Dictionary

All Word

40651 दशदिने वि. २. दश दिनको;दश दिनसम्बन्धी।
40652 दशदुई ना. पासा खेलमा दुई पासामा पन्जापन्जा र एउटा पासामा दुई पर्दा हुने एक दाउ; पासा खेलको बाह्र सङ्ख्याको एक दाउ।
40653 दशधा क्रि. वि. १. दश प्रकारले; दश किसिमले।
40654 दशधा क्रि. वि. २. दश भागमा बाँडिएर; दश खण्डमा।
40655 दशन ना. १. दन्त; दाँत।
40656 दशन ना. २. दाँतले टोक्ने काम।
40657 दशन ना. ३. डस्ने काम; डसाइ।
40658 दशन ना. ४. कवच।
40659 दशनङ्ग्री ना. १. हातका दसैवटा नङ्ग्राको समूह।
40660 दशनङ्ग्री ना. २. आफ्नै पाखुरा, हात र औँला खियाउने परिश्रम; आफ्नै बाहुबल।
40661 दशनाम ना. सन्न्यासीहरूका दश थरी भेद वा थर, आश्रम, तीर्थ, वन, अरण्य, गिरी, पर्वत, सागर, सरस्वती, भारती र पुरी।
40662 दशनामी ना. १. दश भेद भएका सन्न्यासीहरूको एक सम्प्रदाय वा सामूहिक नाम। वि.
40663 दशनामी ना. २. दशनाममध्येको; दशनामसम्बन्धी।
40664 दशनावली ना. हार मिलेका दाँतको पङ्क्ति; दाँतको लहर;दन्तपङ्क्ति।
40665 दशपोट ना. पासाका खेलमा दुई पासामा पाँच पाँच र एक पासामा पोट मात्र पर्दा हुने एक दाउ; पासाका खेलको एघार सङ्ख्याको एक दाउ।
40666 दशपोल ना. नापोको प्रणालीमा एक धार्नीको आधा भागमध्ये साढे चार भागलाई बुझाउने परिमाणवाचक शब्द।
40667 दशभूमि ना. १. बौद्ध धर्मको महायान सम्प्रदायका अनुसार मुदिता वा प्रमुदिता, विमला, प्रभाकरी, अर्चिष्मती, सुदुर्जया, अभिमुक्ति वा अभिमुखी, दूरङ्गमा, अचला, साधुमती र धर्ममेधानामक ध्यानका दश अवस्था।
40668 दशभूमि ना. २. चैत्यको शिरोभागभन्दा तल र गर्भभन्दा माथि रहने भाग।
40669 दशम वि. गन्तीमा दसौँ स्थानमा परेको; दसौँ।
40670 दशमलव करण ना. गणितमा कुनै एकाइभन्दा कम मान सूचित गर्ने अंशलाई दशमलवको रूप दिने काम।
40671 दशमलव ना. १. कुनै एकाइको दसौँ, सयौँ आदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु ( . ६ = ६ / १० भाग, .०६ = ६/१०० भाग इ.)।
40672 दशमलव ना. २. सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या।
40673 दशमलव ना. ३. दश वा दशले विभाजित हुने हर भएको भिन्न।
40674 दशमहाविद्या ना. तन्त्रशास्त्रमा उल्लिखित दश देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दशवटी देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी,मातङ्गी र कमलात्मिका।
40675 दशमांश ना. कुनै वस्तुमा दश समान भागमध्ये कुनै एक भाग; दसौँ भाग वा हिस्सा।
40676 दशमासा ना. दाँत खिइन लागेको अवस्था।
40677 दशमिक प्रणाली ना. १. नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन (डेसिमल सिस्टम )। ( यसको मान आफ्नो निकटस्थ ठुलो मानको दसौँ भाग र नजिकको सानो सङ्ख्याको दश गुना हुन्छ। यदि दश पैसालाई एक ढ्याक र दश ढ्याकलाई एक रुपियाँ मानेमा त्यो दशमिक प्रणाली हुन्छ। )
40678 दशमिक प्रणाली ना. २. दशले गुन्दा र भाग गर्दा पूरै खलो उठ्ने सङ्ख्यालाई एक एकाइ मान्ने चलन।
40679 दशमिक वि. १. दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको।
40680 दशमिक वि. २. दशले भाग लाग्ने वस्तु वा क्रियासित सम्बन्ध भएको।
40681 दशमी ना. १. चान्द्रमासको प्रत्येक पक्षको दसौँ तिथि।
40682 दशमी ना. २. विजयादशमी।
40683 दशमी ना. ३. धर्मशास्त्रअनुसार मानिसको दसौँ वा अन्तिम अवस्था; मरण; मृत्यु।
40684 दशमी ना. ४. मुक्ति; मोक्ष।
40685 दशमुख ना. रावण।
40686 दशरथ ना. अयोध्याका एक प्रसिद्ध सूर्यवंशी राजा; राम, लक्ष्मण, भरत र शत्रुघ्नका पिता।
40687 दशरूपक ना. १. नाटकलाई दश भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत,काव्यशास्त्र।
40688 दशरूपक ना. २. रूपकका दश भेद (नाटक, प्रकरण, भाग,व्यायोग,समवकार, डिम, ईहामृग, अङ्क, वीथि र प्रहसन )।
40689 दशहरा ना. १. दश प्रकारका पाप नाश हुने भनी गङ्गा स्नान गरिने ज्येष्ठ शुक्ल दशमीको दिन; गङ्गा दशहरा; ज्येष्ठ शुक्ल दशमी।
40690 दशहरा ना. २. गङ्गा नदीको पूजाआराधना गरिने उत्सव।
40691 दशा ना. १. अवस्था; हालत; परिस्थिति।
40692 दशा ना. २. ज्योतिषशास्त्रअनुसार नवग्रह र योगिनीले भोग गर्ने समय; नवग्रह र योगिनीको भोगवर्ष।
40693 दशा ना. ३. विपत्तिको समय; खराब दिन; अनिष्ट फलदायक ग्रहको समय; नराम्रो फल; दुर्दिन।
40694 दशा ना. ४. पूर्वरागका दशवटा दशा (अभिलाषा,चिन्ता, स्मरण, गुणकथन, उद्वेग, प्रलाप, उन्माद, व्याधि, जडता र मरण)।
40695 दशा ना. ५. विप्रलम्भ शृङ्गारका दश कामदशा (असौष्ठव, ताप, पाण्डुता, दुर्बलता, धैर्यको अभाव, अनालम्बनता, तन्मयता, उन्माद, अरुचि र मूर्च्छा।)
40696 दशाङ्ग ना. मह, ठुलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सर्स्युँ गरी दश प्रकारका सुगन्धित द्रव्य मिलाएर बनेको धूप।
40697 दशानन ना. दशमुख; रावण।
40698 दशाब्द ना. दश वर्षको समूह; दशक।
40699 दशावतार ना. विष्णुका दश अवतार (मत्स्य, कूर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि )।
40700 दशाह ना. १. दश दिनको अवधि; दश दिन।