Dictionary

All Word

40551 दर्शनभेट ना. १. राजामहाराजाहरूसँग गरिने भेटघाट।
40552 दर्शनभेट ना. २. मान्य जनसँगको भेटघाट।
40553 दर्शनभेटी ना. दर्शन गर्दा राखिने भेटी; दर्शनी।
40554 दर्शनभ्रमण ना. खास उद्देश्यले प्रेरित भएर कुनै पनि ऐतिहासिक, सांस्कृतिक आदि स्थलको पर्यवेक्षणार्थ गरिने भ्रमण।
40555 दर्शनशास्त्र ना. ज्ञान र विज्ञानको अथवा अध्यात्म र भौतिक पक्षपक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र; जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्वहरूका बारेमा चिन्तन र अध्ययन गरिएको शास्त्र।
40556 दर्शनावरणीय वि. १. दार्शनिक तत्त्वका बुँदाहरूले ढाकेको।
40557 दर्शनावरणीय वि. २. छर्लङ्ङ देख्न नहुने; देख्नबाट जोगाइराख्नपर्ने।
40558 दर्शनी ना. ठुलाबडालाई दर्शन गर्दा राखिने भेटी; दर्शनभेटी; दाम।
40559 दर्शनीय वि. १. हेर्न लायक; हेर्नुपर्ने; हेर्दा मनलाई लोभ्याउने।२. राम्रो; सुन्दर।
40560 दर्शयिता वि. दर्शन गराउने; देखाउने।
40561 दर्शश्राद्ध ना. औँसीका दिन गरिने पितृकार्य; अमावस्याका दिनको श्राद्ध।
40562 दर्शित वि. १. प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको।
40563 दर्शित वि. २. प्रकट गरिएको; प्रदर्शनमा ल्याइएको; प्रदर्शित।
40564 दर्शी वि. १. कुनै विषय, वस्तु वा तत्त्वलाई देख्ने वा हेर्ने।
40565 दर्शी वि. २. देखाउने।
40566 दर्सनी ना. पानपाते आकारका ठुलठुला चिल्ला पात हुने र औषधीमा काम लाग्ने एक बुटी; सुदर्शना।
40567 दर्साइ ना. दर्साउने भाव, क्रिया वा प्रक्रिया।
40568 दर्साइनु क.क्रि. देखाइनु।
40569 दर्साउनु स.क्रि. देखाउनु; झल्काउनु; प्रदर्शन गर्नु।
40570 दर्सिन ढुङ्गो ना. साह्रो र सेतो रङको एक जातको ढुङ्गो।
40571 दर्सिनु क.क्रि. देखिनु; झल्किनु।
40572 दल्नु स.क्रि. १. मास, मस्याङ आदि अन्न फग्ल्याँटा पार्ने हिसाबले सिलौटा, जाँता आदिमा पिँध्नु।
40573 दल्नु स.क्रि. २. घोट्नु; रगड्नु।
40574 दल्नु स.क्रि. ३. लेपन गर्नु; घस्नु; लिप्नु; पोत्नु; लतपत्याउनु।
40575 दल्नु स.क्रि. ४. काम, व्यवहारमा सकेसम्म जोत्नु; लदाउनु; दलाउनु।
40576 दल ना. १. अन्न वा फलका दानामा बीजस्वरूप, नाथ्रीका रूपमा रहेका फग्ल्याँटा; द्विदल वा एकदल नाथ्री हुने वस्तुको गर्भपत्र।
40577 दल ना. २. फूलका पात वा पत्ती।
40578 दल ना. ३. पात, पत्र।
40579 दल ना. ४. मानव वा मानवेतर प्राणीको जमात; गठ;समूह।
40580 दल ना. ५. वैचारिक दृष्टिले सहमत हुन सक्ने समूहमा एकत्रित पार्टी; राजनीतिक दल; गुट; मण्डली।
40581 दल ना. ६. सेनाको एक समूह वा गुल्म।
40582 दल ना. हठयोगका अनुसार योग गर्ने शरीरभित्रको चक्र; षट्चक्रको पत्र।
40583 दलाक्षर ना. हठयोगका अनुसार उक्त दलहरूमा अङ्कित अक्षर। (यस्ता दल मूलतः सात चक्रमा एक हजार पचास हुन्छन् र तिनमा रहने अक्षरहरू हुन् : - (१) मूलाधार - व, श, ष, स, (२) स्वाधिष्ठान- ब, भ, म, य, र, ल, (३) मणिपूर- ड, ढ, ण, त, थ, द, ध, न, प, फ, (४) अनाहत - क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, (५) विशुद्ध- अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋ, लृ, लृ, ए, ऐ, ओ, औ, अं, अः, (६) आज्ञा - ह, क्ष, (७) सहस्रदल- सबै अक्षरहरू। )
40584 दलगत वि. दल वा गुटका स्वार्थसँग सम्बन्धित; दलका आधारमा भर परेको;दलीय।
40585 दलदल ना. १. थलथल गर्ने भास; थलथले ठाउँ; गहिरो हिलो वा खाल।
40586 दलदल ना. २. हिलो; पङ्क; गद्दी।
40587 दलदले वि. दलदल परेको; थलथले; धापिलो।
40588 दलन ना. १. कुनै वस्तुलाई दल्ने काम; पिँधाइ।
40589 दलन ना. २. घोट्ने वा रगड्ने काम; रगड; घोटाइ।
40590 दलन ना. ३. विध्वंस; संहार।
40591 दलनमलन ना. दलदाल गर्ने काम।
40592 दलनेता ना. सामाजिक वा राजनीतिक सङ्गठनको सञ्चालन गर्ने प्रमुख व्यक्ति;दलको नायक; पार्टीका नेता।
40593 दलपति ना. दल वा गुटको मुख्य व्यक्ति; दलनेता।
40594 दलबन्दी ना. आआफ्ना मत वा सिद्धान्तअनुसार भिन्नभिन्न दल बाँध्ने काम; गुटबन्दी।
40595 दलबल ना. १. लावालस्कर; सेना; फौज।
40596 दलबल ना. २. जहानपरिवार, इष्टमित्र, नोकरचाकर आदिको समूह।
40597 दलबादल ना. १. बादलले सगर ढाके जस्तै गरेर सबैतिरबाट आउने जनसमूह।
40598 दलबादल ना. २. धेरै केटाकेटी वा धेरै छोराछोरी।
40599 दलमुखी वि. दल वा पार्टीतिर झुकाउ भएको (व्यक्ति, सिद्धान्त, नीति आदि)।
40600 दलविहीन वि. कुनै राजनीतिक दल नभएको; पार्टी - प्रणाली नभएको; निर्दलीय।