Dictionary

All Word

41151 दाहिनो वि. २. अनुकूल; सर्दो।ना.
41152 दाहिनो वि. ३. दीर्घ ईकार (ी)।
41153 दाही वि. १. दाह गर्ने गुण भएको; जलाउने।
41154 दाही वि. २. कष्टदायक; पीडा दिने।
41155 दाह्य वि. पोल्न वा जलाउन योग्य; सल्काउन हुने।
41156 दाह्रनु स.क्रि. दाह्राले टोक्नु; दाँतले चिथोर्नु; हे. दार्नु।
41157 दाह्रा ना. १. मुखभित्र लामाछोटा भएर उम्रिएका र नमिलेका दाँत।
41158 दाह्रा ना. २. मत्ता हात्ती, बँदेल आदिका मुखबाहिर निस्केको लामो दाँत।
41159 दाह्री ना. गाला, चिउँडो र अघिल्तिर घाँटीसम्म पलाउने रौँ ;दाढी; दारी।
41160 दाह्रीवाल वि. लामा लामा दाह्री भएको; त्यस्तो दाह्री पालेको वा पाल्ने (व्यक्ति)।
41161 दाह्रे वि. १. लामा लामा, ठुला दाँत हुने; दाह्रा भएको।
41162 दाह्रे वि. २. दाँत उम्रिने सामान्य ठाउँभन्दा कोल्टोतिर दाँत उम्रिएको; दाँत उछिट्टिएको; छ्वाँके।
41163 दाह्ने गौँडो ना. १. डरलाग्दो साँघुरो बाटो वा गौँडो।
41164 दाह्ने गौँडो ना. २. बाघभालुले ढुकेर गाई, बाख्रा दार्ने एकलासको जोखिमयुक्त गौँडो।
41165 दाह्रे मस्ट ना. जुम्लाको धामीझाँक्री।
41166 दाह्रो ना. १. सामान्य ठाउँभन्दा ओल्टाकोल्टातिर पलाएको वा नमिलेको दाँत।
41167 दाह्रो ना. २. हात्ती, बँदेल आदिको मुखबाहिर निस्केको लामो दाँत।
41168 दिनु स.क्रि. १. आफूसँग भएको वा आफ्ना हकको सामान अरूलाई सुम्पनु; बुझाउनु।
41169 दिनु स.क्रि. २. पुनः हक दाबी नरहने हिसाबले दान गर्नु; बकस दिनु।
41170 दिनु स.क्रि. ३. टक्र्याउनु; अर्पण गर्नु।
41171 दिनु स.क्रि. ४. कुनै क्रियाका पछिल्तिर जोडिन आउने सहायक क्रिया (खाइदिनु, भनिदिनु, लिइदिनु इ.)।
41172 दिइनु क.क्रि. दिने काम गरिनु।
41173 दिउँसो क्रि.वि. १. दिनमा; दिउसो। ना.
41174 दिउँसो क्रि.वि. २. रातको उल्टो समय; दिन; दिउसो।
41175 दिउरी ना. सानो खालको ताप्के; सानो दिउरो।
41176 दिउरे वि. आरी वा डेक्चीका आकारको बिटसमेत भएको सानो भाँडो; दिउरो।
41177 दिउल ना. १. दुई दल हुने मास, चना, केराउ आदि दलहन अन्नको फग्ल्याँटो।
41178 दिउल ना. २. त्यस्तो अन्न आदिको उम्रने भाग; विजन; बियाँ।
41179 दिउल ना. ३. नाथ्रो; नाथ्री।
41180 दिउले वि. दिउल भएको।
41181 दिउसेरी ना. दिउसो गरिने रमाइलो; दिउसोको रामरउस।
41182 दिउसेरी जाँत ना. दिउसोको जात्रा।
41183 दिउसो ना. १. बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको अवधि; रातको विपरीत समय; दिन; दिउँसो। क्रि.वि.
41184 दिउसो ना. २. उक्त समयमा;दिनमा।
41185 दिउसो मास क्रि.वि. १. कामकाजका समयमा।
41186 दिउसो मास क्रि.वि. २. कुसमयमा;कुबेलामा।
41187 दिक् ना. वास्तु वा मूर्तिकलामा प्रयोग हुने अङ्गुल वा मात्राको दश गुना बराबरको नाप;सय ताल बराबरको नाप;नाडी, आयुध वा प्रादुर्भाव बराबरको नाप।
41188 दिक वि. १. खिन्न; दिक्क; दिक्दार; हैरान।
41189 दिक वि. २. पिर परेको;विह्वल; चिन्तित। ना.
41190 दिक वि. ३. चिन्ता; सुर्ता; पिर।
41191 दिक्क ना./वि. दिक; खिन्न।
41192 दिक्कत ना. १. दिक्क हुनाको भाव वा अवस्था; हैरानी।
41193 दिक्कत ना. २. साह्रोगाह्रो स्थिति;कठिनाइ; मुस्किल।
41194 दिक्काल ना. पूर्व, पश्चिम, उत्तर, दक्षिण दिशा र भूत, भविष्यत् र वर्तमान आदि दशा; देशकाल।
41195 दिक्कालजयी वि. दसै दिशा, भूत तथा भविष्य र वर्तमानकाललाई जितेको; सर्वत्र र सार्वकालिक रूपमा चर्चित (व्यक्ति वा वस्तु)।
41196 दिक्किनु अ.क्रि. दिक्क हुनु; दिक्दार हुनु; सुर्ताउनु।
41197 दिक्चक्र ना. १. दिशाविदिशाको समुदाय; दिशामण्डल।
41198 दिक्चक्र ना. २. क्षितिज।
41199 दिक्दार वि. १. मानसिक पिर पर्नाले खिन्न भएको; हैरान; दिक्क।
41200 दिक्दार वि. २. चिन्ताले सताएको; पिर परेको।