Dictionary

All Word

40901 दात्री वि . १. दान गर्ने स्वभावकी स्त्री।
40902 दात्री वि . २. दान गर्ने निकाय वा संस्था आदि।
40903 दाद ना. छालामा खस्रो चक्का परेर फैलँदै जाने र चिलाउने सरुवा खालको एक चर्मरोग।
40904 दादनी ना. पछि बुझाउने गरेर पहिलेबाटै लिएको पेस्की।
40905 दादरा ना. शास्त्रीय गानदेखि भिन्न एक किसिमको गीतको लय।
40906 दादा ना. १. कमाराको आदरवाची शब्द।
40907 दादा ना. २. दाजु; दाइ;दाज्यै।
40908 दादागिरी वि. बल र अभिमानका भरमा अरूलाई हप्काउने वा हैकम चलाउने।
40909 दादुरा ना. प्राय: केटाकेटीलाई कडा जरो आई शरीरभरि मसिना बिमिरा उठ्ने एक प्रकारको चर्मरोग।
40910 दादै ना. १. सरसामान वा पैसा बुझिलिएको भरपाई लेख्दा सुरुमा लेखिने शब्द; भरपाई जनाउने शब्द। क्रि.वि.
40911 दादै ना. २. उप्रान्त;आगे;अब।
40912 दान ना. १. आफ्नो हकमा रहेको धनमाल अर्काको हकमा गरिदिने काम; कुनै वस्तुबारे अधिकारको हस्तान्तरण।
40913 दान ना. २. दिने काम; प्रदान।
40914 दान ना. ३. धार्मिक भावनाले गरिबगुरुवालाई अन्न, वस्त्र, पैसा आदि वितरण गर्ने काम।
40915 दान ना. ४. कुश, तिल, जलसहित सङ्कल्प गरेर ब्राह्मणलाई द्रव्य, वस्त्र, अन्न आदि दिने काम।
40916 दान ना. ५. त्यसरी दिइएको धनमाल, जमिन, गाई आदि। ६ राम्रो कार्यका निम्ति दिइने आर्थिक सहयोग; चन्दा।
40917 दान ना. ७. शब्दका पछिल्तिर लागेर त्यस विषय वा वस्तुको दान भएको वा गरिएको भन्ने बुझाउने शब्द (विद्यादान, श्रमदान, प्राणदान इ.)।
40918 दान ना. ८. राजनीतिका साम, दाम, दण्ड र भेद गरी चार किसिमका जुक्तिमध्ये एक; शत्रुलाई धन दिएर अधीनमा राखिने एक उपाय।
40919 दान प. स. कुनै नामको पछिल्तिर लागेर सो नामको आधार अर्थ जनाउने शब्द। (फूलदान, कलमदान, खानदान इ.)।
40920 दान ना. हात्तीको उमेर पुगेपछि कन्चटबाट निस्कने गन्धयुक्त बाक्लो पसिना; मद।
40921 दानदक्खिना ना. दानदक्षिणा।
40922 दानदक्षिणा ना. कुनै पुण्यकार्यमा वा मर्दापर्दा ब्राह्मणलाई दिइने जिन्सी वा नगद; दानका साथ दिइने दक्षिणा; दान र दक्षिणा।
40923 दानदातव्य वि. १. विधिपूर्वक सङ्कल्प गरेर वा त्यसै दिइएको; दान, बकस आदिबाट प्राप्त भएको धनमाल, जमिन आदि)। ना.
40924 दानदातव्य वि. २. त्यसरी प्राप्त भएको धनमाल जमिन आदि।
40925 दानधर्म ना. १. दान दिएर हुने धर्म; दानपुण्य।
40926 दानधर्म ना. २. दान र यस्तै अरू पुण्यकर्म।
40927 दानपत्र ना. कसैलाई कुनै चल-अचल सम्पत्ति दान गरी दाताले दिएको प्रमाणस्वरूप लेखेर दिइने कागत; यस्तै बेहोरा लेखिएको शिलापत्र, ताम्रपत्र, कनकपत्र आदि;दानदातव्यको अभिलेख।
40928 दानपात्र ना. १. दान दिन योग्य व्यक्ति।
40929 दानपात्र ना. २. चन्दा सङ्कलनका लागि राखिएको बाकस; चन्दापात्र; चन्दापेटी।
40930 दानप्रतिष्ठा ना. दान गरिसकेपछि त्यसको न्यूनतापूर्ति गर्नाका निम्ति दिइने दक्षिणा; गोदान गरिसकेपछि साङ्गताका लागि दिइने दक्षिणा।
40931 दानबकस ना. आफूलाई रिझाएबापत राजीखुसीले आफ्नो धनमाल वा जग्गाजमिन अरूलाई दिएर निजको हक गराइदिने काम;दानदातव्य।
40932 दानयज्ञ ना. दान दिएर गरिने यज्ञ; दानरूपी यज्ञ वा धर्म।
40933 दानव ना. कश्यप ऋषिकी दनु नामकी पत्नीबाट जन्मेको सन्तान; राक्षस; असुर;दैत्य।
40934 दानवगुरु ना. दानवका गुरु मानिएका पुराणप्रसिद्ध भार्गव ऋषि;शुक्राचार्य।
40935 दानवारि ना. १. दानवहरूका शत्रु भएका देवता।
40936 दानवारि ना. २. दानवहरूको नाश गर्ने देवता; विष्णु।
40937 दानवारि ना. ३. हात्तीका कन्चटबाट रसाउने मद।
40938 दानवी ना. १. दानवकुलकी नारी; राक्षसी। वि.
40939 दानवी ना. २. दानवसम्बन्धी; दानवको; आसुरी (दानवी माया, दानवी रूप इ.)।
40940 दानवीर ना. १. प्रशस्त दान गर्न सक्ने व्यक्ति; महादानी।
40941 दानवीर ना. २. साहित्यमा वीर रसका एक भेदको प्रधान नायक (बलि, कर्ण, हरिश्चन्द्र इ.)।
40942 दानशील वि. अत्यन्त दानी स्वभावको; खुबै दान दिने; साह्रै ठुलो दानी।
40943 दानशीलता ना. दानशील हुनाको भाव वा अवस्था।
40944 दाना ना. १. जुनसुकै अनाज तथा फलफूल आदिको बीज वा गेडो; बियाँ।
40945 दाना ना. २. अनाज; अन्न।
40946 दाना ना. ३. गाईबस्तु र चराचुरुङ्गीलाई दिइने खुराक; पशुपक्षीको आहार।
40947 दानादार वि. दानैदाना परेको;दानेदार।
40948 दानापानी ना. १. जीवन निर्वाह वा भरणपोषणका लागि आवश्यक चिजबिज; अन्नजल।
40949 दानापानी ना. २. जीविकाको बन्दोबस्त; खानपान।
40950 दानापानी ना. ३. बसोवासको संयोग।