Dictionary

All Word

41501 दीप्तिमान् वि. १. दीप्तियुक्त; प्रकाशमान; चमकदार।
41502 दीप्तिमान् वि. २. तेजस्वी; तेजोमय।
41503 दीर्घ वि. १. समय, दुरी, स्थान आदिका दृष्टिमा टाढासम्म पुग्ने; फैलिएको; विस्तृत; लामो।
41504 दीर्घ वि. २. फराकिलो; विशाल; ठुलो।
41505 दीर्घ वि. ३. द्विमात्रिक वा गुरु (वर्ण वा अक्षर);ह्रस्वको विपरीतार्थक, जस्तो 'इ' को दीर्घ 'ई' र 'उ' को दीर्घ 'ऊ' वा तिनै अक्षरका मात्रारूप चिह्न (ू र ी)।
41506 दीर्घकाय वि. ज्यादै ठूलो जिउडालको; बडेमाको; विशाल।
41507 दीर्घकालीन ऋण ना. कुनै निर्दिष्ट योजना वा लगानीअन्तर्गत कुनै उद्योग, व्यवसाय आदिका निम्ति सर्तअनुसार सरल ब्याजमा लामो समयका लागि प्रदान गरिने ऋण।
41508 दीर्घजीवी वि. धेरै समयसम्म बाँच्ने; लामो आयु पाएको; चिरञ्जीवी; चिरायु।
41509 दीर्घनिद्रा ना. १. लामो समयसम्मको निद्रा।
41510 दीर्घनिद्रा ना. २. महानिद्रा; चिरनिद्रा; मृत्यु।
41511 दीर्घनिःश्वास ना. शोक वा दुःखको कारणले निस्कने लामो सास; सुस्केरा।
41512 दीर्घबाहु वि. १. घुँडापर्यन्त पुग्ने लामा लामा हात भएको; आजानुबाहु।
41513 दीर्घबाहु वि. २. भाग्यशाली।
41514 दीर्घशङ्का ना. दिसा बस्ने काम; विष्ठात्याग।
41515 दीर्घसत्र ना. १. धेरै समयसम्म चलिरहने यज्ञ।
41516 दीर्घसत्र ना. २. जीवनभर गरिने अग्निहोत्र। वि.
41517 दीर्घसत्र ना. ३. बियाँलो चालले काम पूरा गर्ने; दीर्घसूत्री;जुम्सो।
41518 दीर्घसूत्र ना. जुनसुकै काम पनि ज्यादै ढिलाइका साथ गर्ने; दीर्घसूत्री।
41519 दीर्घसूत्रता ना. दीर्घसूत्र हुनाको भाव वा अवस्था; लोसेपन;जुम्स्याइँ।
41520 दीर्घसूत्री वि. जुनसुकै काम पनि साह्रै ढिलोसँग गर्ने; जुम्सो।
41521 दीर्घसेवा ना. धेरै समयसम्म अटुट रूपले गरिने सेवा।
41522 दीर्घसेवापट्ट ना. सरकारी कर्मचारीलाई तोकिएको अवधिसम्म अटुट रूपमा सेवा गरेबापत दिइने, नेपालको राष्ट्रिय पदक।
41523 दीर्घाइ ना. धेरै दिनसम्म बाँच्ने; अवस्था वा शक्ति।
41524 दीर्घायु वि. धेरै दिनसम्म बाँच्ने; लामो आयु पाएको; चिरजीवी; दीर्घजीवी।
41525 दीर्घावकाश ना. कुनै शैक्षिक संस्था वा यस्तै निकायका दुई सत्रका बिचको लामो बिदा; लामो छुट्टी।
41526 दीर्घिका ना. १. नगर वा मन्दिरका वरिपरि बनाइएको सानो पोखरी।
41527 दीर्घिका ना. २. जलाशय; पँधेरो; कुवा।
41528 दीर्घीभवन ना. ह्रस्व स्वर दीर्घमा परिणत हुने भाषावैज्ञानिक प्रक्रिया।
41529 दुः उप. कुनै नाम, विशेषण आदि शब्दका अघिल्तिर जोडिई खराब, निन्दित आदि अर्थ बुझाउने पूर्वसर्ग (दुःसाहस, दुःसाध्य, दुःस्वप्न इ.)।
41530 दुःख ना. १. शारीरिक वा मानसिक रूपमा हुने पीडा; क्लेश।
41531 दुःख ना. २. वेदना; छटपटी।
41532 दुःखकर वि. दुःख दिने; दुःखद; कष्टदायी।
41533 दुःखजीवी वि. दुःखमा पालिएको; दुःखमा रहने वा बाँच्ने।
41534 दुःखत्रय ना. आधिदैविक, आध्यात्मिक र आधिभौतिक तीन किसिमका दुःख।
41535 दुःखद वि. १. दुःख वा कष्ट दिने; दुःखदायी।
41536 दुःखद वि. २. कुनै कारणले मनमा दुःख पुऱ्याउने (दुःखद घटना; दुःखद मृत्यु; दुःखद समाचार इ.)।
41537 दुःखदायक / दायी वि. दुःख दिने; दुःखद।
41538 दुःखपूर्ण वि. दुखैदुःखले भरिएको; दुःखमय; कष्टपूर्ण।
41539 दुःखप्रद वि. दुःख दिने; दुःखदायी।
41540 दुःखबहुल वि. दुःखको मात्रा बढ्ता भएको; दुःखपूर्ण।
41541 दुःखमय वि. दुखैदुःखले भरिएको; दुःखपूर्ण।
41542 दुःखलभ्य वि. दुःख वा कष्टले मात्र पाइने; दुर्लभ।
41543 दुःखशान्ति ना. / क्रि.वि. हे. दुखान्ती।
41544 दुःखसागर ना. १. दुःखको समुद्र।
41545 दुःखसागर ना. २. आध्यात्मिक दृष्टिमा दुःखको घर मानिने संसार।
41546 दुःखसाध्य वि. अथक परिश्रम गर्नाले मात्र साध्य हुने; कष्टसाध्य।
41547 दुःखातीत वि. दुःखबाट छुटकारा पाएको; दुःखमुक्त; सदा सुखी।
41548 दुखान्त / दुःखान्तक वि. १. दुःखपूर्ण अवसान भएको; दुःखमय परिणाम भएको।
41549 दुखान्त / दुःखान्तक वि. २. वियोग वा करुणाजनक परिणति देखाउने (नाटक, कथा, उपन्यास इ.), वियोगान्त। ना.
41550 दुखान्त / दुःखान्तक वि. ३. दुःखको समाप्ति; दुःखको अन्त्य।