Dictionary

All Word

41351 दिलरुवा वि. २. प्रेमी; मायालु। ना.
41352 दिलरुवा वि. ३. सितार जस्तै आकारको र रेटेर बजाइने सोह्रवटा तार हुने एक बाजा।
41353 दिलाइ ना. दिलाउने भाव, क्रिया वा प्रक्रिया।
41354 दिलाइनु क.क्रि. दिन लाइनु; दियाइनु।
41355 दिलाउनु प्रे. क्रि. दिन लाउनु; प्राप्त गराउनु; दियाउनु।
41356 दिलाप ना. बेतालले छुट्याइने, खापाको बिचको भाग; दैलाका बिचको खण्ड।
41357 दिलासा ना. १. कुण्ठित वा दुःखित हृदयलाई दिइने आश्वासन;ढाडस; धैर्य।
41358 दिलासा ना. २. आडभरोसा; भरोसा।
41359 दिलीप ना. १. इक्ष्वाकुवंशी एक प्रसिद्ध राजा तथा वाल्मीकि अनुसार भगीरथका पिता र कालिदासका अनुसार रघुका पिता।
41360 दिलीप ना. २. चन्द्रवंशी राजा कुरुका वंशजका एक राजा।
41361 दिल्लगी ना. सामान्य हाँसखेल गर्ने उद्देश्यले गरिने ख्यालठट्टा;मन बहलाउने वा हँसाउने कुरो।
41362 दिल्लगीबाज ना. ठट्यौलो स्वभावको व्यक्ति,हाँसखेल गर्ने व्यक्ति।
41363 दिल्लगीबाजी ना. दिल्लगी गर्ने क्रिया वा भाव; ख्यालठट्टा; खाँसखेल; दिल्लगी।
41364 दिल्ली ना. मध्ययुगमा धेरै समयसम्म हिन्दू राजा तथा मुगल बादशाहको राजधानी रहेको र सन् १९१२ देखि अङ्ग्रेजले पुनः राजधानी बनाएको पश्चिमोत्तर भारतको एक प्रसिद्ध नगरी;भारतको राजधानी।
41365 दिल्लीवाल वि. १. दिल्लीसम्बन्धी; दिल्लीको।
41366 दिल्लीवाल वि. २. दिल्लीमा बस्ने; दिल्लीमा बन्ने वा हुने।
41367 दिव ना. १. देवलोक; स्वर्ग।
41368 दिव ना. २. अन्तरिक्ष; आकाश।
41369 दिव ना. ३. दिन;दिवस; दिवा।
41370 दिवङ्गत वि. १. देवलोकमा वास भएको; परलोकवासी।
41371 दिवङ्गत वि. २. मृत्यु भएको; मरेको।
41372 दिवस ना. दिउँसोको समय; दिन; दिवा।
41373 दिवा ना. दिउँसो; दिवस; दिन।
41374 दिवाइ ना. दिनुको भाव, क्रिया वा प्रक्रिया; सुम्पा।
41375 दिवाकर ना. दिनकर; सूर्य।
41376 दिवान ना. हे. देवान।
41377 दिवान्ध वि. १. दिनौँधीको रोग भएको; दिउँसो आँखा नदेख्ने;दिनन्धो। ना.
41378 दिवान्ध वि. २. लाटोकोसेरो; उल्लु।
41379 दिवाभिसारिका ना. दिउसै प्रेमीले सङ्केत गरेका ठाउँमा भेट्न जाने नायिका।
41380 दिवाभोज ना. १. कुनै विशिष्ट अतिथिको सम्मानमा दिउसो दिने औपचारिक भोज ( लन्च )।
41381 दिवाभोज ना. २. दिनमा खाइने खाना।
41382 दिवालगिर ना. घरका गारामा बत्ती वा अन्य सामान राख्ने उद्देश्यले जडिएको तख्ता; मिल्की।
41383 दिवाला ना. आर्थिक अवस्था गिरेर रिन फछ्र्याउन नसक्ने हालत; हरितन्नम भएको; स्थिति वा अवस्था; टाट उल्टाइ।
41384 दिवालिया वि. आर्थिक अवस्था नराम्ररी खस्केको; दिवाला भएको; टाट उल्टेको।
41385 दिवालियापन ना. दिवालिया भएको अवस्था; दिवालिया हुनाको भाव; टाटउल्टँदोपन।
41386 दिवास्वप्न ना. १. मनमा विभिन्न तर्कका लहर चल्नाले खेल्ने असम्भव कल्पना; मनको लड्डु घिउसित खाने काम।
41387 दिवास्वप्न ना. २. दिनमै सपना देख्ने काम; दिउसोको सपना।
41388 दिव्य वि. १. स्वर्गसँग सम्बन्धित;स्वर्गीय; अलौकिक; दिब्बे; अप्राकृतिक।
41389 दिव्य वि. २. आकाशसित सम्बन्ध राख्ने; आकाशीय।
41390 दिव्य वि. ३. दैवी; ईश्वरीय।
41391 दिव्य वि. ४. चहकिलो; प्रकाशमान्।
41392 दिव्य वि. ५. अति राम्रो सुन्दर मनोहर।
41393 दिव्य वि. ६. असल गुणयुक्त; उत्तम। ना.
41394 दिव्य वि. ७. प्राचीन कालमा मान्छेका गुणदुर्गुण र दोषनिर्दोष चरित्रको निक्र्यौल गर्नुपर्दा आगो, विष वा जल आदिद्वारा गरिने एक परीक्षा।
41395 दिव्य वि. ८. वाचा; किरिया; शपथ। साहित्यमा, तीन प्रकारका नायकमध्ये एक; अलौकिक नायक (इन्द्र, राम, कृष्ण आदि)।
41396 दिव्यचक्षु / दृष्टि ना. १. अदृश्य वस्तु र विषयलाई ठम्याउने भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु; ध्यानदृष्टि। वि.
41397 दिव्यचक्षु / दृष्टि ना. २. सुन्दर आँखा भएको; राम्रो दृष्टि हुने।
41398 दिव्यज्ञान वि. अलौकिक जानकारी।
41399 दिव्यता ना. दिव्य हुनाको भाव वा अवस्था; उत्तमता; श्रेष्ठता।
41400 दिव्यनारी ना. अप्सरा; देवकन्या।