Dictionary

All Word

41751 दुधेलो वि. दुधिलो।
41752 दुन ना. चारैतिर पहाडले घेरिएको वा दुई पर्वतका माझको समतल बेसी; उपत्यका।
41753 दुना वि. १. कुनै मूल सङ्ख्याको दुगुना; दोबर। ना.
41754 दुना वि. २. दोबर, तेबर, चौबर आदिको हिसाब गर्ने गणितीय विधि; दुनोट।
41755 दुनाइ ना. दुनोट।
41756 दुनिनु अ.क्रि. १. दुगुना हुनु; दोब्बर हुनु वा डब्लिनु।
41757 दुनिनु अ.क्रि. २. पसाङ्गिनु; बाङ्गिनु।
41758 दुनिनु अ.क्रि. ३. दोहोरो हुनु; दोब्रिनु।
41759 दुनियाँ गुठी ना. सर्वसाधारण व्यक्तिले धार्मिक कार्य वा समाजसेवाका निम्ति छुट्ट्याएको चलअचल सम्पत्ति (जग्गाजमिन, घर, सुन चाँदी इ.)।
41760 दुनियाँ ना. १. सर्वसाधारण जनसमुदाय; जनता; रैती;प्रजा।
41761 दुनियाँ ना. २. संसार; जगत्; विश्व।
41762 दुनियाँ भाँडा वि. सोझासाझा जनतालाई कुरा लगाएर भाँडभैलो गराउने खालको;दुनियाँलाई बिथोल्ने।
41763 दुनियाँदार ना. १. जनता; प्रजागण; रैती।
41764 दुनियाँदार ना. २. जागिर नभएको व्यक्ति; गैरजागिरदार।
41765 दुनियाँदारी ना. १. दुनियाँदार हुनाको भाव वा अवस्था।
41766 दुनियाँदारी ना. २. सांसारिक चालचलन; लोकव्यवहार।
41767 दुनु ना. दुइटा पात दोब्य्राएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा।
41768 दुनेलो ना. बाँसको गबुवा।
41769 दुनोट ना. कुनै सङ्ख्यालाई एक, दुई, तीन आदि क्रमले गुणन गरेको राशिहरूको सिलसिला वा शृङ्खला; दुनाइ; पहाडा।
41770 दुन्दुभ/दुन्दुभि ना. १. ठुलो दमाहा; नगरा।
41771 दुन्दुभ/दुन्दुभि ना. २. रामायणमा प्रसिद्ध एक राक्षस।
41772 दुन्याइ ना. १. दुनिने वा दोब्रिने क्रिया प्रक्रिया। [दुन्याउ+आइ]
41773 दुन्याइ ना. २. दुन्याउने वा दोब्य्राउने क्रियाप्रक्रिया।
41774 दुन्याइ पट्याइ ना. कपडा दुन्याउने र पट्याउने प्रक्रिया।
41775 दुन्याइनु क.क्रि. दुन्याउन लाइनु।
41776 दुन्याउनु प्रे.क्रि. १. बङ्ग्याउनु; निहुराउनु।
41777 दुन्याउनु प्रे.क्रि. २. पट्याउनु; दोब्य्राउनु।
41778 दुपट्टा ना. १. दुई पाटा वा पत्र भएको,स्वास्नीमानिसको एक प्रकारको ओढ्ने; पछ्यौरा; दुकूल; दोपट्टा।
41779 दुपट्टा ना. २. काँध वा घाँटीमा राखिने लामो कपडा।
41780 दुबली ना. रक्सी पार्दा थाप्ने एक साधन।
41781 दुबिधा यसो हो वा त्यसो हो भन्ने निर्णय नभई दोमन भएको अवस्था; दोधार; दोमन।
41782 दुबेनी ना. दुबो धेरै भएको ठाउँ; दुबो झाङ्गिएको ठाउँ।
41783 दुबो ना. हरियो, लाम्चा र मसिना पात हुने, चार केस्रा परेको आँख्लैपिच्छे जरा हाल्ने प्रसिद्ध लहरे भुईंझार; गणेश, लक्ष्मी आदि देवतालाई फूलका रूपमा चढाइने र चौर, बगैँचा आदि सिँगार्न उमारिने सोही झार वा घाँस।
41784 दुब्लाइ ना. दुब्लाउने भाव, क्रिया वा प्रक्रिया।
41785 दुब्लाइनु अ.क्रि. १. दुब्लाउने होइनु; क्षीण होइनु; हाडछाला मात्र हुनु; दुब्लो हुनु।
41786 दुब्लाइनु अ.क्रि. २. बलबर्गत खतम हुनु; कमजोर हुनु; लिखुरे हुनु।
41787 दुब्लो वि. १. शरीरमा मासु कम भई पातलिएको; सिकुटे; ख्याउटे।
41788 दुब्लो वि. २. बर्गत, बुता नभएको; निर्धो;निर्बल।
41789 दुभी ना. छालामा सेता टाटा देखिने एक प्रकारको रोग; श्वेतकुष्ठ; पाण्डुरोग।
41790 दुमट ना. बलौटे जमिन; दोमट।
41791 दुमो ना. १. कुनै वस्तु अर्कालाई दिँदा सह नजाओस् भन्ने हेतुले झिकेर राखिने थोरै अंश।
41792 दुमो ना. २. जगेडा; अवशेष।
41793 दुमो ना. ३. ज्यादै थोरै अंश वा मात्रा।
41794 दुम्को ना. १. घरको जग खन्ने काम।
41795 दुम्को ना. २. जग खन्ने कामको सुरुवात।
41796 दुम्ची ना. घोडाको पुच्छरमा अड्काइने काठीको अवयव।
41797 दुम्जा ना. नेपालको जनकपुर अञ्चलअन्तर्गत सिँधुली जिल्लामा पर्ने, सुनकोसी र रोसीखोलाका दोभानमा रहेको एक बस्ती।
41798 दुम्जाली वि. १. दुम्जासँग सम्बन्धित; दुम्जाको।
41799 दुम्जाली वि. २. दुम्जामा बसोबास गर्ने; दुम्जावासी।
41800 दुम्जाली वि. ३. दुम्जामा तयार भएको (खाँडी)।