Dictionary

All Word

41001 दामी वि. धेरै मोल पर्ने;महँगो; बहुमूल्य।
41002 दामोदर ना. १. यशोदाले एकचोटि कम्मरमा दाम्लाले बाँधिदिएकाले यो नाम रहेको भनी प्रसिद्ध कृष्णको एक नाम; कृष्ण।
41003 दामोदर ना. २. विष्णु; नारायण।
41004 दामोदर कुण्ड ना. नेपालको मुस्ताङ जिल्लामा पर्ने एक प्रसिद्ध कुण्ड वा पोखरी; सोही तीर्थस्थल।
41005 दामोदर पाँडे ना. नेपालमा वि. सं. १८५८ मा मूल काजी (प्रधानमन्त्री) भएका इतिहासप्रसिद्ध व्यक्ति।
41006 दाम्चो ना. केराको थामको पत्रैपत्र भएको बाहिरी बोक्रो।
41007 दाम्पत्य ना. १. पति र पत्नीको आपसी सम्बन्ध।२. दम्पतीसम्बन्धी कृत्य। वि.
41008 दाम्पत्य ना. ३. पतिपत्नीसम्बन्धी; दम्पतीको; दम्पती वा पति र पत्नीमा हुने (दाम्पत्य प्रेम, दाम्पत्य सम्बन्ध आदि)।
41009 दाम्भिक वि. दम्भ गर्ने; अहङ्कारले मात्तिएको; घमन्डी;ढोँगी।
41010 दाम्रो वि. १. बीज नपसेको वा गुदी नभएको धान आदि अन्न र सिमी, बोडी आदि कोसे फल )।
41011 दाम्रो वि. २. नउक्सेको (सेल रोटी);डाम्रो; दाप्सो।
41012 दाम्लो ना. बस्तुभाउलाई गलामा बाँध्ने डोरी।
41013 दाय ना. १. अंसियारहरूमा बाँडिने वा भागबन्डा हुने पैतृक सम्पत्ति।
41014 दाय ना. २. चेलीबेटी, भान्जा, भतिजा आदिलाई दिइने दान, बकस, दाइजो आदि सम्पत्ति।
41015 दाय ना. ३. अरूलाई दिइने वा दान गरिने धन; दातव्य।
41016 दायक वि. १. दिने; दाता (सुखदायक, दुःखदायक इ.)। ना.
41017 दायक वि. २. उत्तराधिकारी वा अंश पाउने सन्तान; वंश।
41018 दायकर ना. पैतृक सम्पत्ति भोग्ने उत्तराधिकारीहरूमा लगाइने सम्पत्तिअनुसारको कर।
41019 दायबन्धु ना. अंसियार दाजुभाइ।
41020 दायभाग ना. उत्तराधिकारीहरूमा भागबन्डा लाग्ने सम्पत्तिको अंश।
41021 दायर ना. १. अड्डाअदालतमा मुद्दामामिला हाल्ने काम; कुनै पुर्पच्छे वा कारबाईको थालनी। वि.
41022 दायर ना. २. चलिरहेको; जारी (मुद्दामामिला आदि)।
41023 दायरा ना. कुनै वस्तु वा विषयको परिधि; घेरा; वृत्त; मण्डल; सेरोफेरो।
41024 दायरी ना. अड्डाअदालतमा निर्णय हुने कारबाई चलिरहेको वा मुल्तबीमा रहेको मुद्दामामिला।
41025 दायरी किताब ना. अड्डाअदालतमा परेका मुद्दामामिलाका मिसिलहरूको विवरण खुलाई लेखिने किताब।
41026 दायरी लगत ना. दायरी किताब।
41027 दायाँ वि. १. दाहिने; दाइनु; दक्षिण।
41028 दायाँ वि. २. हुँदो वा मिल्दो; अनुकूल। ना.
41029 दायाँ वि. ३. हित; भलो।
41030 दायाँबायाँ क्रि.वि. १. दायाँ र बायाँ; दाइनु र बाउँ।
41031 दायाँबायाँ क्रि.वि. २. यताउति; अगलबगल। ना.
41032 दायाँबायाँ क्रि.वि. ३. हितअहित; भलोकुभलो।
41033 दायाद ना. कुनै व्यक्तिको मृत्युपछि उसका सम्पत्तिको पहिलो हकदार; उत्तराधिकारी।
41034 दायादा ना. १. सोही सम्पत्तिको पहिलो हकदार स्त्री; उत्तराधिकारिणी।
41035 दायादा ना. २. छोरी; पुत्री; कन्या।
41036 दायाधिकारी ना. उत्तराधिकारी; दायाद।
41037 दायित्व ना. कुनै कामकुरामा जवाफदेही हुनाको अवस्था; जिम्मेदारी; उत्तरदायित्व।
41038 दायित्वबोध ना. आफूमाथि आइपरेको जिम्मेवारीको ज्ञान; उत्तरदायित्वको बोध।
41039 दायित्ववाला ना. दायित्व राख्ने वा दायित्व लिने व्यक्ति।
41040 दायी वि. १. कुनै वस्तु प्रदान गर्ने; दायक;दिने।
41041 दायी वि. २. दायित्व लिने; जिम्मेदार; जवाफदेह।
41042 दार्नु स.क्रि. १. दाह्राले टोक्नु वा फहराउनु।
41043 दार्नु स.क्रि. २. अर्काको धनमा केही लिनु वा खानु; ठग्ने प्रवृत्ति लिएर सताउनु।
41044 दार ना. १. बाक्लो बोक्रा तथा खस्रा लाम्चा पात हुने र काठबाट ठेकी, आरी आदि बनाइने, रातो रङको, एक जातको रुख।
41045 दार ना. २. सोही रुखको काठ।
41046 दार प.स. अन्य मूल शब्दका पछिल्तिर लागेर भएको, सहितको आदि अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (इमानदार,वजनदार, दानादार इ.)।
41047 दार ना. १. आकारप्रकार; डिलडौल; कद।
41048 दार ना. २. आदत; बानी;लत।
41049 दार ना. १. भासिएर वा चर्किएर बनेको धाँजो; चिरो।
41050 दार ना. २. चिर्ने वा फार्ने काम।