Dictionary

All Word

40301 दमखि ना. मादलजस्तो दुवैतिर खरी भएको, गहुँको पिठो मलेर टाँसी बजाइने, एक प्रकारको बाजा।
40302 दमचुली / दमचुलो / दमचुल्ही / दमचुल्हो ना. कोइला, गोल, काठको धुलो वा धानको बालेर खानेकुरा पकाइने, सानो खालको चुलो।
40303 दमडी ना. एक पैसाको चौथाइ मूल्यको प्राचीन सिक्का; एक पैसाको चतुर्थांश, चुनदाम।
40304 दमदमे ना. १. घोडा नारेर तानिने एक्का जस्तै यान।
40305 दमदमे ना. २. मान्छेले नै तानेर चलाइने रिक्सा।
40306 दमन ना. १. थिचोमिचो; दबदबाउ।
40307 दमन ना. २. थिच्ने, पेल्ने वा निचोर्ने काम; पेलाइ।
40308 दमन ना. ३. बल, शक्ति, प्रभाव आदिले दबाउने काम।
40309 दमन ना. ४. इन्द्रियलाई वश गर्ने काम; इन्द्रिय-निग्रह।
40310 दमन ना. ५. दमना फूल।
40311 दमनकारी वि. १. बल, साधन, शासन, शक्ति आदिले दमन गर्ने; पेलाहा; मिचाहा।
40312 दमनकारी वि. २. वशीकरण गर्ने।
40313 दमनगरा ना. गजाले हिर्काएर बजाइने ठुलो दमाहा बाजा; ठुलो नगरा।
40314 दमन चक्र ना. अरूलाई दबाउनका लागि प्रयोग गरिने विभिन्न षड्यन्त्रपूर्ण चाल; शक्ति र साधनद्वारा जबरजस्ती दबाउने प्रक्रिया।
40315 दमनशील वि. १. दबाउने स्वभाव भएको; दमन गर्ने खालको।
40316 दमनशील वि. २. दबाउन सकिने; लचिलो;लचकदार।
40317 दमना ना. गोदावरी फूलका जस्तै मसिना पात हुने, पहेँला र मसिना फूल फुल्ने, एक जातको फूलको बोट; त्यसकै फूल; दमन (फूल)।
40318 दमनीय वि. १. दमन गर्न उचित; वशमा पार्न लायक; दमन गर्नुपर्ने।
40319 दमनीय वि. २. दमन गर्न सकिने; दब्ने खालको।
40320 दमपच ना. १. कसैबाट लिएको धनमाल, सरसामान फिर्ता नगरी पचाउने काम; लिएको मालताल, पैसा वा जिन्सी दबाउने काम।
40321 दमपच ना. २. भाग्ने काम; चम्पट; सुइँकुच्चा।
40322 दमयन्ती ना. महाभारतमा वर्णित, विदर्भ देशका राजा भीमकी छोरी; राजा नलकी रानी।
40323 दमाईं ना. प्रायः लुगा सिउने र बिहा, व्रतबन्ध बाजा बजाउने पेसा भएको एक जाति; नगर्ची; दर्जी।
40324 दमाईंगेडो ना. बोटमा काँडैकाँडा हुने र हिउँद महिनामा राता राता दाना फल्ने एक रुख; त्यसै बोटमा फल्ने गेडा।
40325 दमाईंचरो ना. जिउ फिक्का पहेँलो तर ढाडमा कालो मिसिएको, पुच्छर ठाडो पारेर फुरुकफुरुक नाच्ने र पातपतिङ्गर सिएर गुँड बनाउने, भँगेरोजत्रो एक जातको चरो।
40326 दमार ना. १. खोलाका किनारको वा औलो लाग्ने जङ्गलका बिचको खोँच; औलिया ठाउँ।
40327 दमार ना. २. झारैझार भएको झाडी वा ठाउँ।
40328 दमाहा१ ना. पिँधतिर सानो र मुखतिर ठुलो हुँदै आएको, भिउँट जस्तै आकारको, तामाको भाँडोलाई छालाले मोहोरिएको, गजाले हानेर बजाइने एक बाजा; सानो खालको नगरा।
40329 दमाहा२ ना. दमना फूलका जस्तै फूल फुल्ने, पहाडी भेगमा हुने एक जातको बोट; सोही बोटको फूल; दमौरो।
40330 दमाहागेडी ना. बोटधयेँराको जस्तो पात र अमिलो गेडा हुने, स्याउलाको काम लिइने एक बोट।
40331 दमिनी / दमेना ना. १. दमाईं जातकी स्त्री; दमाईं नारी।
40332 दमिनी / दमेना ना. २. दमाईंकी पत्नी; दमेना।
40333 दमौरो ना. पहाडतिर पाइने पाकेपछि कालो रङको हुने, गुलियो स्वादको, दमाहा वृक्षको फल।
40334 दम्कनु अ.क्रि. १. नदेखिने गरी लुके झैँ गर्नु; छिप्न खोज्नु; दब्नु; लुक्नु।
40335 दम्कनु अ.क्रि. २. अलिअलि गरी पछि हट्नु; हच्कनु; दच्कनु।
40336 दम्काइ ना. दम्कने तथा दम्काउने भाव, क्रिया वा प्रक्रिया।
40337 दम्काइनु क.क्रि. दम्कने पारिनु।
40338 दम्काउनु स.क्रि. / प्रे.क्रि. १. दप्काउनु; हच्काउनु।
40339 दम्काउनु स.क्रि. / प्रे.क्रि. २. लुकाउनु; छिपाउनु; दबाउनु।
40340 दम्कन्ने ना. उनिउँका जस्तै पात हुने, मसिनो कालो डाँठ भएको, पातका पछाडि सेतो धुलो हुने एक जातको झार; एक प्रकारको उनिउँ।
40341 दम्किनु अ.क्रि. १. दप्किनु।
40342 दम्किनु अ.क्रि. २. दम्कनु।
40343 दम्किलो वि. दम्कने खालको; दम्कने स्वभाव भएको; लुक्ने; छिप्ने।
40344 दम्को ना. १. हिँड्दा पदचापबाट आउने आवाज;पैतालाको शब्द।
40345 दम्को ना. २. हिँडाइमा कुर्कुच्चो बज्रिँदा भित्र चस्कने एक रोग।
40346 दम्को ना. ३. हुप; झस्को।
40347 दम्क्याइ ना. दम्को आउने भाव, अवस्था वा प्रक्रिया; दम्काइ।
40348 दम्पती ना. विधिविधानअनुसार औपचारिक रूपमा परिणत भएका लोग्नेस्वानीको जोडी; जोईपोइ; पतिपत्नी।
40349 दम्भ ना. १. बोक्रे खालको अभिमान; झुटो घमन्ड; आडम्बर; देखावटी स्वाङ।
40350 दम्भ ना. २. जालझेल; छल; कपट।