Dictionary

All Word

41801 दुम्बा ना. पुच्छरको झुप्पो जाँताको फग्ल्याँटाजस्तो हुने एक जातको भेडो।
41802 दुम्सी काँढे वि. दुम्सीको कँडाजस्तो; (धान आदिको पोटाएको (गाभो)।
41803 दुम्सी ना. १. जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनु हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङसिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्ने स्तनपायी वन्यजीव दम्सी।
41804 दुम्सी ना. २. रातमा बालीनाली सखाप पार्ने र दिनमा ठुलठुला ओडार वा गुफामा बस्ने काँडादार जङ्गली जनावर।
41805 दुम्से ना. दुम्सीका काँडा जस्तै चुच्चो सुइरा हुने धानको एक जात।
41806 दुम्स्यैलो वि. अलिअलि भिरालो वा थोरथोरै ओरालो परेको ठाउँ, पाखो आदि); दम्स्याइलो।
41807 दुयेक वि. एकदुइटा मात्र; साह्रै कम्ती सङ्ख्याको।
41808 दुरतिक्रमण वि. १. अतिक्रमण गर्न नसकिने; जित्न नसकिने।
41809 दुरतिक्रमण वि. २. नाघ्न नसकिने; दुर्लङ्घ्य।
41810 दुरत्यय वि. पार हुन नसकिने; तरिनसकिने;दुस्तर।
41811 दुरदुर वि. बो. १. घृणा लागेर वा मन नपर्नाले टाढा पन्छाउन खोज्दा उद्गार व्यक्त गरिने शब्द; दुर्दुर। वि.
41812 दुरदुर वि. बो. २. हेला गरिएको; घिनाउँदो।
41813 दुरधिगम वि. १. मुस्किलसँग मात्र जानिने; दुर्ज्ञेय।
41814 दुरधिगम वि. २. ठुलो परिश्रमले मात्र पाउन सकिने; दुष्प्राप्य।
41815 दुरन्त वि. १. परिणाम नराम्रो हुने; खराब परिणाम भएको; अशुभ।
41816 दुरन्त वि. २. पार पाइनसकिने; अपार।
41817 दुरन्त वि. ३. अन्त पत्ता लाउन नसकिने; अनन्त।
41818 दुरन्त वि. ४. एकदमै ठुलो आकारको; बडेमाको।
41819 दुरन्त वि. ५. जान नसकिने; दुर्गम।
41820 दुरन्त वि. ६. डरलाग्दो; घोर; भीषण।
41821 दुरन्त वि. ७. राम्रो ज्ञान गर्न नसकिने; दुर्ज्ञेय।
41822 दुरन्त वि. ८. दुष्ट स्वभाव भएको; खल।
41823 दुरभियोजन ना. कसैलाई विनाकारण हानि पुऱ्याउने हिसाबले गोप्य रूपमा गरिने कारबाई; गुप्त अभियोग।
41824 दुरभिसन्धि ना. खराब उद्देश्य लिएर गरिएको गुप्त सम्झौता; षड्यन्त्रपूर्ण सन्धि।
41825 दुरवस्था ना. १. दुःख, कष्ट, दरिद्रता आदि कारणले भएको नराम्रो अवस्था; दुर्दशा।
41826 दुरवस्था ना. २. दुर्गति; दुष्परिणाम; दयनीय स्थिति।
41827 दुरा ना. नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गरी आएको, आफ्नै भाषासंस्कृति भएको तर त्यसलाई बिस्तारै बिस्तारै भुल्दै गएको एक जाति; नेपालको एक अल्पसङ्ख्यक जाति।
41828 दुरागम ना. अनुचित किसिमले हुने प्राप्ति।
41829 दुराग्रह ना. १. अनुचित तरिकाबाट कुनै कुरामा गरिने ढिपी; लिँडे ढिपी; अड्डी; जिद्दी।
41830 दुराग्रह ना. २. गलत कामकुरामा गरिने आग्रह वा ढिपी।
41831 दुराग्रही वि. दुराग्रह गर्ने; हठी; जिद्दीवाल।
41832 दुराचरण ना. नराम्रो चालचलन; दुराचार।
41833 दुराचार ना. १. नराम्रो आचरण; अशोभनीय चालचलन। वि.
41834 दुराचार ना. २. नराम्रो व्यवहार वा शीलस्वभावको; दुराचारी।
41835 दुराचारी वि. दुराचार गर्ने; खराब चालचलन भएको; कुकर्मी।
41836 दुरात्मा वि. मनमा कालो भएको; खराब स्वभावको; कपटी।
41837 दुराधर्ष वि. १. मुस्किलले नियन्त्रणमा ल्याउन वा दमन गर्न सकिने।
41838 दुराधर्ष वि. २. प्रचण्ड; उग्र; विकट। ना.
41839 दुराधर्ष वि. ३. पहेँलो सर्सिउँ।
41840 दुराधर्ष वि. ४. विष्णुको एक नाम।
41841 दुराधर्षता ना. १. दुराधर्ष हुनाको भाव वा अवस्था।
41842 दुराधर्षता ना. २. प्रचण्डता; उग्रता।
41843 दुरान ना. दोस्रो अवाइ; द्विरागमन; दुलान।
41844 दुरालम्भ वि. पाउन मुस्किल भएको; दुष्प्राप्य।
41845 दुरालाप ना. १. खराब वा नचाहिँदो कुरो।
41846 दुरालाप ना. २. दुर्वचन; गाली।
41847 दुराशय ना. १. खराब आशय; नराम्रो अभिप्राय।
41848 दुराशय ना. २. नराम्रो आशय राख्ने मानिस; दुरात्मा। वि.
41849 दुराशय ना. ३. मनमा खराब विचार राख्ने; कपटी।
41850 दुराशा ना. १. असम्भव कुराहरूमा गरिने आशा; पूरा नहुने आशा।