Dictionary

All Word

41551 दुःखान्वित वि. दुःखमा परेको; आर्त।
41552 दुःखायतन ना. १. दुःखसागर।
41553 दुःखायतन ना. २. संसार; जगत्।
41554 दुःखार्त वि. कष्टमा जेलिएको; धेरै दुःखी।
41555 दुःखित वि. दुःख पाएको; दुःखी; धेरै कष्ट वा क्लेश भएको।
41556 दुःखी वि. दुःखले सताएको; दुःख पाएको; कष्टयुक्त।
41557 दुःखी दरिद्र / दरिद्री ना. दीनहीन; गरिबगुरुवा।
41558 दु:शकुन ना. अनिष्टतासूचक लक्षण; अपशकुन।
41559 दुःशासन वि. १. मुस्किलसँग मात्र वशमा आउने; दुर्नियन्त्रण।
41560 दुःशासन वि. २. कष्टपूर्ण शासन; खराब शासन।
41561 दुःशासन वि. ३. धृतराष्ट्रका सय भाइ छोरामध्ये एक; दुर्योधनको एक भाइ।
41562 दुःशील वि. १. खराब बानीबेहोरा भएको; नराम्रो शील- स्वभावको।
41563 दुःशील वि. २. उच्छृङ्खल; उद्धत।
41564 दुःशील वि. ३. पापी; दुराचारी।
41565 दुःश्रव वि. १. मुस्किलसँग सुन्न सकिने; सुन्दा अप्रिय लाग्ने;कर्णकटु।
41566 दुःश्रव वि. २. काव्यका दोषहरूमध्ये सुन्दा अप्रिय लाग्ने एक दोष।
41567 दुःश्रवता ना. कठोर वर्ण भएर कानमा धक्का दिने पद हुँदा हुने पददोष; एक प्रकारको काव्यदोष।
41568 दुःसङ्ग ना. नराम्रो वा खराब सङ्गत; कुसङ्गत।
41569 दुःसह वि. १. मुस्किलसँग मात्र सहन सकिने; सहन कठिन।
41570 दुःसह वि. २. सहनै नसकिने; असह्य।
41571 दुःसाध्य वि. १. मुस्किलसित मात्र सिद्ध गरिने; कठोर परिश्रमले मात्र सिद्ध गर्न सकिने; दुष्कर।
41572 दुःसाध्य वि. २. सिद्ध गर्नै नसकिने; असाध्य।
41573 दुःसाहस ना. १. कुनै दुष्कर वा असम्भव काम गर्न देखाइएको साहस।
41574 दुःसाहस ना. २. असफल प्रयास; व्यर्थको हिम्मत।
41575 दुःसाहस ना. ३. गर्न नहुने कामकुरामा गरिएको आँट; अनुचित साहस।
41576 दुःसाहस ना. ४. लिँडे ढिपी; धृष्टता।
41577 दुःसाहसिक वि. १. साहस गर्न अनुचित तथा निष्फल हुने (कार्य)।
41578 दुःसाहसिक वि. २. अनैतिक तथा अधार्मिक कामकुरामा साहस देखाउने। ना.
41579 दुःसाहसिक वि. ३. चोर; डाँकू।
41580 दुःसाहसिक वि. ४. अनैतिक वा दुश्चरित्र व्यक्ति; परस्त्रीगामी।
41581 दुःसाहसी वि. दुःसाहस गर्ने; व्यर्थको काममा हात हाल्ने।
41582 दुःस्पर्श वि. १. छुन वा पाउन नसकिने।
41583 दुःस्पर्श वि. २. छुन अयोग्य। ना.
41584 दुःस्पर्श वि. ३. काउछो।
41585 दुःस्पर्श वि. ४. थाकल।
41586 दुःस्वप्न ना. १. नराम्रो फलको सङ्केत गर्ने सपना; खराब सपना।
41587 दुःस्वप्न ना. २. गर्न नसकिने वा हुनै नसक्ने कामकुराको इच्छा।
41588 दुःस्वभाव ना. १. नराम्रो आचरण; खराब बानीबेहोरा, दुष्ट प्रकृति। वि.
41589 दुःस्वभाव ना. २. नराम्रो स्वभाव भएको; दुष्ट प्रकृतिको; दुःशील।
41590 दुआ ना. १. गीतमा लयात्मक पङ्क्तिका स्थायी र अन्तरा दुई भेदमध्ये स्थायी भेद; गीत गाउँदा दोहोरिने फाँकी; टेक।
41591 दुआ ना. २. आशीर्वाद।
41592 दुइटा वि. एक जोड एकको सङ्ख्याको; दुई सङ्ख्या भएको; दुईवटा।
41593 दुई ना. १. एक र तीनका बिचको अङ्कलाई जनाउने चिह्न; २ को अङ्क; एक र एकको योगसङ्ख्या। वि.
41594 दुई ना. २. एक र एक जोड्दा हुने सङ्ख्याको।
41595 दुईकान ना. १. दुइटा कान। क्रि.वि.
41596 दुईकान ना. २. दोस्रो कानमा पर्दै।
41597 दुईखुट वि. भरेर साटिने कुनै वस्तुमा एकको दुई; दोबर।
41598 दुईगुना वि. गन्तीमा दोबर; दुगुना।
41599 दुईघरे वि. १. दुई घर भएको (व्यक्ति) ना.
41600 दुईघरे वि. २. पहिलेको लोग्नेलाई छाडेर दोस्रासँग पोइल गएकी स्वास्नीमान्छे; दुईपोइले आइमाई।