Dictionary

All Word

41901 दुर्गा ना. ३. नौ वर्षकी कन्या वा कुमारी।
41902 दुर्गा पूजा ना. १. दुर्गाको पूजा; दुर्गार्चना।
41903 दुर्गा पूजा ना. २. हिन्दूहरूबाट आश्विन शुक्लपक्षको प्रतिपदादेखि नवमीसम्ममा दुर्गाको प्रतिमा स्थापित गरेर गरिने पूजन।
41904 दुर्गाध्यक्ष ना. दुर्गको मालिक; दुर्गपति।
41905 दुर्गार्चना ना. दुर्गादेवीको पूजा र आराधना।
41906 दुर्गुण ना. १. कुनै पनि व्यक्तिमा हुने खराब स्वभाव वा अरूको हानिनोक्सानी गर्ने, गराउने दूषित क्रियाशीलता।
41907 दुर्गुण ना. २. कुनै पदार्थमा विकार उत्पन्न गराउने दोष।
41908 दुर्गुणी वि. दुर्गुण भएको; नराम्रो गुणले युक्त।
41909 दुर्गेश ना. १. दुर्गका स्वामी।
41910 दुर्गेश ना. २. दुर्गको मुख्य हाकिम।
41911 दुर्गोत्सव ना. आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म दुर्गार्चना आदि गरी मनाइने उत्सव; बडादसैँ;दसैँ।
41912 दुर्ग्रह वि. १. मुस्किलले मात्र समाउन वा ग्रहण गर्न सकिने। ना.
41913 दुर्ग्रह वि. २. अनिष्टकारक वा नराम्रो फल दिने ग्रह।
41914 दुर्घटना ना. १. कुनै व्यक्ति वा वस्तुको हानि वा क्षति हुने आकस्मिक घटना; अपर्झट आइपरेको कष्टपूर्ण वा अशुभ घटना।
41915 दुर्घटना ना. २. हानिनोक्सानी; क्षति; नाश; मृत्यु।
41916 दुर्घटनाग्रस्त वि. दुर्घटनामा परेको; आकस्मिक घटनामा परेर नष्टभ्रष्ट भएको; दुर्घटित।
41917 दुर्घटित वि. १. दुर्घटनामा परेको; दुर्घटनाग्रस्त।
41918 दुर्घटित वि. २. अप्रत्याशित रूपमा वा नराम्रोसँग घटित हुन गएको।
41919 दुर्घात ना. १. मरणान्त हुने गरी लागेको ठक्कर; आघात।
41920 दुर्घात ना. २. खुबसित भएको चुटाइ वा पिटाइ।
41921 दुर्छे वि. १. दुहुँदा लात्ती र सिङ चलाउने र दुध दुहुन नदिने (गाई, लताहा पशु।)
41922 दुर्छे वि. २. दुष्ट स्वभावको; दुर्जन।
41923 दुर्छे वि. ३. दुर्वचन बोल्ने; पचमुखा; मुखाले।
41924 दुर्छ्याइँ ना. दुर्छे हुनाको भाव, क्रिया वा स्वभाव; दुस्ट्याइँ।
41925 दुर्जन वि. १. अर्काको हानिनोक्सानी वा अकीर्ति र अपकार गर्ने स्वभाव भएको; अरूलाई दुःख दिने; बदमास;दुष्ट। ना.
41926 दुर्जन वि. २. दुष्ट व्यक्ति; खराब मान्छे।
41927 दुर्जनता ना. दुर्जन हुनाको भाव वा अवस्था।
41928 दुर्जय वि. जित्न ज्यादै गाह्रो पर्ने; जित्न नसकिने।
41929 दुर्ज्ञेय वि. सजिलोसित जान्न वा बुझ्न नसकिने; मुस्किलले मात्र जानिने; दुर्बोध।
41930 दुर्दम वि. १. मुस्किलले मात्र दमन वा वश गर्न सकिने।
41931 दुर्दम वि. २. प्रबल; प्रचण्ड।
41932 दुर्दमन ना. १. मुस्किलसँग गरिने दमन; कठिनसित गरिने नियन्त्रण। वि.
41933 दुर्दमन ना. २. दुर्दम; दुर्दमनीय।
41934 दुर्दमनीय वि. मुस्किलले मात्र दमन गर्न वा वशमा ल्याउन सकिने; दुर्दम।
41935 दुर्दम्य वि. सजिलो उपायले दमन गर्न नसकिने; दुर्दमन।
41936 दुर्दशा ना. आपत्विपत् परेको अवस्था; खराब हालत; दुर्गति।
41937 दुर्दिन ना. १. खराब वा नराम्रो दिन; दशा लागेको दिन।
41938 दुर्दिन ना. २. बादल लागेको दिन; धुम्म परेको दिन।
41939 दुर्दिन ना. ३. झरीबादल; वर्षा।
41940 दुर्दिन ना. ४. विपत्काल; आपत्तिको समय।
41941 दुर्दुर वि.बो. हे. दुरदुर।
41942 दुर्दृष्टि ना. १. खराब दृष्टि; नराम्रो हेराइ।
41943 दुर्दृष्टि ना. २. कुभलो चिताउने काम।
41944 दुर्दैव ना. १. दुर्भाग्य; अभाग्य।
41945 दुर्दैव ना. २. खराब दिन; कुबेला।
41946 दुर्धर्ष वि. सजिलैसित वशमा गर्न नसकिने; दुर्जेय।
41947 दुर्नाम ना. १. नराम्रो हिसाबले चलेको नाम; कुख्याति; अपवाद; बदनामी। वि.
41948 दुर्नाम ना. २. खराब नाम भएको; बदनाम।
41949 दुर्नामी वि. दुर्नाम भएको; कुख्यात; बदनाम।
41950 दुर्निग्रह वि . दुःखले मात्र वशमा ल्याउन सकिने; सजिलैसँग वशमा ल्याउन नसकिने; अदम्य।