Dictionary

All Word

41851 दुराशा ना. २. खराब कुराको इच्छा वा चाहना।
41852 दुरी ना. एक वस्तुदेखि अर्को वस्तुसम्मको वा एक ठाउँदेखि अर्को ठाउँसम्मको अन्तर; एक दोस्राका बिचको अन्तर; अन्तर;फरक।
41853 दुरीकरण ना. दूर गर्नाको वा टाढा हटाउनाको भाव, क्रिया वा अवस्था।
41854 दुरुखा / दुरुख्वा ना. छुर्पी।
41855 दुरुत्तर ना. १. नराम्रो किसिमको जवाफ; खराब उत्तर। वि.
41856 दुरुत्तर ना. २. सजिलोसित उत्तर दिन नसकिने।
41857 दुरुत्तर ना. ३. राम्ररी उत्तर दिन नसक्ने (व्यक्ति)।
41858 दुरुत्साह ना. १. अनुचित वा नराम्रो प्रकारको उत्साह; दुःसाहस।
41859 दुरुत्साह ना. २. गर्न नहुने कामकारबाईमा उत्साहित हुने काम।
41860 दुरुत्साहन ना. अरूलाई कानुनी वा नैतिक दृष्टिले अवैध कार्य गर्न प्रोत्साहित गर्ने काम; खराब काममा उक्साउने चाल।
41861 दुरुत्साहित वि. अनुचित वा नराम्रो काममा उक्साइएको।
41862 दुरुत्साही ना. अनुचित तथा उत्तेजक अपराध गर्नाका लागि अरूलाई उत्साहित गर्ने वा आदेश दिने व्यक्ति।
41863 दुरुपयोग ना. १. धन, शक्ति आदिको उपयोग; अनुचित उपयोग।
41864 दुरुपयोग ना. २. जथाभाबी भएको खर्च।
41865 दुरुपयोग ना. ३. कुनै पनि कामकुरामा फजुल रूपमा उडाइएको खर्च।
41866 दुरुपयोजन ना. सम्पत्ति, स्रोत, साधन आदिको समुचित प्रयोगको अभाव; हिनामिना।
41867 दुरुस्त वि. १. जस्तो हुनुपर्थ्यो त्यस्तै;उस्तै; सदृश; काटीकुटी।
41868 दुरुस्त वि. २. कुनै भत्केबिग्रेको कामकुरा आफूले नगरेको जस्तो पार्ने वा त्यस्तै पारी बनाउने; ठिकठाक; जस्ताको त्यस्तै।
41869 दुरुस्त वि. ३. जिम्मा लाएको कामकुरा तम्तयार पार्ने; रिटिक्क।
41870 दुरुस्त वि. ४. पहिले जस्तो हालतमा थियो त्यस्तै; ज्यूँका त्यूँ।
41871 दुरुस्त वि. ५. उचित; मुनासिब।
41872 दुरुस्ती ना. दुरुस्त हुनाको भाव, अवस्था वा प्रक्रिया।
41873 दुरुस्त्याइँ ना. दुरुस्त हुनाको भाव वा अवस्था।
41874 दुरूह वि. छिटै बुझ्न नसकिने; मुस्किलले मात्र बुझिने, दुर्ज्ञेय;दुर्बोध; अप्ठ्यारो; कठिन; जटिल।
41875 दुरे ना. साना पातला पात हुने, हरियो र पहेँलो फूल फुल्ने; रुखमा बेरिएर बढ्दै जाने एक जातको लहरो।
41876 दुर् उप. नाम, विशेषण आदि शब्दका अगिल्तिर लागेर दोष,खराबी, कठोरता, निन्दा, निषेध, दुःख आदि अर्थ जनाउने एक उपसर्ग (दुर्गम, दुर्व्यववहार, दुर्नाम, दुर्लभ इ.)।
41877 दुर्ग ना. १. प्राचीन समयमा खासखास स्थलको सुरक्षाका निम्ति विशेष गरी पहाडमाथि बनाइएका ठुलठुला किल्ला; ससाना राज्यको राजधानी वा प्रमुख केन्द; कोट; गढी।
41878 दुर्ग ना. २. शत्रुको आवागमन हुन नसक्ने गरी बनाइएका कुनै पनि सुरक्षित स्थान वा किल्ला (जलदुर्ग, वनदुर्ग इ.)।
41879 दुर्ग ना. ३. जान नसकिने बाटो; दुर्गम पथ। वि.
41880 दुर्ग ना. ४. पुग्न नसकिने; जान कठिन; दुर्गम।
41881 दुर्गत वि. १. दुर्गतिमा परेको; बिल्लीबाठ भएको; खराब हातको।
41882 दुर्गत वि. २. दीनहीन अवस्थाको; दुःखी; दीन।
41883 दुर्गति ना. १. खराब अवस्था वा गति; दुर्दशा।
41884 दुर्गति ना. २. आपत्; दुःख;कष्ट।
41885 दुर्गन्ध ना. सडेगलेका वस्तुबाट आउने खराब गन्ध; नाकले नसहने गन्ध।
41886 दुर्गन्धी वि. नराम्रो गन्ध भएको; दुर्गन्ध आउने; गनाउने।
41887 दुर्गपति ना. किल्ला, सिमाना, गढी आदिको रक्षाका निमित्त नियुक्त अधिकारी; गढीको हाकिम; दुर्गको अध्यक्ष।
41888 दुर्गपाल ना. किल्लाको रेखदेख गर्ने कर्मचारी; कोटपाल।
41889 दुर्गम क्षेत्र ना. दुर्गम स्थान।
41890 दुर्गम भत्ता ना. दुर्गम स्थान भनी तोकेका ठाउँमा रही सेवा गर्ने कर्मचारीलाई सुरु तलबको केही प्रतिशतका दरले दिइने थप सुविधा।
41891 दुर्गम वि. १. मुस्किलसँग मात्र जान सकिने; पुग्न कठिन(ठाउँ )।
41892 दुर्गम वि. २. मुस्किलले मात्र जान्न सकिने।
41893 दुर्गम वि. ३. अप्ठ्यारो; विकट; कठिन।
41894 दुर्गम सेवापदक ना. दुर्गम जिल्लामा गई सेवा गर्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।
41895 दुर्गम स्थान ना. १. जान कठिन पर्ने ठाउँ; मुस्किलले मात्र जान सकिने ठाउँ।
41896 दुर्गम स्थान ना. २. यातायात, सुविधा र विकास आदिका दृष्टिले पिछडिएको क्षेत्र वा ठाउँ भनी सरकारद्वारा घोषित क्षेत्र।
41897 दुर्गमता ना. दुर्गम हुनाको भाव वा अवस्था।
41898 दुर्गमनीय जान मुस्किल पर्ने; दुर्गम।
41899 दुर्गा ना. १. आदिशक्तिका रूपमा मानिने, दुर्गनामक राक्षसलाई वध गरेकोले यो नाम रहेकी, एक प्रसिद्ध देवी।
41900 दुर्गा ना. २. अनेक असुरहरूको विनाश गर्ने आठ हात भएकी तथा सिंहवाहिनी भनी मानिएकी हिन्दू धर्मकी प्रख्यात एक देवी।