Dictionary

All Word

40401 दर२ ना. २. मोल; मूल्य; दाम।
40402 दरकस ना. १. कुनै वस्तुको दरभाउ; दररेट।
40403 दरकस ना. २. क्रयविक्रय हुने वस्तुको मोलतोल गरी दाम तोक्ने काम; मूल्य निर्धारण।
40404 दरकार ना. १. आवश्यकता; खाँचो; दर्कार। वि.
40405 दरकार ना. २. नभइ नहुने; आवश्यक; जरुरी;।
40406 दरखर क्रि.वि. १. कोरिने वा कोपरिने गरी।
40407 दरखर क्रि.वि. २. पाछिने किसिमसँग।
40408 दरखरिनु अ.क्रि. १. दरखर हुनु; कोरिनु; कोपरिनु।
40409 दरखरिनु अ.क्रि. २. पाछिनु; तछारिनु।
40410 दरखऱ्याइ ना. दरखऱ्याउने वा दरखरिने क्रिया वा प्रक्रिया।
40411 दरखऱ्याइनु क.क्रि. कोपरिनु; कोरिनु।
40412 दरखऱ्याउनु स.क्रि. १. दरफर पार्नु; कोर्नु; फहराउनु।
40413 दरखऱ्याउनु स.क्रि. २. दहऱ्याउनु; दरफऱ्याउनु; पाछ्नु।
40414 दरखऱ्याउनु स.क्रि. ३. दाल, चामल आदि सिलौटा वा जाँतामा हालेर खस्रो पारी दल्नु; फग्लेँटा छुट्टिने गरेर पिँध्नु।
40415 दरखास्त ना. सरकारी वा गैरसरकारी कार्यालयमा कुनै कामको माग गर्दा लेखेर दिइने पत्र; निवेदनपत्र; प्रार्थनापत्र; दर्खास्त।
40416 दरखास्तवाला वि. दरखास्त पेस गर्ने (व्यक्ति)।
40417 दरगाह ना. १. मृत्युउप्रान्त हाजिर हुनुपर्ने भनिएको ईश्वरको न्यायालय।
40418 दरगाह ना. २. ईश्वरको ढोका वा दरबार।
40419 दरदर क्रि.वि. १. एकनासले ठुलो आवाज निकालेर पानी बर्सने गरी। ना.
40420 दरदर क्रि.वि. २. त्यसरी पानी बर्संदाको आवाज वा ध्वनि।
40421 दरदराइ ना. दरदर भई दर्कने वा दरदराउने क्रियाप्रक्रिया।
40422 दरदराउँदो वि. दरदर भएको; दर्केर बर्सेको।
40423 दरदराउनु अ.क्रि. दरदर हुनु; दर्केर बर्सनु।
40424 दरदाम ना. १. क्रयविक्रय गरिने वस्तुको किटानी मूल्य; दरभाउ; मोलतोल।
40425 दरदाम ना. २. खर्च भएका रकमकलमको फाँट; व्ययविवरण।
40426 दरदेली वि. आर्येली अर्थात् भारत - इरानेली भाषिक शाखाको केन्द्रीय उपशाखा।
40427 दरपिठ ना. १. अड्डाअदालतमा दर्न लगिएका फिराद, उजुरी वा प्रमाणका निम्ति पेस गरिने कागतपत्र कानुनमा नलाग्ने, रीत नपुगेको वा सो अड्डा, अदालतको अधिकार क्षेत्रमा नपर्ने भनी सम्बन्धित अधिकारीले उक्त बेहोरामध्ये कुनै वा सबै खोलेर कागतको पीठमा लेखिदिने मन्तव्य वा तोक।
40428 दरपिठ ना. २. घरसारमा भएका लेनदेनका कागतमा साँवामध्ये केही मात्र बुझाउँदा वा व्याज बुझाउँदा पहिले भएको लिखत वा तमसुकको पीठमा उक्त बेहोरा खोली लेखेर असामीको सहीछाप गर्नेगराउने काम।
40429 दरफर क्रि.वि. १. लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर;कोपरिने वा कोरिने गरी; दरखर।
40430 दरफर क्रि.वि. २. पाछिने वा खुइलिने चालसँग।
40431 दरफरिनु अ.क्रि. १. दरफर हुनु; कोतरिनु; कोरिनु; कोपरिनु।२. पाछिनु; खुइलिनु।
40432 दरफऱ्याइ ना. दरफरिने वा दरफऱ्याउने क्रियाप्रक्रिया।
40433 दरफऱ्याइनु क.क्रि. दरफर पारिनु; कोपरिनु; कोरिनु; कोतरिनु।
40434 दरफऱ्याउनु स.क्रि. दरखऱ्याउनु; तछार्नु; पाछ्नु।
40435 दरबन्दी ना. सरकारी वा गैरसरकारी कार्यालयको सञ्चालनका लागि निश्चित तलब खाने गरी तोकिएको पद; आवश्यक पर्ने कर्मचारीका सङ्ख्याको निर्धारण।
40436 दरबन्दी सिर्जना ना. कार्यालयमा काम बढी पर्नाले कर्मचारी थप गर्नुपरेमा विधिवत् पद सिर्जना गर्ने काम; नयाँ पदको थपाइ।
40437 दरबाजा ना. घर, मन्दिर आदिको मुख्य दैलो; द्वार,ढोका।
40438 दरबान ना. घर, कम्पाउन्ड, गोदाम आदिको सुरक्षाका निम्ति ढोकामा तैनाथ भएर बस्ने रुँगालो; द्वारपाल; ढोके।
40439 दरबानी ना. दरबानले गर्ने काम वा तत्सम्बन्धी पेसा।
40440 दरबार ना. १. राजामहाराजाहरूको महल; राजप्रासाद; राजभवन; राजदरबार।
40441 दरबार ना. २. भव्य महल; भवन।
40442 दरबार ना. ३. राजा र अन्य भारदारहरूसहितको ठुलो सभा; राजसभा।
40443 दरबारिया वि. १. दरबारका काम र व्यवहारको सञ्चालन गर्ने; दरबारभित्रको काम गर्ने।
40444 दरबारिया वि. २. दरबारसँग सम्बन्धित; दरबारको; दरबारी।
40445 दरबारिया वि. ३. चालढाल, रूपरङ्ग आदि दरबारकै जस्तो; दरबारसँग मिल्दोजुल्दो।
40446 दरबारी वि. दरबारसँग सम्बन्धित; दरबारिया।
40447 दरभाउ ना. किनबेच गरिने वस्तुको किटानी मोलतोल;दररेट; भाउ; दर।
40448 दरमाहा ना. १९५२ सालमा हुलाकका बारेमा सनद भएको महिनावारी तलब; तोकिएका मान्छेले पाउने मासिक वेतन।
40449 दरमाहादार ना. दरमाह पाउने मानिस; जागिरदार।
40450 दररेट ना. दरभाउ।