका ठुलठुला पात हुने, सेतो फूल फुल्ने र दुध निस्कने, लाम्चा फल लाग्ने एक लहरो; सोही लहराको फल;मोरट।
41744 दुधे लहरो ना. लाम्चा, हरिया पात हुने सेता जातको फूल फुल्ने, दुध निस्कने, आयुर्वेदअनुसार कुष्ठ, जरो, प्रदर आदि रोगमा हित गर्ने, कालो र सेतो दुई भेद भएको, एक जातको लहरो; त्यसैको फल।
41745 दुधे वि. १. दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो।
41746 दुधे वि. २. दुध खाने; दुधमुखे (बालक)। ना.
41747 दुधे वि. ३. सेल पकाउँदा मोटो पार्न पिठोमा रस मिसाइने एक थरी बोट।
41748 दुधे वि. ४. दुध आउने रुख।
41749 दुधे वि. ५. फापरका जस्तै तर तीन खण्डमा छुट्टिने दाना लाग्ने, बाटुला पात हुने, पात र डाँख्ला भाँच्दा दुध निस्कने, बस्तुले घाँस खाने एक झार; भुइँदुधिलो।
41750 दुधेरो ना. गाईभैँसी दुहुने काठ वा धातुको भाँडो; ढुङ्ग्रो;गबुवा।